समाचार

‘काठमाडौंको ‘बुक फ्रि फ्राइडे’ गाउँका विद्यालयमा पनि चलाऔं’

पोखरा । काठमाडौंका मेयर बालेन्द्र साहले सुरु गरेको ‘बुक फ्रि फ्राइडे’ अहिले अभियान चर्चामा छ । काठमाडौंमा हरेक शुक्रबार विद्यार्थी किताब नबोकी विद्यँलय जान्छन्, दैनिक जीवनयापनसँग जोडिने सीप सिक्छन् । त्यो अभियान अन्नपूर्ण गाउँपालिकामा पनि चलाउन स्थानीयले माग गरेका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिका ३ का ध्रुव पौडेलले शुक्रबार आयोजित सार्वजनिक सुनुवाईमा बोल्दै हप्तामा एकदिन जीवनउपयोेगी शिक्षा सिकाउने व्यवस्था गर्न गाउँपालिकासँग माग गरे । ‘काठमाडौंमा शुक्रबार विद्यार्थी किताब निलई विद्यालय जान्छन् । पाठ्यपुस्तकभन्दा बाहिरका कुरा सिक्छन्,’ पौडेलले भने, ‘हाम्रा विद्यालयमा… पुरा पढौ

जहाज दुर्घटनामा ज्यान गुमाएका निरा छन्त्यालको परिवारलाई एनआरएनए अमेरिकाको सहयोग

पोखरा, असार ३० पोखरामा गत माघ १ गते भएको यती एयरलाईन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकी निरा छन्त्यालको परिवारलाई अमेरिकाबाट सहयोग प्राप्त भएको छ । जहाज दुर्घटनामा ज्यान गुमाएकी छन्त्यालको परिवारलाई गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले १ लाख ३९ हजार ७६ रुपैयाँ सहयोग प्रदान गरेको हो । त्यस्तै, डिसेम्वर ३१, २०२२ मा अमेरिकाको न्युयोर्कमा गाडी दुर्घटनामा परि मृत्यु भएका पोखराका मनोज थापाको परिवारलाईपनि एनआरएनए अमेरिकाले ५७ हजार ४५ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । थापाको परिवारमार्फत सो रकम देवघाटमा… पुरा पढौ

कविवर स्व तेजनाथ घिमिरेको कविता संग्रह बिमोचन

पोखरा । अग्रज कवि तेजनाथ घिमिरेको कबिता संग्रह “तेजनाथ घिमिरेका कबिता” को पोखरामा लोकार्पण गरिएको छ । स्वर्गिय कबिवर घिमिरेको बार्षिक पुण्य तिथिको सन्दर्भ पारी शनिवार आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त, बिशेष अतिथि बरिष्ठ कलाकार दुर्गा बराल ”बात्स्यायान”, बिशेष अतिथि संस्कृतिबिद तीर्थ श्रेष्ठ, बिम्व कबि रमेश श्रेष्ठ, घिमिरे पत्नि र पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले संयुक्त रुपमा बिमोचन गरेका हुन् ।बिमोचित कबिता संग्रहको डा जगन्नाथ रेग्मीले परिचर्चा गरेका थिए ।… पुरा पढौ

आचार्य सेवा समाजमा ४० यूनिट रगत संकलन

पोखरा । आचार्य सेवा समाज नेपालले २१० औ भानु जयन्तीको अवसरमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा ४० युनिट रगत सकलन भएको छ । पोखरामा शुक्रबार समाजले २१० औ भानु जयन्तीको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाका अध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख लोकनाथ आचार्य, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, सामुदायिक सेवा केन्द्र बगरका अध्यक्ष राम प्रसाद अधिकारी, कार्यक्रम संयोजक डा.मुकुन्दप्रसाद आचार्यलगायतले नेपाली भाषामार्फत राष्ट्रिय एकता कायम गर्न भानुभक्तले पुर्याएको… पुरा पढौ

एभरेस्टकर्मी श्रेष्ठ ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार’बाट सम्मानित

असार २९ पोखरा । एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ‘कर्म–कर्ण आदिवासी जनजाती पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मानित भएका छन् । तमु धीं नेपालकी संस्थापक अध्यक्ष कर्म तमुको ४३ औँ बैवाहिक वर्ष गाँठको अवसरमा आज तमु धिं, नयाँबजारको सभाहलमा प्रमुख अतिथि कास्की क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य मन बहादुर गुरुङ र पुरस्कारदाता कर्म गुरुङले एभरेस्टकर्मी श्रेष्ठलाई पुरस्कृत गरेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष समेत रहेका एभरेस्ट आवाज डटकमका सम्पादक एवं एभरेस्ट एमएमका बरिष्ठ प्रस्तोता श्रेष्ठलाई नगद रु १० हजार, फेटा, भाङ्ग्रा… पुरा पढौ

नौलो घुम्ति नेपालद्वारा बिद्यार्थीहरुकालागि करियर काउन्सिलिड.एण्ड पाथ आइडेन्टिफिकेसन कार्यशाला सम्पन्न

पोखरा । गैर सरकारी संस्था नौलो घुम्ति नेपालले माध्यमिक बिद्यालय तह पढिरहेका बिद्यार्थीहरुकालागि आयोजना गरेको ३ दिने “करियर परामर्श तथा मार्ग पहिचान (करियर काउन्सिलिड.एण्ड पाथ आइडेन्डिफिकेसन)“ कार्यक्रम सम्पन्न भएको छ ।पोखरामा आयोजित कार्यक्रममा म्याग्दी, बागलुड., पर्बत, कास्कीका कक्षा ११ र १२ मा अध्ययनरत ५४ जना बिद्यार्थीको सहभागिता रहेको नौलो घुम्ति नेपालका महेश बि.क.ले जानकारी दिए ।कार्यशालाको अन्तिम दिन बिहिवार आयोजित समापन समारोहलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार मुख्यमन्त्री कार्यालयका सचिब मनमाया पॅंगेनीले निरन्तर लागि रहे सफलता सम्भब रहेको बताए ।… पुरा पढौ

वडाभरीका नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका जुनसुकै अस्पतालमा पुग्दा पनि एम्बुलेन्सको भाडा तिर्न नपर्ने बरालले बताए । ‘आजपनि सामान्य विरामी हुँदा उपचार गर्ने खर्च नागरिकसँग छैन । अस्पताल पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा छैन,’ उनले भने, ‘महानगरभित्र बसेर पनि महानगरबासीको महशुस गर्न पाउनुभएको छैन । आज सानो खुसीको खवर तपाईंहरुलाई, पोखरा १३ ले आजैका दिनदेखि निशुल्क… पुरा पढौ

लोमान्थाङ वरपर छायंकन गरिएको मुस्ताङ्गे नानी सार्वजनिक

पोखरा । किमी छ्योक्योङ गुरुङले निर्माण गरेको तामाङ सेलोमा आधारित मुस्ताङ्गे नानी नामक म्युजिक भिडियो शुक्रबार सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशका पूर्व सांसद एवं मुस्ताङका बासिन्दा ईन्द्र धारा बिष्टको शब्द तथा संगीत रहेकोे गीत एसटु प्रोडक्सन प्रालिले प्रस्तुत गरेको हो । एस टु प्रोडक्सनको युट्युव च्यानलबाट गीत सार्वजनिक गरिएको हो । प्रालिले एक दशक भन्दा लामो समयदेखि म्युजिक भिडियो, कमर्सियल एड र रियालिटी सो सम्बन्धी काम गर्दै आएको छ । प्रालिकै प्रस्तुती रहेको यो गीत विश्व दोङले गाएका हुन्… पुरा पढौ

इक्यान उपाध्यक्षमा करिअर कोच राजन गोदारको उम्मेदवारी

पोखरा । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) को उपाध्यक्षमा करिअर कोच राजन गोदारले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । इक्यानलाई राजनीतिक दलको छायाँबाट मुक्त गराउन, राजनीतिकरणको अन्त्य गराउन, सङ्घले हिड्नुपर्ने बाटो र गन्तव्य पहिल्याउन गोदारले आफ्नो उम्मेदवारी दर्ता गराएको जनाएका छन् । समाज सप्तरङ्गी भए पनि व्यवसायिक संघसंस्थामा राजनीतिक रङ अपरिहार्य हुँदैन भन्ने मान्यतालाई आत्मसात गरेका गोदारले इक्यानको प्रतिष्ठा र गौरव उच्च बनाउन नेतृत्वसँग हातेमालो गरेर अगाडि बढ्ने वाचासमेत गरेका छन् । पोखरा र काठमाडौँमा दुई दशकभन्दा बढी शैक्षिक परामर्शदाता… पुरा पढौ

पोखरा विश्वविद्यालयका विध्यार्थीहरुको स्वास्थ्य निरुपण सम्बन्धी कार्यक्रम

पोखरा । पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड एलाईड साईन्सेज अन्तर्गत जनस्वास्थ्य संकाय तेस्रो वर्ष छैटौं सेमेस्टरमा अध्ययनरत बिद्यार्थीहरुले गोरखाको पालुङटार गाउँ पालिका, वडानं चार स्थित बार्ह्रपिर्के , कुमालगाउँ तथा देवकोटा भन्ने स्थानमा एक महिने स्वास्थ्य निरुपण शिर्षकमा समुदाय स्तरमा स्वास्थ्य सम्बन्धी बिभिन्न जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरेका छन्। सुष्म स्वास्थ्य परियोजना अन्तर्गत सञ्चालित कार्यक्रममा लिडिन लाईट युवा क्लवको संयोजन रहेको थियो। पालुङटार, चार स्थित, बार्ह्रपिर्के देखि कुमालगाउँ सम्म स्वास्थ्य सरसफाई अभियान अन्तर्गत , स्वास्थ्य संग सम्बन्धित जनचेतनामुलक र्याली लगायतका बिभिन्न… पुरा पढौ