समाचार

ललिता निवास प्रकरण: चार पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी

बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा चार जना पूर्वसचिवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गर्ने काममा संलग्न भएको भन्दै तत्कालीन सचिव दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी र नारायणगोपाल मलेगोविरुद्ध पक्राउ पुर्जी जारी भएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार पूर्वसहसचिव सुधीर साह पक्राउ परिसकेका छन् भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्तसमेत रहेका दीप बस्न्यात भने फरार छन् । ललिता… पुरा पढौ

गण्डकी प्रदेशमा खेतीको क्षेत्रफल बर्सेनि घट्दै

गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ । गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान… पुरा पढौ

अभिनेता सारुक ताम्राकार मृत फेला

फिल्म अभिनेता एवं कलाकार सारुक ताम्राकार मृत फेला परेका छन् । ताम्राकार गए राति काठमाडौँको रातोपुलस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । ३१ वर्षीय ताम्राकार घरको भ¥याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुण्डिएको अवस्थामा गए राति ११ बजे मृत फेला परेको प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीले घटनास्थलको मुचुल्का गरी शव परीक्षणका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगेको छ । ताम्राकारले ‘इन्टु मिन्टु लण्डनमा, मेरी मामु, रानीलगायत चलचित्रमा… पुरा पढौ

आजको मौसम: देशभर भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर भारी वर्षाको सम्भावना छ । देशभर सामान्यदेखि पूर्ण बदली रही वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ–गर्जन÷चट्याङ्गसहित वर्षा हुनेछ । तराईका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।… पुरा पढौ

एमाले गण्डकीको बैठक सम्पन्न, प्रशिक्षक प्रशिक्षण तालिम श्रावण १० देखि १२ सम्म गर्ने

पोखरा २१ असार। नेकपा एमाले केन्द्रीय कमिटी सचिव गण्डकी प्रदेश इन्चार्ज गोकर्ण बिष्टको प्रमुख आतिथ्यमा बसेको प्रदेश कार्यालयको बैठकले भेला, प्रशिक्षण र संगठन परिचालनका कार्यक्रम तय गरेको छ। प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा बिहीबार बसेको बैठकले पालिका तहले गरेको सदस्यता नवीकरण असार २५ गतेसम्म प्रदेश कार्यालयमा पेश गर्न निर्देशन दिएको छ।बैठकले प्रदेश कमिटीको बैठक साउन २२ गते पोखरामा गर्ने निर्णय गरेको छ।एमालेका कार्यकर्तालाई प्रशिक्षण दिनको लागि पार्टी स्कुल विभागले विभिन्न तहका प्रशिक्षण चलाउँदै आएको छ।गण्डकीमा प्रशिक्षक प्रशिक्षणका लागि साउन… पुरा पढौ

एकीकृत समाजवादीका अध्यक्ष नेपाल स्वदेश फिर्ता

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज स्वदेश फिर्ता भएका छन् । दिउँसो १२ बजे श्रीलङ्कन एयरको युएल १८१ उडानबाट स्वदेश फिर्ता भएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । उनका अनुसार श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार अध्यक्ष नेपाल श्रीलङ्का प्रस्थान गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटघाट गरेका थिए । श्रीलङ्काका राष्ट्रपति रणिल विक्रम सिंघेसँग… पुरा पढौ

नेप्से परिसूचकमा झिनो अङ्कको गिरावट

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्य उकालो लाग्दा सात उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल ९७… पुरा पढौ

स्याङ्जामा कुरिलो खेतीप्रति आकर्षण बढ्दो

असार २१ गल्याङ । पछिल्लो समय स्याङ्जाका किसान कुरिलो खेतीप्रति आकर्षित हुँदै गएका छन् । औषधिय गुण भएको कुरिलोको बजार मूल्य राम्रो भएपछि यहाँका किसान कुरिलो खेतीतर्फ आकर्षित हुँदै गएका हुन् । जिल्लाको पुतलीबजार, भीरकोट, वालिङ, चापकोट र गल्याङ नगरपालिका, फेदिखोला, आँधीखोला, बिरुवा, अर्जुनचौपारी, हरिनास र कालीगण्डकी गाउँपालिकामा कुरिलोको व्यावसायिक तथा निर्वाहमुखी खेती हुँदै आएको छ । यसमध्ये कालीगण्डकी र हरिनासमा कम खेती हुने गरेको छ । भीरकोट नगरपालिका–४ गैराथोकका रामचन्द्र रेग्मीले एकवर्ष अघि छायाछेत्र एग्रो एण्ड फार्म हाउस प्रालि… पुरा पढौ

नेपालको पहिलो ‘नारी’ टेलिभिजन प्रसारणमा

नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उदेश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन । उनले भनिन, “महिलाका हकहित, अधिकारका निमित्त टिभी सदैव क्रियाशिल रहने छ, नारीहरुको आवाजका रुपमा पहिलो महिलासम्बन्धी टेलिभिजन प्रसारणमा ल्याउन पाउनु अवसर हो ।” प्रसारण प्रारभ्म भएसँगै ‘माइती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रसारणमा गरिएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा… पुरा पढौ

पोखरामा जीपको ठक्करबाट तालचोकका प्रज्जवलको मृत्यु

पोखरा । पोखराको चाउथेमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बिहीबार बिहान साढे चार बजे चाउथेमा भएको दुर्घटनामा पोखरा २७ तालचोकका ३४ वर्षीय प्रज्जवल गुरुङको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बिहीबार बिहान सवा ५ बजे मृत्यु भएको हो । दुर्घटनामा स्कुटरमा सवार पोखरा २७ अर्घौं अर्चलेका २७ वर्षीय विमल गिरी घाइते भएका थिए । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । चाउथेबाट अमरसिंहचोकतर्फ जाँदै गरेको ग २ च ३१७९… पुरा पढौ