समाचार

पोखरामा ‘ड्रागन बोट रेस महोत्सव’ सुरु

पर्यटकीय सहर कास्कीको पोखरामा आजदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ सुरु हुँदैछ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा फेवातालमा दुईदिने बोट रेस हुन लागेको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा सो महोत्सवको सहयोगी संस्थाका रुपमा रहेका छन् । त्यसैगरी ताल किनारको क्याम्पिङ चोकमा महोत्सव हुँदैछ । महोत्सवमा नेपाली र चिनियाँ खाना प्रदर्शनी र चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहेको छ । कार्यक्रमका सहभागिताका लागि चीनबाट विशिष्ट पाहुना पोखरा आइसकेका छन् ।… पुरा पढौ

गोरखामा जिप दुर्घटना अपडेट: मृतकको पहिचान खुल्यो

गोरखाको सहिद लखन गाउँपालिकामा जन्ती बोकेको जिप दुर्घटना हुँदा ज्यान गएका पाँचैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । दुर्घटनामा परी सहिद लखन गाउँपालिका–५ का १९ वर्षीय प्रविन थापा, २४ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा तथा सहिद लखन–४ का ६४ वर्षीय थनबहादुर थापाको मृत्यु भएको घट्नास्थलमा रहनुभएका गोरखाका प्रहरी नायव उपरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । उक्त दुर्घटनामा परी १२ जना घाइते भएका छन् । उनीहरुमध्ये… पुरा पढौ

आइसीसी विश्वकप एकदिवसीय क्रिकेट : नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित

असार ७ काठमाण्डौं । आइसीसी विश्वकप एकदिवसीय क्रिकेट छनोट अन्र्तगत नेपाल वेस्ट इन्डिजसँग १ सय १ रनले पराजित भएको छ । जिम्बावेले दिएको ३ सय ४० रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा नेपाल २ सय ३८ रनमा अलआउट भयो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ६३ रन बनाए । यस्तै गुलसन झाले ४२, कप्तान रोहित पौडेलले ३०, आसिफ शेख र करण केसीले समान २८ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका जेसन होल्डरले ३ विकेट लिए । यसअघि हरारेमा… पुरा पढौ

एघार महिनामा २२ गैँडा र तीन बाघसहित १०९ वन्यजन्तु मरे

काठमाण्डौं । आर्थिक वर्ष २०७९/८० को ११ महिनामा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा एकसिङ्गे गैँडा र तीनवटा बाघसहित एक सय नौ वन्यजन्तुको मृत्यु भएको छ । निकुञ्जको विवरणअनुसार यो अवधिमा प्राकृतिक कारणले (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) ७१ वन्यजन्तु मरेका हुन् । कुकुरको आक्रमणबाट २६, विद्युतीय करेन्ट लागेर दुई, जुधेर एक, दुर्घटनाका कारण एक, चोरी सिकारीका कारण एक, बाढीले बगाएर एक र दलदलमा परेर एक वन्यजन्तुको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । यस्तै… पुरा पढौ

बजेट कार्यान्वयनको पूर्वतयारीमा जुट्यो अर्थ मन्त्रालय

काठमाण्डौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनका लागि पूर्वतयारी सुरु गरेको छ । चालु आर्थिक वर्षको बाँकी अवधिमा गर्नुपर्ने सार्वजनिक खर्चको व्यवस्थापन र आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा अर्थ मन्त्रालयले आज अरू विषयगत मन्त्रालयका सचिवहरूसँग छलफल गरेको छ । छलफलका क्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षमा स्रोतको अवस्था हेरी सिर्जित दायित्व भुक्तानीलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवहरूलाई आग्रह गरे । उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न अहिलेदेखि नै… पुरा पढौ

पोखरा ३० मा विद्यालयस्तरिय चित्रकला प्रतियोगिता सम्पन्न

पोखरा । पोखरा महानगर सामाजिक शाखाको आयोजना र पोखरा महानगर वडा नं ३० को सयोंजनमा पोखरा ३० मा बालकालिकाहरुका लागि विद्यालय स्तरिय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा क्रमश पहिलो, दोस्रो, तेस्रो र सान्त्वना सलोनि मिश्र (त्रिभुवन शान्ति विद्यालय), स्मारिका बिश्वकर्मा (गुरुकुल बिद्याश्रम), अकिंता सुनार (गोल्डेन नेचर बोर्डिङ्ग स्कुल), सपना थापा (न्यु लाईट बोर्डिङ्ग स्कुल) र बिनोद थापा (शहिद स्मारक आधारभूत विद्यालय) रहेका छन् । वडा अध्यक्ष दुर्गा प्रसाद सुवेदीले बालकालिकाहरुको प्रतिभा प्रस्फुटनको लागि प्रतियोगिता आवश्यकता हुने बताए ।… पुरा पढौ

गण्डकी प्रदेशद्वारा ५० लाख बढिको विपद् सामाग्री हस्तान्तरण

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद हुने जनधनको क्षती न्यूनिकरण गर्न, उद्धार, उपचार, राहतका सबालमा विषेश ध्यान दिन निर्देशन दिएका छन् । बिहीबार आयोजित प्रदेश विपद् ब्यवस्थापन परिषद्को बैठकमा बोल्दै उनले भने ‘हामीले सर्वसाधारण नागरिकको सेवा सँधै गर्नु नै पर्छ, दुःख परेका बेला सहयोगको आशा अझै धेरै हुन्छ, जनतासँग प्रदेश सरकार छ भन्ने महशुस हुने गरी हामीले काम गर्नुपर्छ ।’ प्रदेश सरकारसँग भएको साधन स्रोतको अधिकतम उपयोग गरेर सुरक्षा निकायको परिचालन र स्थानीय तहसँगको सहकार्यमा काम गर्न उनले… पुरा पढौ

नेप्से परिसूचकमा साधरण सुधार, चार दशमलव ७५ अङ्कले बृद्धि

काठमाण्डौं । शेयर कारोबार हुने साताको अन्तिम दिन आज धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लागेर दुई हजार ५५ दशमलव ५३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३० अङ्कले ओरालो लागेर तीन सय ८५ दशमलव ८१ मा सिमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ… पुरा पढौ

पोखरामा संचालित युवा महिला रोजगार प्रबर्द्दन परियोजनाको सामाजिक लेखाजोखा सम्पन्न

पोखरा । पोखरालाई मुकाम बनाएर महिला तथा बालबालिकाको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था राईट फर चिल्ड्रेनले प्लान इन्टरनेशनलसॅंगको सहकार्यमा संचालित परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम गरेको छ । संस्थाले बुधवार ३ बर्ष संचालित महिला रोजगार प्रबर्द्दन परियोजनाको सामाजिक लेखाजोखा गरेको हो । कार्यक्रमका प्रमुख अतिथि पोखरा उपमहानगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष राममोहन आचार्यले परियोजनाले गरेको कार्यको प्रसंशा गरे । उनले युवा महिलाको क्षमता अभिबृद्दि, सशक्तिकरण र रोजगारीकालागि प्लान र राइट फर चिल्ड्रेनले गरेको कार्य आगामि दिनमा अझ ब्यवश्थित र प्रभाबकारी… पुरा पढौ

फेवातालको अवैध संरचना महानगरले नहटाए आफैले डोजर चलाउने वाईसिएलको चेतावनी

पोखरा, जेठ ७ योङ कम्युनिष्ट लिग (वाईसिएल) कास्कीले प्रमुख पर्यटकीय स्थल पोखराको फेवाताल अतिक्रमण गरेर बनाईएका अवैध संरचना हटाउन पोखरा महानगरपालिकालाई दुई महिनाको अल्टिमेटम दिएको छ । वाईसिएल कास्की संयोजक एंगेल्स कार्की र सचिव रामचन्द्र पौडेलले विहीबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतले फेवाताल संरक्षण गर्न दिएको आदेशको स्वागत गर्दै सो आदेश कार्यान्वयन गर्न दुई महिनाको अल्टिमेटम दिएका हुन् । सर्वोच्च अदालतले फेवातालको मापदण्ड घटाउने पोखरा महानगरपालिकाको निर्णय खारेज गर्नुका साथै फेवातालको जलाधार क्षेत्रमा रहेका अवैध संरचना हटाउन गत… पुरा पढौ