नेपालको पहिलो ‘नारी’ टेलिभिजन प्रसारणमा


     एभरेस्ट आवाज    
     असार २१ गते २०८० मा प्रकाशित




नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ ।

नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उदेश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन । उनले भनिन, “महिलाका हकहित, अधिकारका निमित्त टिभी सदैव क्रियाशिल रहने छ, नारीहरुको आवाजका रुपमा पहिलो महिलासम्बन्धी टेलिभिजन प्रसारणमा ल्याउन पाउनु अवसर हो ।”

प्रसारण प्रारभ्म भएसँगै ‘माइती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रसारणमा गरिएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिकरुपमा प्रसारणमा ल्याइएको हो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।