समाचार

पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिए

बागलुङ । बागलुङको दरमखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका मजदुर मृत भेटिएका छन् । गलकोट नगरपालिकामा निमार्णाधीन दरमखोला जलविद्युत् आयोजनाका मजदुर २२ वर्षीय मिलन कार्की मृत भेटिएका हुन् । ओखलढुङ्गा घर भई हाल बागलुङको गलकोट–११ बस्दै आएका कार्की पौडी खेल्ने क्रममा मङ्गलबार साँझ बेपत्ता भएका थिए । उनलाई प्रहरीले पूर्वखोलाको बीच भागमा मृत फेला पारेको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।रासस पुरा पढौ

झोलुङ्गे पुल प्रयोगविहीन

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गले छिचोलेको बागलुङमा पछिल्लो पाँच वर्षयता लोकमार्गमै आधा दर्जन मोटरेबल पुल थपिए । मोटरेबल पुल थपिएपछि बाह्रैमास सवारीसाधन चल्न पाउँदा यात्रुलाई सहज भएको छ । गलकोट नगरपालिका–११ रिघा र बडिगाड गाउँपालिकाको सिमानामा रहेको गिरीङ्दीखोला पुल बनेपछि छेउमै रहेको झोलुङ्गे पुलबाट वारपार गर्न छोडेका छन् । काठको फलेक प्रयोग गरेर बनाइएको उक्त झोलुङ्गे पुल जीर्ण बनेको छ । मोटरेबल पुल निर्माण भएपछि पैदलयात्रुले सहजताका लागि मोटरेबल पुल प्रयोग गर्न थालेका छन् । गिरीङ्दी खोलामाथिको झोलुङ्गे पुलका काठ… पुरा पढौ

दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज

म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । “भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो”, उनले भने, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो… पुरा पढौ

पहिराले विद्यालय भवन पुरिएपछि पठनपाठनमा समस्या

पर्वत । अबिरल वर्षासँगै आएको पहिराले कक्षाकोठा पुरिँदा यहाँको एक विद्यालयमा पठनपाठनमा समस्या भएको छ । पर्वतको फलेवास नगरपालिका–२ को थापाठानामा आएको पहिरोले थापाठाना माध्यमिक विद्यालय दुई वटा भवन पुरेपछि समस्या भएको हो । असार १४ गते राति आएको अबिरल वर्षापछि गएको पहिराले विद्यालयको तीन–तीनकोठे दुईवटा भवनमा क्षति पु¥याएको विद्यालयका प्रधानाध्यापक विष्णु शर्माले जानकारी दिए । विद्यालय बिदा भएको समयमा पहिरो आएकाले मानवीय क्षति नभएको उनको भनाइ छ । “अबिरल वर्षासँगै विद्यालयमा माथिबाट पहिरो खस्यो, उक्त दिन बिदा भएका कारण… पुरा पढौ

दोहरो नागरिकताको अभियोगमा दुईजना पक्राउ

कञ्चनपुरमा दोहरो नागरिकता लिएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ । रासस पुरा पढौ

देशका केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको… पुरा पढौ

कास्कीमा विपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभावकारी भएको स्थानियको भनाई

असार १९ पोखरा । कास्कीमा बिपन्न बस्तिमा मुख्य मन्त्री कार्यक्रम उपयोगी र प्रभाबकारी भएको स्थानिय लाभग्राहीहरूले बताएका छ्न। सो कार्यक्रमको अनुगमन तथा कार्यान्वयनको अबस्था निरिक्षण गर्दै उक्त कार्यक्रमको कास्की जिल्ला संयोजक समेत रहेका जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले अति बिपन्न जनताको आर्थिक स्तर सुधार्न प्रदेश सरकारले ल्याएको कार्यक्रम सफलरूपमा कार्यान्वयन भएकोमा खुशी व्यक्त गरे । पौडेलले बिपन्नहरूको आय आर्जनमा जग बसाउन ल्याइएको कार्यक्रमबाट पूर्ण लाभ लिदै भबिष्यमा ब्यबसाय बिस्तार हुनेगरी ब्यबसायिक कृषि प्रणाली अबलम्बन गर्ने पूर्बाधार निर्माणका लागि… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय तिन दिने तेक्वान्दो प्रशिक्षक प्रशिक्षण सम्पन्न

असार १९ पोखरा । प्रदेश सरकार प्रदेश खेलकूद परिषद् गण्डकीद्वारा आयोजित तिन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण मंगलबार पोखरा रंगशालामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा सम्पन्न तालिमको समापनमा प्रमुख अतिथि प्रदेश खेलकूद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकूदका प्रतियोगितालाई वृद्धि गरी अति शुष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्धेश्य रहेको बताए । प्रदेश खेलकूद परिषद्ले जुनियर प्रतियोगिता संचालनको लागि मात्र ७५ लाख बराबारको वजेट विनियोजन गरेको हुनाले यो क्षेत्रमा खेलकूदका गतिविधिहरुलाई अझै… पुरा पढौ

पृथ्वीचोक बसपार्कको बेथिती : रोक्ने कसले ?

पोखरा, असार १९ पोखराको पृथ्वीचोक पोखरा आउने पर्यटकको मुख्य प्रवेशद्वार हो । चाहे सडक मार्गबाट आउने होस् वा हवाई मार्गबाट आउने, जोकोहि यहि चोकबाट पोखराको कोरसिटी प्रवेश गर्नुको विकल्प छैन । सडक मार्गबाट आउनेहरुको त झन् पृथ्वीचोक बसपार्क अन्तिम विन्दु हो । अनिमात्र उनीहरु आ–आफ्नो गन्तव्यतर्फ लाग्छन् । तर यो बसपार्क व्यवस्थित नबन्दा यहाँ आउने पर्यटकले हैरानी खेप्नुपरेको छ । यतिसम्म कि अव्यवस्थित बसपार्क हुँदा गाडीले बाटोमै ओराल्ने मात्र होईन, ओर्लिएका पर्यटकलाई होटल व्यवसायी र उनीहरुद्वारा परिचालित ट्याक्सी चालकहरुले झोला… पुरा पढौ

गण्डकी प्रदेशसभा: बजेटका सम्बन्धमा उठेका प्रश्नमा सम्बन्धित मन्त्रीको जवाफ

गण्डकी प्रदेशसभाको आजको बैठकमा आव ०८०÷८१ का लागि विनियोजित बजेटको मन्त्रालयगत छलफलका क्रममा प्रदेशसभा सदस्यहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरुले जवाफ दिएका छन । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्रबहादुर थापाले बजेटमाथिको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्न र सुझावलाई मार्गदर्शनका रुपमा ग्रहण गरी कार्यान्वयन गरिने बताए । उनले पर्यटन प्रवद्र्धन, औद्योगिक विकास र रोजगार सिर्जनामा बजेट केन्द्रित गरिएको उल्लेख गरे । स्रोतसाधनको सीमितताबीच उद्योग र पर्यटनका क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकिएको मन्त्री थापाले स्पष्ट पारे । पर्यटकीय गन्तव्यको विकास र… पुरा पढौ