समाचार

एसइई नतिजा प्रकाशनका लागि १६ संस्थाले पाए अनुमति

काडमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशनका लागि १६ वटा संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले १६ वटा संस्थालाई नतिजा उपलब्ध गराउन अनुमति दिएको परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठर्ले जानकारी दिए। नतिजा प्रकाशनका लागि रीतपूर्वक निवेदन दिएका १६ वटा र तीन वटा बोर्डकै संस्थाले बेवसाइट, एसएमएस र आइभीआरबाट नतिजा उपलब्ध गराउने अनुमित पाएका हुन् । यो वर्ष बोर्डका साथै नेपाल टेलिकम, एनआईसी एसिया बैंक, इडियु सञ्जाल, कान्तिपुर पब्लिकेशन्स, द कनेक्ट प्लस… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौ । नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक ३९ दशमलव २६ अङ्कले घटेर दुई हजार ४९ दशमलव २६ अङ्कमा सीमित भएको छ । आज विभिन्न कम्पनीका दुई सय ७७ वटा कम्पनीको ८० लाख ९२ हजार नौ सय ६९ कित्ता शेयर ५३ हजार एक सय तीन पटक खरिदबिक्री हुँदा रू तीन अर्ब सात करोड ३९ लाख ९२ हजार एक सय ३६ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सेन्सेटिभ र फ्लोट इन्डेक्ससहित सबै… पुरा पढौ

जग्गा अधिग्रहण गरेको आधा शताब्दी पुग्न लाग्दापनि बनेन पोखरा बसपार्क

पोखरा, असार २० झण्डै आधा शताब्दी पुग्न लाग्दापनि पोखरा बसपार्क बनाउने पोखरेलीको सपना पूरा भएको छैन । आजभन्दा ४८ वर्षअघि १८ फागुन २०३२ सालमा बसपार्क बनाउन भनेर जग्गा अतिक्रमण गरिएको थियो । पूर्वमा सेती नदी, पश्चिममा सिद्धार्थ राजमार्ग, दक्षिणमा एयरपोर्टको तारबार र उत्तरमा पृथ्वी राजमार्ग भित्रको जग्गामा बसपार्क बनाउने अधिग्रहण गरिएका जग्गा नेपाल राजपत्रमा सूचना प्रकाशित गरिएको थियो । यस बिचमा बसपार्क बनाउन पटक÷पटक विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) बने । तर सबै प्रतिवेदन कार्यालयको दराजमा थन्कियो तर बसपार्क भने बनेन… पुरा पढौ

बिष्णुपादुका उमावि हेमजामा खानेपानी टंकीको शिलान्यास

पोखरा । पोखरा स्थित बिष्णुपादुका उच्च उमावि हेमजामा १० हजार लिटरको खानेपानी टंकीको शिलान्यास गरिएको छ ।लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजनामा हजेली एकडेमी यु.के.का २३ जना विद्यार्थीहरुको २ लाखको सहयोगमा निर्माण भएको टंकीको शिलान्यास गरिएको हो । पोखरा महानगर पालिका प्रवक्ता तथा वडा नं। २५ का वडा अध्यक्ष मोतीराज तिमिल्सिनाले शिलान्यास गरेका हुन् । सो अवसरमा तिमिल्सिनाले विद्यार्थीहरुको सहयोगले विद्यालयका विद्यार्थीहरुलाई शुद्ध खानेपानी ब्यबस्था गरिदिएकोमा लायन्स क्लब अन्नपूर्णलाई धन्यबाद व्यक्त गरे । परियोजना निर्देशक सोनाम साङपोले पोखरा वरिपरि ४१ वटा… पुरा पढौ

कांग्रेस केन्द्रीय समिति बैठक यही असार २७ गते आह्वान

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमितिको बैठक यही असार २७ गते आह्वान गरेको छ । पार्टीका पदाधिकारीको आजको छलफलपछि असार २७ गते दिउँसो १ बजेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको कांग्रेसका कार्यवाहक मुख्यसचिव डा प्रदीप पराजुलीले जानकारी दिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा समसामयिक राजनीतिक विषयका साथै पार्टी सङ्गठनका विविध विषयमा छलफल हुने उनले बताए । कांग्रेस केन्द्रीय समिति बैठक झन्डै एक वर्षपछि बस्न लागेको हो । यस बीचमा कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक तथा केन्द्रीय कार्यसम्पादन बैठकबाट… पुरा पढौ

दासढुङ्गा–मुग्लिन खण्डको तनहुँतर्फ राष्ट्रिय राजमार्ग निर्माण गर्न माग

तनहुँको देवघाट गाउँपालिकाका जनप्रनितिधि र राजनीतिक दलका नेताहरुले दासढुङ्गादेखि मुग्लिनसम्म त्रिशूली नदीको किनारमा तनहुँतर्फ राष्ट्रिय राजमार्ग निर्माण गर्न माग गरेका छन् । तनहुँको देवघाट गाउँपालिका–५ का अध्यक्ष पूर्णबहादुर कुँवरको नेतृत्वमा नेकपा (एमाल) देवघाटका अध्यक्ष केशवचन्द्र न्यौपाने, स्थानीय समाजसेवी कुलचन्द्र न्यौपाने लगायतले सडक डिभिजन कार्यालय भरतपुरका प्रमुखलाई भेटी नारायणगढ–मुग्लिन सडकको विकल्पमा तनहुँतर्फ अर्को राजमार्ग निर्माण गर्न माग गरेका हुन। नारायणगढ–मुग्लिन सडकमा हरेक वर्ष पहिराले दुःख दिन थालेपछि सरकारी तहबाट नै नारायणगढ–मुग्लिन सडकको विकल्प खोजिन थालिएको छ । उक्त सडकको पहिलो विकल्पमा… पुरा पढौ

वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै

पछिल्लो समय वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिने नेपालीहरुको सङ्ख्या बढ्दै गएको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको असार १६ गतेसम्म वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या करिब सात लाख ४० हजार रहेको छ । उक्त सङ्ख्या दिनैपिच्छे बढ्दै गएको विभागले जनाएको हो । अघिल्लो आर्थिक वर्षमा झन्डै छ लाख ३० हजार जनाले नेपालबाट वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । विभागले आर्थिक वर्ष २०५०÷५१ यता वैदेशिक रोजगारीमा जानेको तथ्याङ्क अद्यावधिक गर्दै आएकामा चालु आर्थिक… पुरा पढौ

जलजला गाउँपालिकाद्धारा सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको थालेको छ । संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो । चालु आर्थिक वर्षमा रु चार लाख बजेट विनियोजन गरिएको ‘उपाध्यक्ष सुत्केरी पोषण कार्यक्रम’मार्फत संस्थागत सुत्केरी भएकालाई घ्यू र अण्डा वितरण गरिएको उपाध्यक्ष दीपक आचार्यले जानकारी दिए । “विसं २०७९ साउनदेखि यही असार मसान्तसम्म स्वास्थ्य संस्थामा सुत्केरी हुनेलाई दुई क्यारेट अण्डा र… पुरा पढौ

घरेलु मदिराको ‘ब्राण्डिङ’ कति सहज ?

गण्डकी । घरेलु मदिराको ‘ब्राण्डिङ’ र बजारीकरणको चर्चाले संसददेखि चोक चौतारासम्म ठाउँ पाएको छ । प्रदेश सरकार र स्थानीय तहका नीति, कार्यक्रम तथा बजेटमासमेत समेटिनुले यो विषय अब बहसमा मात्र सीमित छैन । कतिपय स्थानीय तहले त घरेलु मदिरा उत्पादन, नियन्त्रण, व्यवस्थापन तथा नियमन ऐन नै बनाइसकेका छन् । गण्डकी, लुम्बिनीलगायत प्रदेश सरकारले घरेलु मदिरालाई ‘ब्राण्डिङ’ गरेर कानूनी मान्यता दिने घोषणा गरेका छन् । मापदण्ड र गुणस्तर तय गरेर घरेलु मदिरालाई वैध बनाउनु पर्ने माग नयाँ भने होइन । मुलुक… पुरा पढौ

मेघगर्जनसहित भारी वर्षाको सम्भावना

काठमाडौ । मनसुनी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रहने छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुने बताइएको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको समेत सम्भावना छ । हाल देशभर सामान्यदेखि पूर्ण बदली भई कोशी, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली… पुरा पढौ