समाचार

नारायणगढ–मुग्लिन सडकखण्डमाअस्थायी प्रहरी पोष्ट स्थापना

नारायणगढ–मुग्लिन सडकखण्डमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । पहिराका कारण सडकखण्ड पटक–पटक अवरुद्ध भएर यात्रुले सास्ती पाएपछि आजदेखि अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो । बर्सातको समयमा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै इच्छाकामना गाउँपालिका–६ स्थित जलवीरेमा प्रहरी पोष्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए । पोष्टमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ट्राफिकसहित ६ जना तैनाथ रहेनछन् । पोष्ट स्थापनापछि लाइफलाइनका रुपमा रहेको यस सडकखण्डमा हुनसक्ने विपत्का घटनाबाट हुने क्षतिलाई न्यूनीकरण गर्न सहज हुने… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो

यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै… पुरा पढौ

‘पोखरेली पर्यटन विकास गर्न विदेशी उडान गरौं, कोरला नाका खोलौं’

पोखरा । कोरोना भाइरस संक्रमण देखिएपछि प्रभावित बनेको पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किसकेको छैन । संकट टरेपछि अहिले नयाँ लगानी गर्ने क्रम पनि चलिरहको छ । तर, पर्यटन क्षेत्र कसरी अघि बढ्छ र यसको दीगोपनबारे अर्को प्रश्न पनि छ । पर्यटन क्षेत्रमा केन्द्रीत रहेर आर्थिक आवाजले दीगो पर्यटन र विकास विषयमा आइतबार पोखरामा अन्तक्र्रिया गरेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दीपेन्द्रबहादुर थापाले पाहुनालाई गर्ने व्यवहार जति राम्रो हुन्छ त्यसले पर्यटकमार्फत सकारात्मक सन्देश प्रवाह… पुरा पढौ

आविस्कारमा जुट्यो गण्डकी विश्वविद्यालय: ८ औजार, ईलेक्ट्रिक स्कुटर र बाँदर धपाउने बन्दुक निर्माण

पोखरा । गण्डकी विश्वविद्यालयको अनुसन्धान केन्द्र र अन्वेषण तथा आविस्कार केन्द्रले छोटो समयमै ८ औजार निर्माण गरेको छ । केन्द्रले छोटो समयमै आविस्कारमा फड्को मार्दै ८ औजार निर्माण गरेको हो । केन्द्रले कृषि केन्द्रीत औजारहरु निर्माण गरेको विश्वविद्यालयका रजिस्टार कैलाश तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार केन्द्रले घाँस टुक्राउने मेसिन, गाईभैंसीको गोबर पेल्ने मेसिन, कोदो हार्भेस्ट गर्ने मेसिन, सोलार ड्रायर, दाउरा चिर्ने मेसिन, अदुवा प्रशोधन गर्ने मेसिन निर्माण गरिसकेको छ । त्यस्तै, विश्वविद्यालयले ईलेक्ट्रिक स्कुटर र बाँदर धपाउने मेसिन र… पुरा पढौ

अर्थ मन्त्रालयलाई रु. करिब पाँच खर्ब राजस्व उठाउने चुनौती

चालु आर्थिक वर्षमा राजस्व सङ्कलनको लक्ष्य रु १४ खर्ब तीन अर्ब १४ करोड राखिएकोमा असार १८ गतेसम्म रु. आठ खर्ब ९९ अर्ब पुगेको छ । अर्थ मन्त्रालयका अनुसार यो राजस्व सङ्कलन लक्ष्यको करिब ६४ प्रतिशत हो । चालु आवको लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न अब बाँकी अवधिमा करिब रु पाँच खर्ब उठाउनुपर्ने हुन्छ ।आयात घटेकाले कारण भन्सारबाट हुने राजस्व सङ्कलनमा कमी आएको र कसिलो मौद्रिक नीति र निजी क्षेत्रमा लगानी कमजोर हुँदा पूर्वाधार निर्माणमा पनि यस अवधिमा अपेक्षित सफलता हासिल हुन… पुरा पढौ

तत्काल संसदीय समितिका सभापति चयन गर्ने शीर्ष नेताहरु समझदारी

तीन ठूला दलका शीर्ष नेताहरुले संसदीय समितिको सभापति तत्काल चयन गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा आज भएको छलफलमा शीर्ष नेताले समितिका सभापति अविलम्ब चयन गर्ने प्रतिबद्धता जनाएको सभामुख देवराज घिमिरेले जानकारी दिए । उनले भने, “संसदीय समितिको सभापति चयन तत्काल गर्ने नेताहरुले प्रतिबद्धता जनाउनुभएको छ, अब हाम्रो ध्यान (बजेट पारित भएकाले) समिति गठनतिरै केन्द्रित भएको छ ।” उनले समितिले छिट्टै नेतृत्व पाउनेमा विश्वास व्यक्त गरे । समितिको नेतृत्व नहुँदा ज्येष्ठ सदस्यबाट बैठक सञ्चालन भइरहेको छ । ज्येष्ठ… पुरा पढौ

बाढीपहिरोबाट भएको क्षतिबारे सांसदद्वारा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाका आजको बैठकमा सांसदहरुले बाढीपहिरोका कारण देशभर क्षति बढ्न थालेपछि क्षति न्यूनिकरणका लागि काम गर्न सरकार समक्ष माग गरेका छन । सांसद गोपाल भट्टराईले रुपन्देहीमा तिनाउ नदीले खतराको चिन्हपार गरेकाले सरकारको ध्यानाकर्षण गराए । सांसद जगप्रसाद शर्मा, तारामान स्वाँर, तुलसाकुमारी दाहाल, भगवती न्यौपाने, मृगेन्द्रकुमार सिंह यादव, शारदादेवी भट्ट, बिमला घिमिरे, शेखरकुमार सिंह, सुमित्रा बिसीले मुग्लिन–नारायणगढ सडकको विकल्प खोजिनुपर्नेमा जोड दिए । बाढीपहिरोले सातै प्रदेशमा धेरै क्षति भइसकेको उल्लेख गदै उनीहरुले अझै यसमा सरकारले तत्काल ध्यान दिन माग गरे । सांसद… पुरा पढौ

बजारमा पनि यसवर्ष किसानलाई मल अभाव

बजारमा यसवर्ष किसानलाई मल अभाव भएको छ । मल आयातको जिम्मेवारी पाएका साल्ट ट्रेडिङ कम्पनी र कृषि सामग्री लिमिटेडले समयमै आयात गर्न नसक्दा मल अभाव भएको हो । दुवै कम्पनीले चालु आवमा युरिया दुई लाख ५१ हजार मेट्रिक टन र डिएपी एक लाख मेट्रिक टन आयात गरिसकेको छ । तर पोटास मल भने हालसम्म आयात गर्न सकेको छैन । चालु आवका लागि चार लाख ७८ हजार पाँच सय मेट्रिक टन मल आयात गर्न बोलपत्र आह्वान गरेकामा चाँडै नै एक लाख… पुरा पढौ

अर्घाखाँचीमा पहिरो अपडेट : तीनको मृत्यु, एकको उपचार हुँदै

अर्घखाँची । अर्घखाँचीको पणेनामा आज बिहान गएको पहिरोमा परी तीन बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान साढे ६ पाणिनि–१ पणेनाको गोहनपानीमा घर पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा पुरिएका चार बालबालिका मध्य एक जनाको भने सकुशल उद्दार गरिएको पाणिनी गाउँपालिकाका निर्वतमान अध्यक्ष तथा स्थानीय अच्युत गौतमले जानकारी दिए । मृत्यु हुनेमा ११ वर्षे अञ्जु रास्कोटी, १० वर्षे धनबहादुर रास्कोटी र १२ वर्षे खुमबहादुर रास्कोटी रहेको उनले बताए । उद्दार गरिएका १४ वर्षे सचिन रास्कोटीलाई उपचारका लागि पाल्पा… पुरा पढौ

गोरखामा धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । धन्सार भत्किएर पुरिँदा उनकोे घटनास्थलमै मृत्यु भएको हो। उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते… पुरा पढौ