समाचार

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा विभिन्न कार्यालयलाई ज्ञापन पत्र वुझाइयो,गलत तथ्यांक तत्कालै सच्याउन माग

कास्की । नेपाल मगर संघ कास्की र नेपाल पुनमगर समाज केन्द्रीय समितिले प्रमुख जिल्ला अधिकारी कास्कीका बासुदेव घिमिरेलाई सोमबार संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ । पुन मगर हैन, भन्ने गलत तथ्यांक तत्कालै सच्याउनका लागि पुनमगर र मगर संघ कास्कीले प्रधानमन्त्री, आदिवासी जनजाती आयोग र राष्ट्रिय तथ्यांक कार्यालयलाई अधिकारी घिमिरे मार्पmत ज्ञापन पत्र बुझाइएको हो । प्रधान मन्त्री तथा मन्त्रीपरिषद कार्यालयको मातहतमा रहेको राष्ट्रिय तथ्यांक विभाग कार्यालयले यही २०८० जेठ १९ गते जारी गरेको, भाषा र धर्म सम्बन्धीको तथ्यांक प्रति,… पुरा पढौ

प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीता २०८०ः कास्की प्रथम

पोखरा । पोखरामा आयोजना भएको गण्डकी प्रदेश स्तरीय प्रथम पुरुष हक्क प्रतियोगीतामा कास्की प्रथम भएको छ । उपाधीका लागि फाईनल खेलमा कास्कीले तनहुँलाई १-० गोल अन्तरले हराएर उपाधी चुमेको हो । निर्धारित समयमा २–२ को बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा दुबैतर्फबाट एक–एक को बराबरी पछि भएको सडेनडेथमा कास्कीले बाजी मारेको हो । प्रदेश खेलकूद परिषद, गण्डकीको आयोजना तथा कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको उक्त प्रतियोगितामा तनहुँ कास्की स्याङ्जा, पर्वत, बाग्लुङ्गको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम,द्धतिय… पुरा पढौ

माउण्ट अन्नपूर्णमा शिक्षक तथा विद्यार्थीलाई दुई दिने प्रशिक्षण कार्यक्रम

पोखरा,२९ जेठ । माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालयले शिक्षकहरु तथा विद्यार्थीहरुलाई दुई दिने प्रशिक्षण दिएको छ । शिक्षण उत्कृष्टता प्रशिक्षण साथै कक्षाकोठा व्यवस्थापन,रणनीति, शिक्षण प्रविधिमैत्री र सजगता र कक्षा दशमा अध्ययनरत विद्यार्थीहरुलाई सिकाइलाई कसरी प्रभावकारी र सरल बनाउन सकिन्छ,परीक्षाको तयारी कसरी गर्ने,पढेका विषयवस्तुलाई कसरी स्मरण गर्न सकिन्छ भन्ने विषयमा एक–एक दिवसीय प्रशिक्षण प्रदान गरेको हो । प्रशिक्षकद्धय सुवास पौडेल र विद्यालयका संस्थापक तेज गुरुङले उक्त प्रशिक्षण दिएका थिए । उक्त प्रशिक्षण कार्यक्रममा विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले प्रशिक्षणको औचित्यमाथि स्पष्ट पारेका थिए… पुरा पढौ

गण्डकीका प्रदिपसहित चार खेलाडी १९ औं एसियन गेम छनोटमा,एसियन गेम मेरो ड्रिम हो: प्रदिप

पोखरा । गण्डकीका खेलाडी प्रदिप खड्का १९ औं एसियन गेम छनोटमा परेका छन् । लन टेनिस खेलाडी प्रदिपसहित चार खेलाडी छनोट भएका हुन् । चिनको होङझावमा आगामी सेप्टेम्बरमा हुने १९औं एसियन गेममा नेपालको नम्बर वान टेनिस खेलाडी समेत रहेको गण्डकीका प्रदिप सहित पोखरामा जन्मिएर स्पेनमा टेनिस खेल्दै आएका विश्व वारियतामा पर्न सफल नेपाली खेलाडी अभिषेश बास्तोला पुरुषतर्फ छनोट भएका हुन । बास्तोला गण्डकीमा जन्मिएपनि उनले गण्डकीको प्रतिनिधित्व गरेका छैनन् तर विभिन्न राष्ट्रहरुमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेका छन् । अभिषेक पहिलो पटक… पुरा पढौ

मिलेनियम ट्रेकको प्रवद्र्धन टोलीद्वारा विभिन्न स्थानमा अन्तरक्रिया

गण्डकी । मिलेनियम ट्रेकको पुनः प्रवद्र्धन एवम् बजारीकरणको उद्देश्यका साथ शुक्रबारदेखि निस्किएको टोलीले आइतबार पदमार्ग क्षेत्र अन्तर्गत पुतलीबजार नगरपालिका वडा नं ९ कोल्मा, काल्खु एवम् शुक्लागण्डकी नगरापलिका वडा नं १२ विसौनामा अन्तरक्रिया गरेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको सहआयोजना एवम् प्रवद्र्धनमा पर्यटन सम्बद्ध विभिन्न क्षेत्रका प्रतिनिधि, पर्यटक गाइड, सञ्चारकर्मी लगायतको २३ सदस्यीय टोली पदमार्ग क्षेत्रमा पदयात्रा सहित स्थानीयसँग अन्तरक्रिया गरिरहेको छ । अन्तरक्रियामा स्थानीयले यस क्षेत्रको पर्यटकीय विकासका लागि आँफूहरू लागिरहेको बताउँदै त्यसका लागि… पुरा पढौ

महेन्द्रगुफा, चमेरेगुफा, गुप्तेश्वर गुफा, डेभिडफल्सलगायतका सार्वजनिक सम्पतीको राजश्व र भाडा महानगर मातहत ल्याउन सुझाव

पोखरा, जेठ २९ पोखरा महानगर सार्वजनिक लेखा समितिले सार्वजनिक सम्पतीको राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले पोखरा महानगर भित्रका सबै सार्वजनिक श्रोत, साधन र सम्पतीबाट प्राप्त हुने राजश्व र भाडा केन्द्रीकृत रुपमा संकलन गर्न निर्देशन दिएको हो । हाल महानगर भित्रका सार्वजनिक श्रोत, साधन र सम्पतीको राजश्व र भाडा विद्यालय, संस्था र समितिले छुट्टाछुट्टै संकलन गर्दै आएका छन् । पोखरा महानगरपालिका भित्र रहेको गुप्तेश्वर गुफा र डेभिडफल्स (पातलो छाँगो)को… पुरा पढौ

सार्वजनिक लेखा समितिले पोखरा महानगरलाई भन्यो : खाजा खर्च र भ्रमण खर्च कटौती गर

पोखरा, जेठ २९ पोखरा महानगर सार्वजनिक लेखा समितिले अध्ययन अवलोकन भ्रमण तथा खाना र खाजामा हुने गरेको खर्च कटौती गर्न पोखरा महानगरपालिकालाई सुझाव दिएको छ । समितिको सोमबार बसेको २४ औं बैठकले आगामी आर्थिक वर्षमा अध्ययन अवलोकन भ्रमण र खाना तथा खाजामा हुने गरेको खर्च कटौती गर्न महानगरलाई निर्देशन दिएको हो । अध्ययन अवलोकनका नाममा लाखौं, करोडौं खर्च गरेपनि त्यसको प्रतिफल नदेखिएको समितिको ठहर छ । समितिले आर्थिक मन्दिको असर देखिएकाले खर्च कटौती गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै सो सुझाव दिने… पुरा पढौ

कञ्चन क्यापिटल प्रालिले असार ४ गते रक्तदान आयोजना गर्ने

पोखरा ।कञ्चन क्यापिटल प्रा लि ले ‘रक्तदान जीवनदान’ भन्ने नारासहित रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । संस्थाको चौथो वार्षिकोत्सवको अवसरमा असार ४ गते सोमबार पोखरा २ अर्चलबोटस्थित कञ्चन डिपार्टमेन्टको प्रागंणमा आयोजना गर्ने कञ्चन क्यापिटलका अध्यक्ष विमलमान गुभाजुले जानकारी दिए । ‘हामीले संस्थाको वार्षिकोत्सवको अवसरमा केहि रचनात्मक कार्यक्रम गरौं भन्ने योजना थियो, उनले भने, ‘अहिले पोखरामा रगतको अभाव भएको बुझिएकाले रक्तदानको आयोजना गर्न लागेका हौं ।’उनका अनुसार संस्थाले हरेक वर्ष वार्षिकोत्सवको अवसरमा रक्तदान आयोजना गर्दै आएको  छ । आउदो सोमबार बिहान ८ बजेदेखि… पुरा पढौ

बालमैत्री पालिका बनाउने अभियान

बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागि गर्भावस्थादेखि १८ वर्ष उमेर नपुगेका बालबालिकाको बाल संरक्षण, बाल विकास, बाल बचाउ, बाल सहभागितासम्बन्धी ५१ सूचकलाई पूरा गर्न आवश्यक तयारी सुरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको समन्वय र मिलन म्याग्दीको व्यवस्थापनमा आइतबार आयोजित बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण कार्यक्रममा सहभागी सरोकारवालाले आगामी २०८३ चैत मसान्तसम्म पालिकालाई बालमैत्री पालिका बनाउन बालमैत्री स्थानीय शासन अवलम्बन गर्नका लागि प्रतिबद्धता जनाएका हुन्… पुरा पढौ

अप्राकृतिक मैथुन कसुरमा १२ वर्ष कैद

आठ वर्षीय एक बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बागलुङको बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई १२ वर्ष छ महिना कैद भुक्तान गर्न जिल्ला अदालतले आदेश दिएको छ । अप्राकृतिक मैथुन गरेको पुष्टी गर्दै जिल्ला न्यायाधीश दिवाकर भट्टको इजलासले सो कैदसँगै रु ४० हजार जरिवानासमेत भराउन आदेश दिएको अदालत इजालाश अधिकृत गङ्गाधर सापकोटाले जानकारी दिए । निज रानाले २०७९ साउन २० गते अप्राकृतिक मैथुन गरेको अभियोगमा पीडित बालकका अभिभावकले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।… पुरा पढौ