समाचार

बैदाममा कम्पोष्ट विन वितरण तथा कौशी खेती अभिमुखिकरण

पोखरा, जेठ २८ । “घरको फोहोर घरमै मोहोर अर्गानिक खानपान स्वाथ्थ जिवन” भन्ने नारालाई आत्मसाथ गर्दै पोखरा महानगरपालिका पशु तथा कृषि महाशाखाको आयोजना र वडा स्तरीय कृषि सञ्जाल पोखरा महानगर पालिका वडा ६ बैदामको समन्वयमा पोखरा ६ बैदाममा कम्पोष्ट बिन र कुटो वितरण गरिएको छ । पोखरा महानगर पालिका वडा न ६ मा रहेका आमा समुह, टोल विकास र कृर्षि सञ्जालका सदस्यहरुलाई कौशि खेति अभिमुखिकरण सहित करिब ६० वटा कम्पोष्ट विन र कृर्षि औजार कुटो शनिबार वितरण गरिएको थियो ।कार्यक्रमको… पुरा पढौ

पोखराका मेकानिक्सलाई निःशुल्क टि.टि खोप

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएसनले मेकानिक्सहरुलाई निशुल्क टि।टि खोप सहित स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ । एशोसिएसनले पश्चिमाञ्चल सामूदायिक अस्पतालको सहकार्यमा मेकानिक्सहरु धेरै रहेको स्थान, पृथ्वीचोक बसपार्क, औधोगिक क्षेत्र,बाग्लुङ्ग बसपार्क र याम्दीमा घुम्ती शिविर मार्फत ४८६ जनालाई निःशुल्क खोप लगाइएको अध्यक्ष सन्तोषकुमार मिश्रले जानकारी दिए । प्राणघातक रोगको रुपमा धनुष्टङ्गकारलाई लिने गरिएको धातुका कारण शरीरको कुनै पनि भागमा रगत आउने गरी काटेमा सो बाट शरीरभरि फैलन गई शरीर बाङ्गीने लामो समय उपचार गराउँदा धेरै खर्च हुने हुदाँ टिटानसको खोप प्रभावकारी… पुरा पढौ

बजेटले अर्थतन्त्रका यथार्थलाई स्वीकार गर्दैन : पूर्वअर्थमन्त्री पौडेल

पूर्वअर्थमन्त्री एवम् सांसद विष्णुप्रसाद पौडेलले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेटले अहिलेको आर्थिक मन्दीको यथार्थलाई स्वीकान गर्न नसकेको र नीति तथा कार्यक्रमसँग सामञ्जस्यता कायम गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलका क्रममा सांसद पौडेलले बजेटका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रममा राखिएका योजना बजेटमा नपरेको बताएका हुन्। “यो बजेटले सिद्धान्त तथा प्राथमिकता, नीति तथा कार्यक्रमका बीचमा कुनैपनि प्रकारको सङ्गति र तादत्म्यता राखेको छैन । एक… पुरा पढौ

जथाभावीरूपमा फोहर नफाल्न यातायात समितिमार्फत यात्रुवाहक बसमा ‘डस्टविन’राख्न पत्राचार

तनहुँको व्यास नगरपालिकाले यात्रुवाहक बसमा अनिवार्य ‘डस्टविन’को व्यवस्था मिलाउन यातायात समितिलाई पत्राचार गरेको छ । व्यास नगरलाई सफा र स्वच्छ बनाउने उद्देश्यसहित जथाभावी फोहर फाल्ने कार्यलाई न्यूनीकरण गर्न यात्रुवाहक बसमा ‘डस्टविन’ को व्यवस्था मिलाउन पत्राचार गरेको हो । जथाभावीरूपमा फोहर फालिदिँदा नगरपालिका दुर्गन्धित हुने भएकाले सवारीसाधनमा अनिवार्य ‘डस्टविन’को व्यवस्थापनका लागि निर्देशनसहित पत्राचार गरिएको प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले बताए । उनले भने , “नगरपालिकालाई वातावरणमैत्री सहर बनाउन नगर क्षेत्रभित्र गुड्ने सवारीसाधनमा अनिवार्य डस्टविन राख्न भनेका छौँ ।” सवारीसाधनमा यात्रा गर्ने… पुरा पढौ

खडेरीको असर : खेतमै सुक्न थाल्यो धान र कोदाको बीउ

लामो खडेरीका कारण म्याग्दीका किसानले खेतमा राखेको धानको बीउ खेतमा नै सुक्न थालेको छ ।लामो समयदेखिको खडेरी र तापक्रम वृद्धिका कारण यहाँको लेकाली क्षेत्रमा समेत रोपाइँ सुरु हुन सकेकोे छैन भने तल्लो क्षेत्रमा धानको बीउ, सिमीलगायत बर्खेबाली खेतबारीमै सुक्न थालेको किसानले बताएका छन् । पानी नपर्दा लेकाली क्षेत्रमा कोदोसमेत रोप्न नपाएको मालिका गाउँपालिका–२ का कृष्णबहादुर विकले जानकारी दिए । “यतिबेला धमाधम कोदो र धान रोपाइँ सुरु हुने बेला भए पनि वर्षा नभएका कारण रोपाइँ त परको कुरा बीउ समेत राम्ररी… पुरा पढौ

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा स्थित सपना भिलेज सोसियल इम्प्याक्ट र इच्छाकामना गाउँपालिकाले । सपना भिलेजले गाउँपालिकासँगको सहकार्यमा ‘सबै यात्राको सुरुआत एक सपनाबाट हुन्छ’ नामक परियोजना सञ्चालन गरेपछि चेपाङ समुदायको जीवनशैलीमा परिवर्तन आएको हो… पुरा पढौ

फेवाफाँटमा पोखरा महानगरको दुइथरी भु उपयोग नितीका कारण स्थानिय आक्रोसित

पोखरा । फेवा फांटलाई सिमसार भनिएपनि पोखरा महानगरले आवास र कृषि प्रयोजन भनेर छुट्याएपछि स्थानिय आक्रोसित बनेका छन । महानगरले कोहीलाई काखा कोहीलाई पाखा गरेको भन्दै उनीहरुले महानगरविरुद्ध आन्दोलन गर्ने सम्मको तयारी गरेका छन । सिमसार भनिएर रोकिएको फेवा फांट पोखरा महानगरमा धनराज आचार्य निर्वाचित भएर आएपछि कुनै जग्गालाई आवास र कुनैलाई कृषि भनेर छुट्याइ केही ब्याक्तिहरुले धमाधम जग्गामा माटोले पुरेर प्लटिङ गरेपछि स्थानियको जग्गा होचो भागमा परि वर्षायाममा पानी जमेर खेतीगर्न समेत नमिलेको उनीहरुको महानगर समक्ष गुनासो छ ।… पुरा पढौ

मदरल्याण्डमा खेलाडी सम्मानका साथ प्रदेश स्तरीय फुटसल प्रतियोगिता

पोखरा । स्वस्थ शरीरमा मात्र स्वस्थ मस्तिष्कको विकास हुन सक्छ भन्दै पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयले हालै निर्माण गरेको फुटसल कोर्ट र भर्खरै एसईई दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई लक्षित गरी आयोजना गरेको प्रदेश स्तरीय फुटसल प्रतियोगिताको एक समारोहबिच संंयुक्त रूपमा विद्यालय प्राङ्गणमा शनिबार उद्घाटन गरिएको छ । प्रमुख अतिथि पश्चिम पृतिना हेडक्वाटर विजयपुरका पृतनापति दिपककुमार बानियाँले पानसमा दीप प्रज्ज्वलनका साथ रिबन काट्दै प्रमुख रेफ्री फुटबल रेफ्री सङ्घ कास्कीका अध्यक्ष सुशील केसीलाई बल हस्तान्तरण गरी कार्यव्रmमको समुद्घाटन गरेको थिए । यसै… पुरा पढौ

मिलेनियम ट्रेकको प्रवद्र्धन टोली सादीखोलामा

गण्डकी । सहश्राव्दी पदमार्ग(मिलेनियम ट्रेक) को पुनः प्रवद्र्धन एवम् बजारीकरणको लक्ष्यका साथ शुक्रबारदेखि हिडेको टोली आज पदमार्ग क्षेत्रको सादीखोलामा पुगेको छ । मिलेनियम ट्रेक व्यवस्थापन समितिको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सह आयोजना एवम् प्रवद्र्धनमा सात दिने कार्यक्रमका साथ हिडेको टोलीले शुक्रबार तनहुँको दुलेगौडाबाट आफ्नो यात्रा सुरु गरेको थियो । शुक्रबार पदमार्ग क्षेत्रका धार्मिक पर्यटकीय स्थल ढोरबराह मन्दिर, ऐतिहासिक ढोरमूलकोट दरबार क्षेत्रको स्थलगत अवलोकन गरेको टोली साँझ रजस्थल सामुदायिक होमस्टेमा बसी होमस्टे सञ्चालक एवम् सरोकारवालासँग अन्तरक्रिया गरेको थियो । शनिबार… पुरा पढौ

मुक्तिनाथ बाहिनीको साप्ताहिक कार्यक्रमः निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले सेवा लिए

पोखरा । सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय पोखराले आफ्नो २२ औं स्थापना दिवसमा आयोजित साप्ताहिक कार्यक्रम अन्र्तगत निशुल्क स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम गरेर सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल न. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले स्थापना दिवसको अवसरमा नं २४ हेडक्वार्टर कालिका मालेपाटनमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ४ सय ७६ जनाले स्वास्थ्य जाँच गरेका छन् । नेपाल एपिएफ अस्पताल र गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्जालित निशुल्क स्वास्थ्य शिविरमा साधारण स्वास्थ्य जाँच… पुरा पढौ