समाचार

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा आयोजित ‘सातौं पोखरा स्पोर्टस् अवार्ड २०७९’ मा वर्ष उत्कृष्ट खेलाडी (महिला) हुन सफल सवित्रा भण्डारीलाई इलेक्ट्रिक स्कुटर हस्तान्तरण गरिएको छ । अवार्डमा उत्कृष्ट भएकी भण्डारीलाई पुरस्कार स्वरुप टेल्जी नेपालको टाइगर इलेक्ट्रिक स्कुटर आइतबार ९आज० हस्तान्तरण गरिएको हो । अवार्ड घोषणाको दिन भण्डारी भारतमा लिग खेल्दै रहेकाले उनलाई आज हस्तान्तरण गरिएको मञ्चले जनाएको छ । वार्षिकरुपमा मञ्चले आयोजना गर्ने स्पोर्टस् अवार्डमा विभिन्न ७ वटा विधामा उत्कृष्ट अवार्ड वितरण गरेको थियो । जसमा लाइफटाइम अचिभमेन्ट… पुरा पढौ

फेवाफांटका स्थानियद्धारा पोखरा महानगरमा धर्ना

पोखरा । फेवाफांटका स्थानियले पोखरा महानगरमा धर्ना दिएका छन । फेवाफांटका स्थानियहरुले फेवाफांट संघर्ष समिति बनाएर पोखरा महानगरले कोहीलाई काखा र कोहीलाई पाखा गरेको भन्दै फेवाफांटमा वर्षौदेखी खेती गर्दै आएका स्थानियहरुले महानगरमा नाराबाजी सहित धर्ना दिएका हुन । फेवाफांटको जग्गालाई पोखरा महानगरपालिकाले आबास र कृषि गरी छुट्याइरहदा आबासमा परेका ब्याक्तिहरुले प्लटिङ गरेकै कारण कृषियोग्य जग्गा डुवानमा परेको भन्दै महानगरमा ध्यानाकर्षण सहित धर्ना दिएका हुन । महानगरले आबास र कृषि गरी जग्गा छुट्याइएकै कारण आबासमा परेकाहरुले धमाधम माटो पुरेर प्लटिङ गरिरहेकाले… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ ‘एम’ को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सम्पन्न,उत्कृष्टलाई अवार्ड

पोखरा । लायन्स क्लब ईन्टरनेशनल डिस्ट्रिक्ट ३२५ ‘एम’को चौथो क्याबिनेट बैठक घान्द्रुकमा सयौं लायन मेम्बरहरुको सहभागिता शुक्रबार सम्पन्न भएको छ । होस्ट क्लब लायन्स क्लब अफ पोखरा लेकसाइडको उत्कृष्ट संयोजनमा वर्षभरका उत्कृष्ट लायनकर्मी तथा क्लबहरुलाई अवार्ड प्रदान गरी कार्यक्रम समापन भएको होस्ट क्लबका प्रेसिडेन्ट लायन कृष्णकुमार श्रेष्ठले जानकारी दिए । डिस्ट्रिक्ट ३२५ ‘एम’ अन्तर्गत नेपालभर १ सय ४० क्लब छन् । जसमा ३ हजार २ सय २२ जना मेम्बर आबद्ध भइसकेका छन् । डिस्ट्रिक्ट गभर्नर लायन महेन्द्र पौडेलले २०२२ जुलाई… पुरा पढौ

सुरज विश्वकर्माको “आशाहरु आकाशमा” सार्वजनिक

पोखरा । वैदेशिक रोजगारीमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहेका सुरज विश्वकर्माले हालै “आशाहरु आकाशमा” गीत आफ्नै युटुब च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् । उक्त गीत २०७९ साल माघ १ गते पोखरा वजारको मध्यभाग सेती नदीको खोंचमा भएकाको सुन्दै आँङ सिरिङ् हुने यति एयरको जहाज दुरघटनामा परि ज्यान गुमाउने ७२ जनाहरुप्रति समर्पित गरेका छन् । “बिस्तारै बिस्तारै”, “तिम्रो मन”, “तिमिलाई नै हेरि रहुँ” र “दुइ तले फलामको खाटैमा” जस्ता मार्मिक गितका सर्जक सुरज विश्वकर्माले रचना गरेको… पुरा पढौ

जेठ ३१ र ३२ गते पोखरा प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव

पोखरा । जेठ ३१ र ३२ गते पोखराको प्रदर्शनी केन्द्रमा विज्ञान प्रविधि महोत्सव हुँदैछ । हिमालयन साईन्स फाउण्डेशन र विज्ञान शिक्षक समाजको सह—आयोजनामा गण्डकी प्रदेश स्तरीय विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हो । विद्यालयस्तरदेखि नै विद्यार्थीलाई खोज तथा अनुसन्धानमा अभिप्रेरित गर्ने उद्देश्यले विज्ञान प्रविधि महोत्सवको आयोजना गरिएको हिमालय साईन्स फाउण्डेशनका अध्यक्ष आतंक बस्नेतले जानकारी गराए । उनका अनुसार महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ। । गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यालयबाट आएका विद्यार्र्थीले मानव जीवनका विभिन्न समस्याहरुलाई कसरी वैज्ञानिक प्रविधिद्वारा समाधान… पुरा पढौ

मगरसंघ कास्कीको अध्यक्षमा राम थापा मगर

पोखरा । नेपाल मगर संघ, जिल्ला समन्वय समिति कास्कीको अध्यक्षमा राम थापा मगर सर्वसहमत रुपमा चयन भएका छन् । शनिबार पोखरामा भएको २७ औं साधाराण सभा तथा ९ औं जिल्ला अधिवेशनबाट थापा मगरको अध्यक्षतामा एक जना सदस्य पछि थप हुने गरी २९ जनाको कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा चन्द्र बहादुर पुन मगर, सचिवमा लाल बहादुर राना मगर, सह–सचिवमा भिम कुमारी गर्बुजा पुुन मगर, शिव थापा मगर, जीवन कुमार थापामगर, नर बहादुर पुनमगर र गोविन्द पुनमगर रहेका छन्… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४० दशमलव ४८ अङ्कले उकालो लागेर एक हजार नौ सय ८० दशमलव शून्य नौ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ दशमलव १० अङ्कले उकालो लागेर तीन सय ७० दशमलब ५२ अङ्कमा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । नेप्सेका अनुसार कूल ९५ लाख… पुरा पढौ

पोखरा-१४ का ५८ महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण

पोखरा महानगरपालिका वडा नं. १४ स्थित चाँदनी टोलका ५८ जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको छ । चाँदनी दिदीबहिनी समूहले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण एवं सचेतना कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रमका लागि नेपाल परिवार नियोजनकास्कीले प्राविधिक सहयोग गरेको थियो ।समूहकी अध्यक्ष निर्मला थपलिया पाठकका अनुसार परिवार नियोजन संघका ९ जना प्राविधिकले ५८ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरेका थिए । कार्यक्रममा परिवार नियोजन संघका शाखा म्यानेजर नवराज तिवारीले पाठेघरको मुखको क्यान्सरसम्बन्धी प्रशिक्षण… पुरा पढौ

एक्साभेटर दुर्घटनामा एकको मृत्यु

आबुखैरेनी गाउँपालिका–५ रसौलीमा आज एक्साभेटर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । सल्यान स्थायी घर भएका अन्दाजी २५ वर्षका खेमराज चलाउनेको सो दुर्घटनामा मृत्यु भएको हो । आबुखैरेनी–२ मार्किचोकबाट भरतपुर चितवनका लागि दुई सय २० केभी हाइटेन्सनको टावर निर्माणका लागि जाने कच्ची सडक बनाउने क्रममा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिए । आबुखैरेनी–५ रसौलीबाट ग ३ क ३९७४ नम्बरको एक्साभेटर अन्दाजी एक हजार पाँच सय मिटर तल खोंचमा खस्दा उक्त दुर्घटना भएको हो । एक्साभेटर चालक चितवन… पुरा पढौ

स्कुलको छतबाट खसेर पोखरामा किशोरी घाईते

पोखरा, जेठ २८ स्कुलको छतबाट खसेर पोखरामा एक किशोरी घाईते भएकी छन् । पोखरा महानगरपालिका वडा नम्बर–८ बगालेटोलस्थित निलगिरी बोर्डिङ स्कुलको छतबाट खसेर १५ वर्षिया किशोरी चाहत शाह घाईते भएकी हुन् । उनी विहान ५ बजेर ५५ मिनेटमा छतबाट खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । भारतको विहारस्थित मोतिहारी घर भएकी किशोरी खेल्ने क्रममा आफू अध्ययनरत विद्यालयको छतबाट खसेकी थिईन् । उनलाई तत्काल उद्दार गरेर पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारको लागि लगिएको थियो । उनको उपचार भईरहेको कास्की प्रहरीको… पुरा पढौ