समाचार

विश्व वातावरण दिवसमा विन्ध्यवासिनी मा विका विद्यार्थीद्वारा वृक्षारोपण

पोखरा । विश्व वातावरण दिवस पोखरामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। दिवसको अवसरमा पोखरा महानगरपालिका वडा नं १६ बाटुलेचौरमा रहेको विन्ध्यवासिनी मा विका विद्यार्थीले पर्यटकीय क्षेत्र चमेरे गुफा परिसरमा वृक्षारोपण गरेका छन्। विद्यालयमा रहेको वातावरण क्लबको सकृयतामा भएको कार्यक्रममा विद्यार्थीले पारिजात, इन्द्र कमल, कपुर लगायतका विभिन्न प्रजातिका फुल तथा विरूवा रोपेको विद्यालयका अप्रेसन म्यानेजर नविन अधिकारीले जानकारी दिए। यसअघि उनीहरूलाई विद्यालय व्यवस्थापन समितिका जेष्ठ सदस्य गुरूदत्त भट्टराई, प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले वृक्षारोपणका लागि आवश्यक सामग्री प्रदान गरी कार्यक्रमको शुभारम्भ गरेका… पुरा पढौ

सृजना मा.वि.मा टेबुल टेनिस प्रतियोगिता सञ्चालन गरिने

पोखरा । पोखरा महानगरपालिका वडा नं. ८, सृजनाचोक, शान्तिमार्गमा अवस्थित सृजना सेकेण्डरी स्कुलमा गठित सृजना लिडर्स क्लबको आयोजनामा असार १ र २ गते प्रदेश स्तरीय ‘एस.ई.ई. टेबुल टेनिस प्रतियोगिता–२०८०’ सञ्चालन गरिने भएको छ । विद्यार्थी खेलाडीहरूको सृजनशील क्षमता प्रस्फुटन गराउने उद्देश्यका साथ शैक्षिक सत्र २०७९ को एस.ई.ई. परीक्षा दिएर बसेका छात्र÷छात्राहरूका बिच उक्त प्रतियोगिता सञ्चालन गर्न लगिएको कुरा प्रतियोगिताका संयोजक अञ्जन थापाले बताए । सृजना सेकेण्डरी स्कुलमा सञ्चालन गर्न लगिएको उक्त प्रतियोगिताका लागि २२ गतेदेखि ३० गतेसम्म टिम दर्ता खुल्ला… पुरा पढौ

वातावरण पत्रकारिता पुरस्कार पोखराका कृष्णमणी बराललाई

पोखरा । नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ पोखराका पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय गरेको छ । अन्नपूर्ण दैनिकमा पोखराबाट कार्यरत पत्रकार बराललाई नगद २५ हजार, प्रमाण–पत्र प्रदान गर्ने छ । समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२२ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा… पुरा पढौ

विश्व वातावरण दिवसमा माउण्ट अन्नपूर्णको सरसफाइ कार्यक्रम

पोखरा । ५० औं विश्व वातावरण दिवसको उपलक्ष्यमा माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुरले विद्यालय हाता तथा विद्यालय वरपरका मुख्य सडक र चोकहरुको सरसफाइ गरेको छ । वातावरण प्रदूषण विरुद्ध जनचेतना जगाउने प्लेकार्डसहित कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुको उक्त सरसफाइ कार्यक्रममा सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नं ३ का वडा सदस्य सनकमान सि.के.,अस्थायी प्रहरी बिट पोखरा महानगरपालिका वडा नं ३ का इन्चार्ज प्रहरी हवल्दार देवबहादुर घर्तीमगर पनि उक्त सरसफाइ कार्यक्रममा सहभागी भएका थिए ।… पुरा पढौ

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौ । यो साता कारोबारको पहिलो दिन आइतबार ५० अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ । नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय ०१ दशमलव ९९ अङ्कमा कायम भएको हो । आज दुई सय ७७ कम्पनीको ५६ लाख २० हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा रू एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको… पुरा पढौ

बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने

पोखरा । बुर्तिबाङ प्रथामिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरिने भएको छ । गण्डकी प्रदेश सरकारले स्वास्थ्य केन्द्रलाई प्रदेश सरकार मातहतमा ल्याएर स्तरोन्नति गरिने भएको हो । जिल्लाको पश्चिम क्षेत्रका बिरामीको समस्यालाई मध्यनजर गर्दै स्वास्थ्य केन्द्रलाई अस्पतालमा स्तरोन्नति गर्न लागिएको हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बागलुङको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र र गोरखा अस्पताललाई प्रदेश सरकार मातहत ल्याएर स्तरोन्नति गरिने उल्लेख गरे । बुर्तिबाङमा अस्पताल बने पश्चिम क्षेत्रका चार स्थानीय तह लाभान्वित हुनेछन्… पुरा पढौ

घारखोला जलविद्युत् अयोजनाको भौतिक संरचनाको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा रहेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको भौतिक संरचनाको परीक्षण सुरु गरिएको छ । म्याग्दी हाइड्रोपावर प्रालि प्रर्वद्धक रहेको उक्त आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण सुरु गरिएको हो । बाँध र डिसेन्डर ९पानी थिग्राउने पोखरी०मा पानी हालेर आइतबारदेखि परीक्षण थालिएको आयोजनाका जनसम्पर्क अधिकृत प्रकाशचन्द्र पौडेलले बताए । उनका अनुसार आयोजनाको विद्युत् गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ । “डिसेन्डर, एप्रोच क्यानल, टनेल, पेनस्टकको क्रमैसँगै परीक्षण हुन्छ,” पौडेलले भने, “भौतिक संरचनाको अवस्था ठिक… पुरा पढौ

विश्व वाताबरण दिवसः इन्द्रेणी एकीकृत बिकास केन्द्रद्वारा वृक्षारोपण

पोखरा । इन्द्रेणी एकीकृत बिकास केन्द्रले ५० औं विश्व वाताबरण दिवसको अबसरमा बृक्षारोपण गरि मनाएको छ । केन्द्रले पोखरा महानगर पालिका वडा न १ स्थित माछापुच्छ्रे दृश्यावलोकन पार्कमा विभिन्न थरिका ५ सय भन्दा बढि बोटबिरुवा रोपेको हो । केन्द्रका अध्यक्ष भानुभक्त अधिकारी र सस्थापक अध्यक्ष राजेन्द्ररमण पराजुली र पुर्ब अध्यक्ष राम बिक्रम राणा सयुक्त रुपमा पारिजातको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरेका थिए । कार्यक्रममा स्थानीय संघसस्थाका प्रतिनिधि र केन्द्रका आजिबन र साधारण सदस्य हरुको उपस्थित रहेको थियो । उक्त अवसरमा… पुरा पढौ

अकला मन्दिर पुनःनिर्माण: काम अपुरो गरेर ठेकेदार बेपत्ता

गोरखा । भूकम्पले क्षति पु¥याएको गोरखाको ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्व बोकेको प्रसिद्ध अकला मन्दिर पुनःनिर्माणको काम अलपत्र परेको छ । गोरखा नगरपालिका–१४, स्थित गोप्लिङमा रहेको अकला मन्दिर झण्डै तीन वर्षदेखि पुनःनिर्माणको काम अलपत्र रहेको मन्दिरका पुजारी भोजराज जैसीले बताए। गोरखा भूकम्पले क्षति पु¥याएपछि पुनःनिर्माण सुरु गरिएको अकला मन्दिर २०७८ असोजभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अझैसम्म पनि निर्माण पूरा हुन नसकेको हो । गोरखा नगरपालिकाले ‘अकला मन्दिर पर्यटकीय पूर्वाधार’ परियोजनामार्फत रु २४ लाख १० हजार आठ सय ८५ मा… पुरा पढौ

बाढीपहिरोले बगाएको पुल नबन्दा विद्यार्थी र सर्वसाधारणलाई समस्या

मनाङ । हिमाली जिल्ला मनाङ बाढीपहिराबाट गुज्रिएको दुई वर्ष पूरा भयो । बाढीपहिरापश्चात् मानिसलाई सामान्य बसोबासका लागि मात्रै संरचना निर्माण गरियो । केही मानिसले व्यक्तिगतरुपमा नै मर्मत गरेर बसोबास गरेका छन् । केही सामाजिकरुपमा अत्यावश्यक संरचनाको न त मर्मत हुन सकेको छ न त निर्माण नै । मनाङमा बाढीपहिराले अधिकांश क्षेत्रमा क्षति पु¥याए पनि केही संरचनाको निर्माणमा चासो नै नपुग्दा विद्यार्थी शिक्षाबाट वञ्चित हुने अवस्थामा पुगेका छन् । केही समयमा नेपालमा मनसुन सुरु हुने सम्भाव्यता मौसम विभाग पूर्वानुमान महाशाखाले जनाइसकेको… पुरा पढौ