समाचार

पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउन चालक र सहचालकलाई प्रशिक्षण

पोखरा । नेपाल पर्यटक यातायात व्यवसायी संघ(एनटिभीए) गण्डकी प्रदेशले चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ ।पर्यटक यातायात सेवालाई गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यका साथ संघसँग आवद्ध १२० जना चालक तथा सहचालकलाई प्रशिक्षण दिइएको संघका अध्यक्ष बाबुराम पाण्डेले जानकारी दिए । संघसँग पर्यटक स्तरीय लगभग ४०० को संख्यामा पर्यटक सवारीसाधन रहेको बताउँदै उनले वार्षिक कार्ययोजना अनुरुप नै प्रशिक्षण दिइएको बताए । कार्यक्रमका प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकको आतिथ्यतामा चालक तथा सहचालकको भूमिका महत्वपूर्ण हुने बताए ।… पुरा पढौ

विश्व वातावरण दिवसः बृक्षारोपणसंगै संरक्षणमा पनि ध्यान दिनुपर्छ

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरा १७ रातोपहिरोमा सोमबार विश्व वातावरण दिवस मनाइएको छ । कास्कीका सिडिओ वासुदेव घिमिरेले विरुवा रोपेर कार्यक्रम सुरुआत गरे । कार्यक्रममा सिडियो घिमिरेले सय वर्षको परिवर्तन चाहने हो भने वृक्षरोपण गर्नुपर्ने विचार राखे । सजीवको स्वाशप्रश्वासदेखि जीवनयापनका धेरै पक्षमा वोटविरुवाको महत्व हुने उनको जनाए । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले विद्यालय तहबाटै प्रकृति संरक्षण अध्यापन गराउनुपर्नेमा जोड दिए । उनले समाज, देश र विश्वकै वातावरण स्वच्छ बनाउन सकेमात्र मानव अस्तित्व र… पुरा पढौ

मदरल्याड माविमा प्लास्टिक प्रदूषणको असरको बारेमा सचेतना कार्यक्रम

पोखरा । विश्व वातावरण दिवसको अवसरमा पोखराको मदरल्याण माविका आइतबार प्लास्टिक प्रदूषणको असरको बारेमा सचेताना कार्यक्रम गरिएको छ । विद्यालयका कक्षा ८ का विद्यार्थीलाई मानवी क्रियाकलापका कारण पोखराको फेवताल कसरी प्लास्टिक प्रदूषणको चपेटामा परेको छ भन्ने पावरप्वइन्टबाट तस्बिर र भिडियो देखाएर सचेतना कार्यक्रम गरिएको हो । फेवाताल कसरी पुरिदै र प्रदूषणको चपेटामा पर्दै गएको छ भन्ने विषयमा केन्द्रित भएर पत्रकार कृष्णमणि बरालले विगत १९/२० वर्ष अघि देखि खिचेका तस्बिर समेटेर पावरप्वइन्ट प्रिजेन्टेसन गरेर विद्यार्थीहरुलाई फोहोर व्यवस्थापन गर्न सुझाएका थिए ।… पुरा पढौ

नक्कली भूटानी शरणार्थी प्रकरण : सरकारी वकिलका तर्फबाट थुनछेक बहस सुरु

काठमाण्डौं । जिल्ला अदालत काठमाडौँमा नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बसहमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गरेका छन् उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ । काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२… पुरा पढौ

‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी

पोखरा । ‘खेल्छ गण्डकी’ कार्यक्रम मार्फत महिला भलिबल खेलाडी उत्पादन गर्ने तयारी सुरू गरिएको छ । प्रदेश खेलकुद परिषद गण्डकीले आ.व २०७९/०८० का लागि ‘खेल्छ गण्डकी’ मार्फत छुट्टिएको रकमलाई गण्डकी प्रदेशमा महिला भलिबल खेलाडी उत्पादन गर्ने कार्यक्रमलाई अघि सारेको हो । सो कार्यक्रम मार्फत पहिलो चरणमा हालै एसइई दिएर बसेका गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट ट्यालेन्टहन्ट मार्फत ४० जना खेलाडी छनौट गरिने सो कार्यक्रमका संयोजक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । ति ४० जना मध्येबाट १० दिनको बन्द प्रशिक्षणमार्फत अन्तिम… पुरा पढौ

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट पोखरेल र ढकाल पुरस्कृत

पोखरा । पत्रकारद्वय सन्तोष पोखरेल र रुपनारायण ढकाल अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिले घान्द्रुकमा आयोजित औपचारिक समारोहमा पत्रकार द्वय पोखरेल र ढकाललाई उक्त पुरस्कार प्रदान गरिएको हो । अन्नपूर्ण हिमाल आरोहणको ७३ औं वर्षका अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनीहरुलाई जनही २५ हजार रुपैयाँसहित, दोसल्ला र सम्मानपत्रद्वारा पुरस्कृत गरे । पुरस्कृत पोखरेल नेपाल रिपब्लिक मिडिया गण्डकी प्रदेशका व्यूरो प्रमुख हुन भने ढकाल अंग्रेजी समाचार पोर्टल रिसेन्टफ्युजन डटकमका सम्पादक हुन् । नेपाल पत्रकार महासंघ… पुरा पढौ

पाल्पामा जीप दुर्घटना, ३ जनाको मृत्यु, ११ जना घाइते

जेठ २१ पाल्पा । पाल्पामा भएको जीप दुर्घटनमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई महिला र एक पुरुषको मृत्यु भएको हो । यस्तै ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सालझण्डीबाट अर्घाखाँचीका लागि छुटेको लु १ च ९०२४ नम्वरको आइतबार जीप रैनादेवी छहरा गाउँपालिका–८ सत्यवतीमा दुर्घटना भएको हो । मृतक तीनै जनाको परिचय खुल्न सकेको छैन । घाइतेहरूलाई उद्धार गरी उपचारका लागि रुपन्देहीमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । पुरा पढौ

श्रम र वैदेशिक रोजगारसँग जोडिएका मुद्दा तत्काल सम्बोधन गर्छौं : मन्त्री भण्डारी

काठमाण्डौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले श्रम र रोजगारसम्बन्धी जोडिएर आएका मुद्दा तदारुकताका साथ सम्बोधन गर्न मन्त्रालय कटिबद्ध रहेको बताएका छन् । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाटमा उनले श्रम बजारसम्म श्रमिकको सहज पहुँच स्थापित गर्दै वैदेशिक रोजगारीलाई व्यवस्थित तुल्याउन मन्त्रालय क्रियाशील रहेको उल्लेख गरे । मन्त्री भण्डारीले भने, “श्रम क्षेत्रको सुधारका लागि गरेको प्रतिबद्धताप्रति मन्त्रालय सजग छ, उठेका विषय सम्बोधन गर्न र लक्षित नतिजा हासिल गर्न हामी प्रयत्नशील छौँ । सेवा शुल्कबारे उठेका प्रश्न कार्यदलमार्फत सम्बोधन गरिनेछ… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र स्वास्थ्यलाई प्राथमिकता, खर्च घटाउन कार्यालय संख्या घटाइने, नया गाडी खरिद नगर्ने

पोखरा, जेठ २१ गण्डकी प्रदेश सरकारले कृषि र स्वास्थ्य केन्द्रीत नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आईतबार कृषि र स्वास्थ्य केन्द्रीत नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका हुन् । नीति तथा कार्यक्रमले आगामी बजेट यसैमा केन्द्रीत गरेर आउने संकेत गरेको छ । गण्डकी सरकारले प्रदेशको आम्दानीको स्रोत बढाउने विषयलाई प्राथमिकता दिएको छ । जसका लागि ‘प्रदेश सरकारको साँझेदारी, बाँझो रहन्न खेतबारी’भन्ने अभियान संचालन गर्ने भएको छ । त्यस्तै, हिमाली तथा उच्च… पुरा पढौ

गण्डकी सरकारलेपनि आगामी वर्ष गाडी खरिद नगर्ने

गण्डकी सरकारले खर्च कटौति गर्न गाडी खरिद नगर्ने नीति अख्तियार गर्ने भएको छ । गण्डकी प्रदेश सरकारका तर्फबाट आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशको खर्च कटौति गर्न प्रदेश सरकार र मातहतका कार्यालयका लागि आगामी आर्थिक वर्षमा नया सवारी साधन खरिद नगर्ने नीति लिने बताए । पुरा पढौ