समाचार

अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा

काठमाडौँ । अन्तर्राष्ट्रिय तामाङ परिषदको महासचिवमा टासी लामा सर्वसम्मत निर्वाचित भएका छन् । लामा नेपाल तामाङ घेदुङको सिफारिसमा महासचिवमा निर्वाचित भएका हुन् । थाइल्याण्डमा सम्पन्न पाँचौ सम्मेलनमा पारित विद्यान अनुसार महासचिवलाई कार्यकारी बनाएर अगाडि बढ्ने समेत निर्णय गरेको छ । सम्मेलनले यस अघिको कार्यकारी अध्यक्ष हुने प्रणाली हटाइ कार्यकारी महासचिव हुने बनाएको हो । “परिषदको कामलाई नियमित र चुस्त बनाउन परिषदलाई महासचिव प्रणालीमा लैजाने निर्णय भएको हो”, नेपाल तामाङ घेदुङका सङ्घीय सह अध्यक्ष कुमार घिसिङले भने। नवनिर्वाचित महासचिव लामाले सम्मेलनले… पुरा पढौ

पोखरा फुलबारीका एक पुरुष नवीनटोलमा मृत फेला

पोखरामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर ११ फुलबारीका ४२ वर्षिय रिखीराम शर्मा पौडेल पोखरा–१४ स्थित नवीन टोलमा मृत अवस्थामा फेला परेका हुन् ।पौडेललाई सोमबार विहान मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव पहिचान गरी उनको छोराले सनाखत गरिसकेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । शव भने पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृहमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको जनाइएको छ । पुरा पढौ

श्री एयरलाइन्सको जहाज ५० माइल उडेपछि काठमाडौँ फर्कियो

काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिच बाटोबाटै जहाज काठमाडौँ फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए । प्रवक्ता सिटौलाले भने “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५०… पुरा पढौ

कृषि विकास बैंक र कर्मचारी मिलन केन्द्रले गर्‍यो कालीखोला किनारमा वृक्षारोपण

पोखरा, जेठ २३ कृषि विकास बैंक र कर्मचारी मिलन केन्द्र कास्कीले कालीखोला किनारमा वृक्षारोपण गरेको छ । कृषि विकास बैंक गण्डकी प्रदेश कार्यालय र कर्मचारी मिलन केन्द्र कास्कीले विश्व वातावरण दिवसको अवसर पारेर मंगलबार विहान पोखरा–१६ कालीखोला किनारमा रहेको वातावरण संरक्षण तथा पार्क सामुदायिक वनमा संयुक्त रुपमा वृक्षारोपण गरेको हो । डिभिजन वन कार्यालय कास्की र वातावरण संरक्षण तथा पार्क सामुदायिक वन उपभोक्ता समूह पोखरा–१६ को संयोजनमा भएको कार्यक्रममा बाँस, गोलमहोर, ज्याकराण्डा, कल्गी, म्याङ्गो स्टिन, कपुरलगायतका प्रजातीका ११० वटा विरुवा… पुरा पढौ

गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो । केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए । अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय… पुरा पढौ

बगर भाई खलक ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाँदै

पोखरा  । बगर भाई खलक ६० वर्ष माथीको ‘सुपर भेट्रान’ फुटबल खेल्न भारत जाने भएको छ । मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यको देहरादुनमा यहि जेठ २६ देखि २९ गते सम्म आयोजना हुने ‘प्रथम राष्ट्रिय मास्र्टस स्पोर्टस २०२३’ अन्तर्गत हुने ‘सुपर भेट्रान’ फुटबलमा सहभागिता जनाउन त्यस तर्फ जान लागेको हो । भारततर्फ प्रस्थान गर्न लागेको टोलीलाई वडा प्रहरी कार्यालय बगरले एक कार्यक्रम गरी बिदाई गरेको छ । बिदाई कार्यक्रममा आफ्ना भनाई राख्दै पोखरा महानगर पालिका वडा नं १ का अध्यक्ष सहारा प्रधानले… पुरा पढौ

गलेश्वर मन्दिरको आम्दानी एघार महिनामा करोड नाघ्यो

म्याग्दीको बेनी नगरपालिका–९ स्थित गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा रु. एक करोडभन्दा बढी आम्दानी भएको छ । भक्तजनको आगमनसँगै मन्दिरको भेटीलगायत शीर्षकमा आम्दानी बढेको हो । चालु आवको साउनदेखि जेठ २१ गतेसम्म रु. एक करोड पाँच लाख २१ हजार पाँच सय आठ आम्दानी भएको कोषका कोषाध्यक्ष कुमारी रोकाले जानकारी दिए । “गत वर्षको असारसम्म कोषको आम्दानी रु. दुई करोड ९० लाख ८२ हजार २३५.६० थियो”, उनले भने, “चालु आर्थिक वर्षको हालसम्म रु. एक करोड ५१ लाख एक… पुरा पढौ

चौतारीको ११ बुँदे पोखरा घोषणापत्र जारी

पोखरा, २२ जेठ । प्रेस चौतारी कास्कीको २५ औं साधारणसभा ११ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । प्रेस चौतारीले नेपाल पत्रकार महासंघले शुरुवात गरेको सदस्यता शुद्धिकरण अभियानमा पूर्ण समर्थन गर्दै यसलाई अक्षरसः पालना गर्न नेपाल पत्रकार महासंघसमक्ष जोडदार माग गरेको छ । यसैगरी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने गरी प्रेसमाथि हुँदै आएको सबैखाले गलत क्रियाकलाप बन्द गर्न र प्रेसप्रति जिम्मेवार बन्न सरकारसहित सम्बद्ध सबैसंग आग्रह गरेको छ । सरकारले बजेटमार्फत आगामी आर्थिक वर्षदेखि बृद्धि हुने गरी… पुरा पढौ

नेत्र गुरुङ निर्देशित चलचित्र “कडी” को पोखरामा शुभ मुहूर्त

पोखरा । दश वर्ष अघि नेपाली चलचित्र “नाईके” निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र “कडी”को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको “कडी” को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरेका हुन् । माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै आज कडीको शुभमुहूर्त गर्न पाउँदा खुशी लागेको उनले बताए । पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत… पुरा पढौ

कुमुदिनी होम्समा पुनः चाईनिज भाषाको कक्षा संचालन

पोखरा ।विद्यालयलाई विद्यालयको रुपमा मात्रै नभई विद्यार्थीको व्यवहारिक सिकाईको घरको रुपमा हामीले लिएका छौं । उनीहरुलाई सामाजिक, सांस्कृतिक सम्पदायुक्त वातावरणमा अगाडी बढाउने सधैं उच्च लक्ष्य लिएकोले हामीले गर्ने र सोच्ने भनेको पनि सधैं उच्च लक्ष्यकै लागि हो । सोमबार विद्यालयको एसेम्बलिपछि आफ्ना विद्यार्थीको अगाडी उभिएर यस क्षेत्रकै अग्रणी विद्यालय पोखरा गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्सका संस्थापक अध्यक्ष अशोक पालिखेले भने, आजबाट हाम्रो विद्यालयमा पुनः चाईनिज भाषाको कक्षा शुरु भएको छ । उनले यसो भनिरहँदा विद्यार्थी, शिक्षक तथा त्यहाँ उपस्थित भएकाहरुको तालिको… पुरा पढौ