समाचार

नेपाल बजार बिक्री संघ गण्डकी प्रदेशद्वारा सहयोग सामाग्री हस्तान्तरण

पोखरा । नेपाल बजार बिक्री संघ गण्डकी प्रदेशले आफ्नो २३ औं वार्षिकोत्सव पोखरा २० भलाममा अवस्थित हरिहर गुफामा सहयोग सामाग्री हस्तान्तर गरी मनाएको छ । नेपाल बजार विक्री संघ गण्डकी प्रदेशका अध्यक्ष सुरेश सापकोटाको अध्यक्षतमा भएको कार्यक्रममा प्रमुख अतिथि स्वामी इसानन्द योगी, संस्थापक उपाध्यक्ष बसन्तराज सिग्देल, केन्द्रीय कार्य समिति र बजासरमा कार्यरत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । पुरा पढौ

विश्व बैंकद्वारा नेपाललाई ऋण र अनुदान सहयोग

नेपाल सरकार र विश्व बैंकबीच रू १५ अर्ब ८४ करोड (अमेरिकी डलर १२ करो) बराबर सहुलियतपूर्ण ऋण र रू दुई अर्ब ६० करोड (अमेरिकी डलर एक करोड ९७ लाख) बराबर अनुदान प्राप्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच अर्थसचिव अर्जुनप्रसाद पोखरेल र विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फारिस हदाद जर्भोसले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । विश्व बैंकअन्तर्गतको इन्टरनेसनल डेभलपमेन्ट एसोसिएसन (आइडि) ले ‘ग्लोबल पार्टनरशिप फर एजुकेसन’ कार्यक्रममार्फत नेपालका सरकारी… पुरा पढौ

कास्कीको घान्द्रुकमा अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव सुरू

अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा तेस्रो संस्करणको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सव कास्कीको घान्द्रुकमा आजदेखि सुरु भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिको स्थानीय व्यवस्थापनमा सुरु महोत्सव जेठ २० गतेसम्म सञ्चालन हुनेछ । महोत्सवअन्तर्गत अन्तिम दिन जेठ २० गते अन्नपूर्ण प्रथम हिमाल आरोहण दिवस (जुन ) का अवसरमा अन्नपूर्ण म्याराथन हुनेछ । उक्त दिन अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म (४२.१९५ किमी) को म्याराथन आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका संयोजक ललित गुरुङले जानकारी दिए । सन् १९५०… पुरा पढौ

नेप्सेमा ३८ दशमलव ८३ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा ३८ दशमलव ८३ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक दुई दशमलव ०६ प्रतिशतले घटेर एक हजार आठ सय ४९ दशमलव ७९ अङ्कमा कायम भएको हो । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक भएपछि लगातार दोस्रो दिन आज पनि नेप्सेमा उच्च अङ्कको गिरावट देखिएको हो । आज दुई सय ६२ वटा कम्पनीको ८७ लाख ३६ हजार एक सय २८ कित्ता शेयर ३६ हजार आठ सय ९३ पटक खरिदबिक्री हुँदा रु दुई अर्ब ३१ करोड ५१… पुरा पढौ

सार्वजनिक लेखा समितिमा १२१ उजुरी

सङ्घीय संसद प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिका हालसम्म १२१ वटा उजुरी विचाराधीन अवस्थामा रहेको देखिएको छ । विसं २०७६ वैशाख ३ गतेयता दर्ता भएका यी उजुरीहरु लेखा समितिमा छानबिन र छलफल हुन नसकेका हुन् । लेखा समितिको आजको बैठकमा समितिका सचिव एकराम गिरीले नयाँ सदस्य आएपछि थप एउटासहित हालसम्म १२१ उजुरी फछ्र्यौट हुन बाँकी रहेको जानकारी गराए । नयाँ संसद आएपछि गठन भएको लेखा समितिमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर स्वामित्व विवादसम्बन्धी उजुरी परेको छ । समितिको सभापतित्व गरिरहनु भएका… पुरा पढौ

पोउवा संघको बोर्ड बैठक गिलुङमा,ग्रामीण पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण सम्भावनाको खोजी

पोखरा । पोखरा उद्योग वाणिज्य संघले लमजुङको क्होंलासोथर गाउँपालिकाको गिलुङमा आफ्नो १२ औं कार्यसमिति बैठक सम्पन्न गरेको छ । ग्रामीण पर्यटन तथा घरबास कार्यक्रमको प्रवद्र्धन एवं स्थानीय उत्पादनको बजारीकरणको सम्भावना खोजीको लागि संघले क्होंलासोथर ९, गिलुङलाई बैठकस्थल छानेको अध्यक्ष पवनकुमार प्रजापतिले बताए । ‘तीनवटै तहका सरकारले ग्रामीण पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएका छन्,हामी सरकारसँगै सहकार्य गर्ने सामाजिक संस्था हौं,’ अध्यक्ष प्रजापतिले भने,‘सरकारी अभियानलाई सघाउन तथा ग्रामीण उत्पादनहरुको बजारीकरणको सम्भावना खोज्ने उदेश्यले बैठक स्थल नै गाउँ छानिएको हो ।’ बैठकको क्रममा जनप्रतिनिधि,… पुरा पढौ

गण्डकीकै जेठो विद्यालयमा कास्कीकै अग्लो शिवपञ्चायन मन्दिर

गण्डकी प्रदेशकै पुरानो विद्यालयका रुपमा रहेको पोखराको भीमकालीपाटन बगरस्थित संस्कृत माध्यमिक विद्यालय परिसरमा कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर स्थापना गरिएको छ । काठमाडौँमा पशुपतिनाथको दर्शन गर्न नसक्नेलाई लक्षित गरी करिब रु ९० लाख लागतमा मन्दिर निर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार प्यागोडा शैलीमा निर्मित मन्दिर ४६ फिट अग्लो र पशुपतिनाथकै स्वरुपमा चारतर्फ नै ढोका राखिएको छ । यो कास्की जिल्लाकै अग्लो शिवपञ्चायन मन्दिर रहेको दाबी गरिएको छ । मन्दिरभित्र गणेश, सूर्य, देवी, शिव,… पुरा पढौ

प्रधानमन्त्री दाहाल नयाँ दिल्ली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने औपचारिक भारत भ्रमणका लागि आज भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रधानमन्त्री दाहाल मध्याह्न १३ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर आरए २१७ बाट त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री दाहाललाई विमानस्थलको अति विशिष्ट कक्षमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीगण, विशिष्ट कर्मचारी, संवैधानिक आयोगका प्रतिनिधिलगायत विशिष्ट पदाधिकारीले बिदाइ गरेका थिए । सो अवसरमा नेपाली सेनाले सम्मान अर्पण गरेको थियो । रासस पुरा पढौ

फिलिपिन्समा रेडियो पत्रकारको हत्या

फिलिपिन्समा एक जना रेडियो पत्रकारको गोली हानेर हत्या भएको छ । पचास वर्षीय क्रेसेन्सियानो बुन्डुक्विनको आज हत्या भएको हो । मध्य फिलिपिन्सको ओरिएन्टल मिन्डोरो प्रान्तको कालापान शहरमा मोटरसाइकल सवार बन्दुकधारीले ५० बुन्डुक्विनलाई उनको घरबाहिर गोली हानेर हत्या गरेका प्रहरी कर्नेल सामुएल डेलोरिनोले एएफपीलाई बताएका छन् । आक्रमणको प्रतिकार गर्दै पत्रकार बन्डुक्विनका छोराले बन्दुकधारीहरूलाई आफ्नो गाडीले ठक्कर दिएपछि आक्रमणकारीहरू मध्ये एक जनाको मृत्यु भएको छ । बाँकी आक्रमणकारी भने भाग्न सफल भएका छन् । उनीहरूको खोजी जारी रहेको कर्नेल डेलोरिनोले बताएका… पुरा पढौ

पोखरामा पाटा अवार्डबाट विभिन्न व्यक्ति सम्मानित

पोखरा । पोखरामा जारी एसिया प्रशान्त क्षेत्रका ट्राभल सङ्घ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ ९पाटा० को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्ट —२०२३ को अवसरमा विभिन्न व्यक्तिलाई सम्मानित गरिएको छ । कार्यक्रममा पाटा इन्टरनेशनलका अध्यक्ष पिटर साइमोनले नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा। धनन्जय रेग्मी लगायतलाई स्पेशल अवार्डबाट सम्मान गरेका हुन् । कोभिड १९ को महामारीको तथा आर्थिक मन्दिका अवस्थामा नेपालको पर्यटन क्षेत्र चलायमान बनाउन तथा समग्र पर्यटन प्रर्वद्धनका लागि डा। रेग्मीले उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै पाटा इन्टरनेशनले… पुरा पढौ