समाचार

पोखराको पृथ्वीचोकमा भ्रष्टाचारविरोधी गर्जन

‘हिँड्नै पर्छ माथि र तलचिन्नै पर्छ सुन हो कि पित्तलखेद्नुपर्छ भ्रष्टलाई पाल्नेलाईदेशको इज्जत स्वाभिमान फाल्नेलाई...’ मङ्गलबार पोखराको पृथ्वीचोकमा यसरी सुनिए, सर्जक नारायण बाँस्तोला । पशुपतिको जलहरीमा जडित धातुबारे संसद्सम्मै उठेको विवाद निरुपण हुनुपर्ने आशयको रचनासहित उनले आफूलाई प्रस्तुत गरे । गीतिलयमा भ्रष्टाचारविरोधी सिर्जना सुनाउनुभएका उनले अघि थपे- ‘हाँकौ अब बनेर एकैमनभ्रष्टाचारविरोधी आन्दोलनमेचीकाली उर्लेर आइदेऊभ्रष्टाचारी सबैलाई बगाइदेऊ...’ जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य बाँस्तालासहितका सर्जक र राजनीतिकर्मीले एकै मञ्चमा भ्रष्टाचारविरुद्ध आफूलाई उभ्याए । कास्कीस्थित नेकपा (एकीकृत समाजवादी)(को मोर्चा सङ्गठनले सुरु गरको भ्रष्टाचारविरुद्धको आन्दोलनमा… पुरा पढौ

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्व हिन्दु युवा संघको ज्ञापनपत्र

जेठ १६ पोखरा । विश्व हिन्दु युवा संघले गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट विनियोजन गरिदिन अनुरोध सहित ज्ञापनपत्र बुझाएका छन् । गुरुकुल तथा गौशाला निर्माणका लागि बजेट बिनियोजन सम्बन्धमा आज विश्व हिन्दु युवा संघले ५ बुँदे ज्ञापन पत्र बुझाँएको हो । विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहको नेतृत्वको टोलीले नेपालको सभ्यता, संस्कृति र सनातन धर्म तथा सम्पदा संरक्षण गरी विश्व शान्तिको नेतृत्वदायी भूमिका निर्वाह गर्ने राष्ट्रको रुपमा नेपाललाई अगाडी बढाउन आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेटमा हिन्दु… पुरा पढौ

सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी

काठमाण्डौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजको खेलमा जावलाखेल युथ क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा जावलाखेलले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोल अन्तरले पराजित ग¥यो । जावलाखेलको जितमा एनकोटो मासोबीले दुई गोल गरे । उनले खेलको ५५ औँ मिनेटमा गोल गर्दै जाउलाखेललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ७८ औँ मिनेटमा मोसाबीले व्यक्तिगत दोस्रो गोल गर्दै जावलाखेललाई २–० को जित दिलाए । जावलाखेल २३ खेलमा ३७ अङ्क जोड्दै अङ्क तालिकाको दोस्रो… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रमण द्विपक्षीय हित र चासोमा केन्द्रित रहन्छ : परराष्ट्रमन्त्री

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बुधबारदेखि सुरु हुन लागेको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोका बारेमा महत्त्वपूर्ण छलफल हुने भएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री एनपी साउदले द्विपक्षीय हित र चासोका बारेमा प्रधानमन्त्रीस्तरमा छलफल हुने जानकारी दिए । उनले भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटनलगायत कार्यसूची तय भए पनि थप केही विषयमा छलफल जारी रहेको बताए । परराष्ट्रमन्त्री साउदले नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानीको प्रवर्द्धन गर्ने,… पुरा पढौ

प्रधानमन्त्रीको भारत भ्रणममा राष्ट्र हितको मुद्दामा छलफल हुनुपर्छ : उपमहासचिव गुरुङ

चितवन । नेकपा (एमाले)का उपमहासचिव पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा राष्ट्र हितका मुद्दामा छलफल हुनुपर्ने बताएका छन् । प्रेस चौतारी नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालका मिचिएका भूमि फिर्ता गर्ने र नेपालको हित हुने विषयमा छलफल हुन जरुरी रहेको बताए । उनले भने, “विद्युत् बिक्रीको विषयमा छलफल भनिएको छ, भ्रमणका क्रममा राष्ट्र हितका विषयमा छलफल हुनुपर्छ ।” उनले पछिल्लो परिवर्तनमाथि खतरा हुने गरी राजतन्त्रका अवशेष सल्वलाउन थालेको बताए । उनले भने, “अहिलेको… पुरा पढौ

पोखरा आउँदै गरेको बस मुग्लिनमा दुर्घटना, ३२ घाइते

पोखरा । काठमाण्डौंबाट पोखरातर्फ आउँदै गरेको बस दुर्घटना हुँदा ३२ जना घाइते भएका छन् । मंगलबार काठमाण्डौंबाट पोखराका लागि छुटेको ग १ ख ७७०१ नम्बरको बस पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–५ मुग्लिनमा बस अपरान्ह ४ बजे दुर्घटना भएको हो । सो दुर्घटनामा ३२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । सामान्य घाइतेको मुग्लिन हाइवे हस्पिटलमा उपचार भइरहेको छ भने अन्य घाइतेलाई थप उपचारका लागि भरतपुर… पुरा पढौ

पोखरामा भोलिबाट खेल पत्रकारिता तालिम, तयारी पुरा

जेठ १६ पोखरा । बुधबारबाट पोखरामा खेल पत्रकारिता सम्बन्धी तालिम हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने तीन दिने तालिमको सम्पूर्ण तयारी पुरा भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर आयोजना गरिएको तालिम जेठ १९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा मञ्चमा आवद्ध सदस्यको अलावा गण्डकी प्रदेशमा रहेर खेलकुदको बिटमा अगाडि बढ्न इच्छुक केही पत्रकारको समेत सहभागिता रहने मञ्चका अध्यक्ष दीननाथ बरालले बताए ।प्रदेश खेलकुद परिषद गण्डकी विशेष सहयोगमा आयोजना गर्न लागेको तालिमको प्रमुख प्रशिक्षकमा… पुरा पढौ

सौन्दर्यकर्मी चिनु गुरुङ नेपाल सरकारको उत्कृष्ट महिला उद्यमीवाट सम्मानित

पोखरा । वरिष्ठ सौन्दर्य व्यवसायी चिनु गुरुङलाई गण्डकी प्रदेशवाट महिला उद्यमशितलामा अतुलनिय योगदान पु¥याएको भन्दै नेपाल सरकारले सम्मान गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘पाचौँ राष्ट्रिय महिला अधिकार दिवस’को अवसरमा गण्डकी प्रदेशबाट सौन्दर्य व्यवसायी चिनु गुरुङ पुरस्कृत भएकी हुन् । उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत सम्मान गरिएको हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सातै प्रदेशका अगुवा महिला उद्यमीलाई काठ्माण्डौमा पुरस्कृत गरेको थियो । रोजगारी सृजना, स्वरोजगार अभियान्ता, महिला उद्यमशिलता र आर्थिक समृद्धिमा अतुलनिय योगदान… पुरा पढौ

व्यवसायी महिलाको क्षमता अभिवृद्धि अभियानमा टेवान

जेठ १६ पोखरा । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले महिला पर्यटन व्यवसायीको क्षमता अभिवृद्धि अभियानअन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको छ । सोहीक्रममा टेवानले जेठ १२ देखि १५ सम्म पर्यटन व्यवसायमा क्षमता अभिवृद्धि तथा कानुनी सचेतनात्मक कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । तालिममा अधिवक्ता तारा शर्माले कार्यस्थलमा हुने हिंसा, महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र त्यस सम्बन्धी कानुन उपचारको पाटोबारे सहभागीलाई प्रशिक्षित गराइन् । अधिवक्ता इश्वरी पौडेलले व्यवसाय गर्ने क्रममा आइपर्ने कानुनी जटिलता र समाधानका उपायकाबारेमा प्रशिक्षण दिइन् । पत्रकार… पुरा पढौ

महिला मन्त्रालयद्वारा हिमाल आरोही बुढामगरलाई सम्मान

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेका हरिबहादुर बुढा मगरलाई सम्मान गरेको छ । मन्त्रालयले आज शारीरिक अपाङ्गता भएका कारण हुने कार्यगत सीमितता र विभिन्न प्रतिकूलताका बाबजुद मगरले गरेको तीव्र अठोट उच्च आत्मविश्वास र अद्भुत साहसलाई विश्वसामु चिनाउन पु्याएको योगदानस्वरुप सम्मान गरेको हो । सम्मान कार्यक्रममा मन्त्री आचार्यले अपाङ्गता भएका व्यक्तिले पनि मुलुकलाई विश्वसामु चिनाउ सक्छन् भन्ने सकारात्मक सन्देश मगरले दिएको बताए। “आत्मविश्वास, त्यो साहसकै कारणले आज अपाङ्गता भएका व्यक्तिले… पुरा पढौ