समाचार

घर बनाइ सक्दासमेत बाग्लुङका बाढी पिडितले राहत रकम

बाग्लुङ । बाढीपहिराले घर बगाएको बागलुङको ढोरपाटन नगरपालिकाका ८२ पीडितले सरकारबाट घर बनाउन पाउनुपर्ने अनुदानको दोस्रो किस्ताको राहत रकम अझै पाउन सकेका छैनन् । विसं २०७७ भदौ १७ गते भुजीखोलामा आएको बाढीपहिरोका कारण पीडित बनेकाहरुले घर बनाउनका लागि प्राप्त गर्ने राहत रकम घर बनाइसक्दासमेत पाउन नसकेका हुन् । घर निर्माणपश्चात् ८२ बाढीपीडितले रु चार लाखका दरले पाउनुपर्ने रकममध्ये रु ५० हजारका दरले मात्रै पाएका छन् । घर निर्माण गरिसकेका बाढीपीडितले पाउनुपर्ने दोस्रो किस्ता सात महिनादेखि पाउन सकेका छैनन । ढोरपाटन… पुरा पढौ

सोमिलिया, इथियोपिया र केन्याका सत्तरी लाख बालबालिका कुपोषणको शिकार

एजेन्सी । अफ्रिकी मुलुक सोमालिया, इथियोपिया र केन्याका पाँच वर्षमुनिका ७० लाख बालबालिका कुपोषणको शिकार भएका राष्ट्रसङ्घीय बालकोषले जनाएको छ । ती तीन देशका बालबालिका भोकमरी, विस्थापन, शुद्ध पेयजलको अभाव र असुरक्षाको अकल्पनीय समस्या झेल्न बाध्य भएका छन् । उक्त विश्व स्वास्थ्य संस्थाले पाँच वर्षमुनिका ७० लाखभन्दा बढी बालबालिका कुपोषणको शिकार भएका बताउँदै तत्काल पोषण सहायता उपलव्ध नभए थप १९ लाख बालबालिका कुपोषणको जोखिममा पर्ने चेतावनी दिएको छ । अघिल्ला तीन वर्षमा लगातार परेको खडेरीका कारण ती मुलुकका समुदायले ठूलो… पुरा पढौ

तमकुमारी रोकामगरलाई ओम शान्तिद्वारा आर्थिक सहयोग

जेठ ९ पोखरा । उपचार खर्चको अभावमा गण्डकी मेडिकल कलेजको सर्जिकल वाडमा छटपटाइरहेकी तमकुमारीलाई पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्र पोखराले १५ हजार नगद सहयोग स्वरूप हस्तान्तरण गरेको छ । तमकुमारीका पति विकल रोकामगरलाई ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय ओम शान्तिको संरक्षित संस्था पोखरा आध्यात्मिक तथा सिप विकास केन्द्रका अध्यक्ष ब्रह्मकुमार मनिराज पोखरेलले अस्पतालमा पुगेर उक्त रकम हस्तान्तरण गरेका हुन् । पोखरेलले रकम अभावका कारण उपचारमा कठिनाइ आएको समाचार अखबारमा पढेपछि मानवता अझै मरेको छैन् मानवीय सहयोग गरौं भन्ने ध्ययले आएको बताए… पुरा पढौ

मुवाँथाई समर क्याम्प : शैद्धान्तिक प्रशिक्षण सकियो, शनिबार दिक्षान्त सहित समापनको तयारी

पोखरा । पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागिहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । विभिन्न विद्यालयका १ सय जना… पुरा पढौ

राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित

सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकले सांसद तुलसाकुमारी दाहाल, बिमला घिमिरे र डा बिमला राई पौड्यालले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । त्यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथि सांसदले राखेको जिज्ञासाको जवाफ दिएका थिए । राष्ट्रियसभाको अर्को बैठक यही जेठ १४ गते दिउँसो १३ः१ बजे बस्नेछ । रासस पुरा पढौ

कागेश्वरी–मनोहराको फुटवल टोली मुक्तिनाथ हुँदै पोखरामा

जेठ ९ पोखरा । काठमाण्डौंको कागेश्वरी मनोहरा नगरपालिकाको फुटवल टोलीले मुक्तिनाथ मन्दिर हुँदै पोखरा रंगशालाको अध्ययन अवलोकन गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष सुरज खड्का सहितको फुटबल टोलीले मुस्ताङको मुत्तिनाथ मन्दिर र पोखरा रंगशालाको अध्ययन अवलोकन गरेको वडा सदस्य महेश्वर श्रेष्ठले बताए । केही समयअघि कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको अन्तर वडा फुटवल प्रतियोगिताबाट छनौट भएका १६ जना खेलाडी सहित १९ जना टोलीमा सहभागि छन् । टोलीले पोखरा रंगशालाको १… पुरा पढौ

नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से परिसूचक ५१ दशमलब ३१ अङ्कले उकालो लागेर एक हजार नौ सय ४२ दशमलब ६३ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक आठ दशमलब ८५ अङ्कले उकालो लागेर तीन सय ६७ दशमलब ७४ मा पुगेको छ । कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै वृद्धि भएकाले आज बजारमा हरियाली छाएको हो । कूल ६० लाख ६७ हजार… पुरा पढौ

प्रधानमन्त्री नआउने भएपछि पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थगित

पोखरा, जेठ ९ पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरुको भेला स्थागित भएको छ । संघीयताको प्रभावकारी कार्यान्वयन गरी प्रदेशलाई बलियो बनाउनका लागि प्रधानमन्त्रीलाई दवाब दिने उद्देश्यले यहि जेठ १० गते बुधबारदेखि आयोजना हुने भनिएको अन्तर प्रदेश मुख्यमन्त्री बैठक अन्तिम समयमा आएर स्थगित भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको सचिवालयले मंगलबार एक प्रेस विज्ञप्ती जारी गर्दै अन्तर प्रदेश मुख्यमन्त्री बैठक स्थगित भएको जनाएको छ । बैठक अचानक किन स्थगित गरियो भन्नेबारेमा भने विज्ञप्तीमा केहिपनि खुलाइएको छैन । मुख्यमन्त्रीका प्रेस संयोजक नरहरी… पुरा पढौ

फेरिएको बागलुङको कुश्मिसेरा बजार

एक दशक अगाडिसम्म दक्षिण बागलुङको कुश्मिेरा बजारमा स–साना ढुङ्गा, माटो र काठले बनेका घर थिए । बजारका एक÷दुई ठाउँमा मात्रै सिमेन्टका पक्की भवन रहेकामा अहिले बजारको चारैतिर कंक्रिटका ठूला–ठूला भवन ठडिएका छन् । कतिपय ठाउँमा धमाधम भवन निर्माण भइरहेका छन् । पहिलेको गाउँ कुश्मिसेरा अहिले बजारमा रुपान्तरण भएको छ । सडक सञ्जालको विस्तारसँगै यहाँ ठूलो परिवर्तन आएको छ । कुश्मिसेरा दक्षिण बागलुङको ठूलो व्यापारिक केन्द्र हो । एक दशक अगाडिसम्म कुश्मिसेरा बजारका व्यापारीलाई व्यापार गर्न भ्याइनभ्याइ हुन्थ्यो । जब गाउँ–गाउँमा… पुरा पढौ

फेवातालको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीको माग

फेवातालको आसपासको सिमसार जोगाउन वातावरण संरक्षणका लागि महाअभियान कास्कीले माग गरेको छ । संस्थाका संस्थापक संयोजक रामबहादुर पौडेल र नागरिक समाज कास्कीका तर्फबाट संयोजक नरेन्द्रमान लालचनले यस सम्बन्धमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष फेवातालको माथिल्लो तटीय क्षेत्रमा सिमसार क्षेत्र पुर्ने गतिविधि रोक्न ज्ञापनपत्र बुझाएका हुन्। तलमाथिको क्षेत्र पोखरा वडा १८, २२, २३ र २४ (सेदी, चङ्खपुर, पामे)का प्राकृतिक सम्पदाका रुपमा रहीआएका हरियाली डाँडा खारेर सिमसार क्षेत्र पुर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यसमा सङ्लग्नलाई कारबाहीको मागसहित ज्ञापनपत्र बुझाइएको संयोजक रामबहादुर… पुरा पढौ