समाचार

पोखरामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते

पोखरामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । आज विहान भएको दुर्घटनामा घाइते मोटरसाइकलमा सवार काठमाडौँ कपनका १८ वर्षीय सफल खतिवडाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पु बस्ने १७ वर्षीय सङ्गम बानियाँको टाउको र घाँटीमा चोट लागेको छ । पोखरा महानगरपालिका–६ खहरेचोकस्थित हल्लनचोकबाट गैह्राकोचौतारातर्फ जाँदै गरेको ग२४प ३१० नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकको छेउमा रहेको बिजुलीको पोलमा ठोक्किएको थियो । वडा प्रहरी… पुरा पढौ

साहित्यकार परिश्रमीलाई पुरस्कार, अक्षयकोषमा झलकपाणि तिवारीद्वारा १ लाख सहयोग

पोखरा । साहित्यकार नारायण परिश्रमीलाई यस वर्षको गण्डकी वाङ्मय पुरस्कारबाट सम्मान गरिएको छ । गण्डकी साहित्य संगमका अध्यक्ष भीम रानाभाट लगायतले परिश्रमीलाई नगद २० हजार नगद र सम्मानपत्रसहित सम्मान गरेका हुन् । ९४ औं गोकुल जयन्तीको सन्दर्भमा सोमबार भएको कार्यक्रममा उनलाई सम्मान गरिएको हो । साहित्यकार नुमराज बरालले गोकुल जोशीको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारे । उनले जोशीले जनताका वास्तविक समस्यालाई सिर्जनाको माध्यमबाट अभिव्यक्त गरेको जनाए ।पुरस्कृत व्यक्तित्व परिश्रमीले जनस्तरबाट दिइने यस खालको पुरस्कारले सर्जकलाई नयाँ ऊर्जा र चुनौती दुवै… पुरा पढौ

अरण्यज्योति कप टी–२० को उपाधी पेलिकेण्ट्स तनहुँलाई

जेठ ८ पोखरा । अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा सम्पन्न लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० को उपाधी पेलिक्याण्टस् क्रिकेट क्लव, तनहुँले जितेको छ । सोमबार पोखरा रंगशालामा भएको फाइनल खेलमा आयोजक अरण्यज्योतीलाई ६९ रनले पराजित गर्र्दै तनहुँले उपाधी आफ्नों पोल्टामा पारेको हो । खेलमा पहिला व्याटिङ गरेको तनहुँले पुरा २० ओभरमा ४ विकेट गुमाएर १ सय ८८ रनको विशाल योगफल तयार पा¥यो । तनहुँको पारीमा प्रतिक श्रेष्ठले ५८, इशान पाण्डेले ४० तथा इश्वर क्षेत्रीले ३८ रनको योगदान दिए । अरण्यज्योतीका… पुरा पढौ

यस वर्षको वसन्त ऋतृमा पाँच सयले चढे सगरमाथा

काठमाण्डौं । यस वर्षको वसन्त ऋतुमा करिब पाँच सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी पाँच सयले सगरमाथा आरोहण गरेका हुन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले आजसम्म करिब पाँच सयले सगरमाथा आरोहण गरेको बताए । “वसन्त ऋतुको सगरमाथा आरोहणमा चार सय ७८ ले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब पाँच सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् । यसमा आरोही तथा शेर्पा गाइड पनि छन्”,… पुरा पढौ

पहिराले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएर दुईतर्फी यातायात सञ्चालनमा आएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुक्खा पहिरो खसेर अवरुद्ध भएको सडक ४ः५५ बजे सञ्चालनमा आएको हो । पुरा पढौ

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीको शपथ

दाङ । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले आज प्रदेश प्रमुखसमक्ष शपथ लिएका छन् । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १७२ बमोजिम प्रदेश प्रमुख कार्यालयमा आज आयोजित शपथ ग्रहण समारोहमा पद तथा गोपनीयताको शपथ गराए । आज शपथ लिएका मन्त्रीहरुमा नेपाली कांग्रेसका राजुप्रसाद खनाललाई स्वास्थ्य, जनमत पार्टीका चन्द्रकेश गुप्तालाई सामाजिक विकास र जनता समाजवादी पार्टीका भण्डारी लाल अहिरलाई कृषि तथा भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी तोकिएको छ । गत वैशाख १५ गते नियुक्त हुनुभएका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो नेतृत्वको सरकारमा… पुरा पढौ

लोककल्याणकारी विज्ञापन रोक्न निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालको ध्यानाकर्षण

जेठ ८ पोखरा। विज्ञापन बोर्ड नेपालले पत्रपत्रिकाहरुलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन जेठ १५ देखि रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । बोर्डको उक्त निर्णयले पत्रपत्रिकाको नियमित प्रकाशन तथा पत्रकारहरुको रोजगारमा समेत प्रत्यक्ष असर पर्ने भन्दै लोककल्याणकारी विज्ञापन प्रकाशनलाई निरन्तरता दिनुपर्ने माग गरेको छ । संघका तर्फबाट केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले सोमबार विज्ञप्ति जारी गर्दै कोरोना महामारी र हालको आर्थिक मन्दीका कारण अप्ठेरोमा परेको सञ्चारजगतलाई अनुदान कटौतीले अझै आहत पुग्ने भन्दै सरकारलाई यसतर्फ छिटो ध्यान… पुरा पढौ

हाइकिङको लागि पुर्व तयारी अवलोकन भ्रमण

जेठ ८ पोखरा । हाइकिङलाई अझै व्यवस्थित वनाउन हाइकर्स क्लब नेपालका सदस्यहरु पुर्व तयारीको लागि तनहुँको दगाम सामुदायिक होमस्टेमा गएका छन् । स्वास्थ्य र पर्यटनको लागि हाइकिङ मुल नाराका साथ विगत ४ वर्षदेखि हरेक महिनाको अन्तिम शनिबार हाइकिङ (छोटो पदयात्रा) कार्यक्रमको संयोजन गर्दै आएका हाइकर्स क्लब नेपालका संयोजक कृष्ण रानाभाटको नेतृत्वमा जेठ महिनाको पहिलो शनिबार दगाम पुगेको हो । समुहमा क्लबका सदस्य एवं आइटि संयोजक पितम सेन ठकुरी, पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष याम… पुरा पढौ

प्रेस युनियन कास्कीको अध्यक्षमा मिश्र

जेठ ८ पोखरा । नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा बासुदेव मिश्र सर्वसम्मत चयन भएका छन् । युनियनको पोखरामा आइतबारबाट शुरु भएको १० औं अधिवेशनले मिश्रको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको होे । समितिको उपाध्यक्षमा : उपाध्यक्ष खुल्लामा विजय लम्साल, उपाध्यक्ष महिलामा ज्योति हमाल, सचिवमा धनबहादुर गुरुङ (सुमन), सहसचिवमा सपना अधिकारी, कोषाध्यक्षमा निराजन अधिकारी, चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा सञ्जय आचार्य, अजय क्षेत्री, विवेक ढुंगाना, रोवर्ट घिमिरे, शिवप्रसाद न्यौपाने, अभिनन्दन बजिमय, चेतबहादुर थापा (प्रविण), प्रतिभा सापकोटा, देविका… पुरा पढौ

व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री दाहाल

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवसायीको व्यावसायिक अधिकार स्थापित गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल सुनचाँदी व्यावसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले निर्वाधरुपमा पेसा व्यवसाय गर्न आग्रह गर्दै व्यवसाय सञ्चालनका क्रममा कुनै समस्या उत्पन्न भएमा त्यसलाई समाधान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । उनले व्यवसायीको हितका लागि सरकारले सबै प्रकारका सहयोग गर्ने र सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र गरिरहेको बताए । भेटका क्रममा महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले मागअनुसार कच्चा… पुरा पढौ