समाचार

राष्ट्रपति पौड्यालद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत जारी

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौड्यालले सार्वजनिक गर्ने क्रम जारी छ । संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुदै छ । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक सुरु भएको हो । सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि राष्ट्राध्यक्षमार्फत नीति तथा कार्यक्रम सार्वजनिक हुने गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार १० दलको संयुक्त बैठक बोलाएर नीति कार्यक्रममा समेट्नुपर्ने विषयबारे… पुरा पढौ

पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने

पोखरा । पोखरामा खुल्ला कायाकिङ प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल र्‍याफटिङ तथा क्यानोइङ संघको समन्वयमा उक्त प्रतियोगिता यहि जेठ १२ गते आयोजना हुने भएको हो । प्रतियोगिता बारे जानकारी दिंदै प्रदेश खेलकुदका सदस्य तथा सहाशिक खेलकुदका संयोजक बसन्तराज दवाडीले प्रतियोगितामा करिव ३० जनाको सहभागिता हुने अपेक्षा रहेको बताए । ‘वाटर स्पोर्टस’को बिकास संगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै संयोजक दवाडीले प्रतियोगिता पोखरा २५ हेमजा र १९ स्थित सेती र मर्दीको दोभानबाट सुरु… पुरा पढौ

लायन्स सेन्ट्रल गार्डनद्धारा कम्प्युटर र नेतृत्व विकास तालिम

पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसएलसी दिएका भाइबहिनीलाई कम्प्युटर र नेतृत्व विकास तालिम शुरु गरेको छ । विद्यार्थी भाइबहिनीका लागि व्यवहारिक जीवनमा अति उपयोगी ९० घण्टे आधारभूत कम्प्युटर र तीन हप्ते उद्घोषण, भाषण तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको हो । तालिममा २१ जना विद्यार्थी भाइबहिनी सहभागी रहेका छन् । तालिमको शुक्रवार अनुगमन गर्दै क्लबका संस्थापक अध्यक्ष हरि भाटले सन् २०१७ देखि क्लबले पढाऊ अभियान अन्तर्गत हरेक वर्ष एस.एल.सी. दिने भाइबहिनीलाई तालिम सञ्चालन गर्दै आएको बताए ।… पुरा पढौ

बिजुलीको खम्बाबाट खसेर एकको मृत्यु,एक घाईते

अर्घाखाँची । सन्धिखर्क नगरपालिका–८ किमडाँडामा बिजुलीको खम्बाबाट खसेर एक जनाको ज्यान गएको छ । सो घटनामा एक जना घाइते भएका छन् । किमडाँडामा बिजुलीको खम्बामा तार तान्दै गरेको अवस्थामा ट्रकले एक्कासी तार तान्दा खम्बाबाट खसेर सोही स्थानका ३६ वर्षीय कृष्णबहादुर रानाको ज्यान गएको हो । अर्का किरन राना घाइते भएका छन् । उनको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब मुकुन्द रिजालले बताए । गम्भीर घाइते भएका रानाको उपचारका क्रममा जिल्ला अस्पताल सन्धिखर्कमा मृत्यु भएको हो… पुरा पढौ

असारसम्म सडक कालोपत्र नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने चेतावनी

बागलुङ । निर्माण व्यवसायीले सरसर्ती काम गरेको भए दुई वर्षअगावै बागलुङ जिल्लाको दक्षिण भेगकको मुख्य सडकका रुपमा रहेको कुश्मिसेरा–राङ्खानी सडक कालोपत्र भइसक्थ्यो । निर्माण व्यवसायीको चरम लापर्वाहीका कारण अहिले कुश्मिसेरा–नाम्दुक हुँदै राङ्खानी सडक अलपत्र परेको छ । दुई वर्ष पहिलै कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको सडकको चार वर्ष पुग्नै लागदा आधा मात्रै काम भएको छ । एक वर्षदेखि ठेकेदार सम्पर्कविहीन हुँदा अलपत्र सडकमा यात्रुलाई सास्ती भएको नारायणदत्त पाध्यायले गुनासो गरे। “अहिले बरेङमा कालोपत्र भइसक्यो तर कुश्मिसेराबाट राङ्खानीसम्म आउने सडक कालोपत्र… पुरा पढौ

कुमुदिनी होम्सद्वारा स्टेशनरी सामाग्री तथा नगद रकम हस्तान्तरण

कुमुदिनी होम्स सेकेण्डरी स्कूलमा अध्ययनरत विद्यार्थीहरुले संस्थागत सामाजिक योगदान अन्तर्गत ग्रामिण भेगमा अध्ययनरत विद्यार्थीलाई स्टेशनरी सामाग्री हस्तान्तरण गरेका छन् । पुरनचौरको लप्सिटाकुरा स्थित हिमालय प्रा.वि.का ३५ जना विद्यार्थीहरु र माछापुच्छ्रे गाँउपालिका खादरजुङ स्थित बाराही प्रा.वि. का ४४ जना बिद्यार्थीहरुलाई लाई कुमुदिनीमा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुले सहयोग गरेको बिद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले बताए । बिद्यार्थीहरुले आ-आफनो सामाजिक उत्तरदायित्वको भावना अनुसार इरेजर, पेन्सिल , कटर र नोटकपी सो विद्यालयका विद्यार्थी र प्रधानध्यापकलाई शुक्रबार आयोजित एक कार्यक्रममा कुमुदिनीका अध्यक्ष… पुरा पढौ

बलात्कार कसुरमा विकलाई साढे नौ वर्ष कैद सजाय

तनहुँ । बलात्कार गरेको कसुरमा एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले साढे नौ वर्ष कैद फैसला सुनाएको छ । तेह् वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा अदालतले बन्दीपुर गाउँपालिका–५ कल्चोकका २२ वर्षीय विनोद विकलाई सो सजाय फैसला सुनाएको हो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यकोे इजलासले उक्त फैसला गरेको हो । अदालतले पीडितलाई रु २५ हजार क्षतिपूर्ति भराउने फैसला सुनाएको अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए । पीडितलाई विकले विसं २०७७ असार २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले सोही दिन इलाका प्रहरी… पुरा पढौ

स्याङजा लगाएत अधिकाँश गाउँघरमा परम्परागत ढिकी र जाँतो लोप हुँदै

गल्याङ । स्याङजाको अधिकांश गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । स्याङजामा मात्रै होईन नेपालका अधिकाँश स्थानमा पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट लोपोन्मुख भएका हुन् । तराईबाट तयार गरिएका चामल, दाल, पीठोलगायत अन्न सहजै गाउँघरमा उपलब्ध हुन थालेपछि समेत ढिकी कुट्ने र जाँतो पिस्ने परम्परा लोप हुँदै गएको हो । बिहान सबेरै उठेर अथवा साँझ ढल्केपछि महिलाहरुको काम ढिकी र जाँतोमा धान कुट्ने, गहुँ… पुरा पढौ

आव २०८०/८१ को नीति तथा कार्यक्रम पारित

मन्त्रिपरिषदको बैठकले सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम पारित गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् । बैठक ४ बजेका लागि बोलाइएको छ । रासस पुरा पढौ

माटो परीक्षणमा कृषक अनिच्छुक

खेतबारीमा जति मिहेनत गरिएको हुन्छ त्यसको तुलनामा अन्न उत्पादन नहुँदा धेरै कृषकले वैकल्पिक बाटो रोज्न थालेको अवस्था छ । कतिपयले व्यावसायिक रूपमा भन्दा आफूलाई काम चल्ने गरेर मात्रै खेतीपाती गर्ने गरेका छन् । यो नतिजा आउनुको एक प्रमुख कारणका रूपमा माटो परीक्षण नगरीकनै खेती बाली लगाउनु रहेको कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले बताए । कृषकलाई व्यावसायिक रूपमा कृषिमा आकर्षण गरी थोरै माटोको अवस्था अनुसारको खेती गर्न भन्दै गण्डकी प्रदेश सरकारले २०७८ सालदेखि प्रदेशका हरेक कृषि… पुरा पढौ