समाचार

कृषि उत्पादन वृद्धि प्रदेशको प्राथमिकता : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषि उत्पादनको वृद्धिलाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताएका छन् । बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रा ३६५ दिन, सम्मान तथा चियापान’ कार्यक्रमलाई सम्बोधन गर्दै आज बागलुङमा उनले प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सामूहिक खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याइने बताए । “अहिले भर्खरै हामिले उद्योग चलाउँछौंँ, रोजगारी सिर्जना गर्छौं भनेर सम्भव छैन्, हाम्रो जमिनको उपयोग र कृषिको उत्पादनबाट हामीले समृद्धिको सुरुआत गर्नुपर्ने छ”, उनले भने, “हामीले स्पष्ट नीति नबाएर सहकारी वा समूहमार्फत… पुरा पढौ

पोखरा ११ मा क्षमता अभिबृद्दि तालिम सम्पन्न, २५ महिला सहभागि

पोखरा महानगरपालिका वडा नम्बर ११ ले सामाजिक क्षेत्रमा क्रियाशिल महिला तथा महिला स्वास्थ्य स्वयंसेविकाहरुको नेतृत्व र भाषण कला बिकासकालागि आयोजना गरेको क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखाको सहयोग र पोखरा ११ को आयोजना तथा संयोजनमा जेठ ४ र ५ गते २ दिन तालिम दिइएको थियो ।तालिममा कसरी प्रभाबकारी ढंगले बोल्ने (भाषण कला) , कसरी कार्यक्रम संचालन (उद्घोषण) गर्ने , नेतृत्व बिकास, समूह निर्माण र सहकार्य , बैठक संचालन सम्बन्धि विषयमा प्रशिक्षण दिइएको वडा सदस्य तथा… पुरा पढौ

नीति तथा कार्यक्रम : ‘सरकारले पर्यटनलाई महत्व दिएको छ’ – व्यवसायी

जेठ ५ काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा… पुरा पढौ

सरकारको नीति तथा कार्यक्रमप्रति नेताहरूको मिश्रित प्रतिक्रिया , कस्को कस्तो धारणा ?

जेठ ५ काठमाण्डौं । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले कर्मकाण्डी दस्तावेज भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा एमाले अध्यक्ष केपी शर्मा ओलीले सो प्रतिक्रिया दिएका हुन् । एमाले सचिव योगेश भट्टराईले नीति तथा कार्यक्रममा अहिले भोगिरहेका समस्याको समाधान गर्ने ठोस उपाय र प्रस्तावहरू नरहेको बताए । “कार्यक्रममा आर्थिक, सामाजिक चुनौती सम्बोधन गर्ने, सुशासन, भ्रष्टाचारलाई सम्बोधन गर्ने ठोस र प्रभावकारी कुरा छैनन्”, उनले भने । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र… पुरा पढौ

नीति तथा कार्यक्रम : हिमालको पानी बिक्रीदेखि रुग्ण उद्योग सञ्चालन गर्नेसम्म

जेठ ५ काठमाण्डौं । सरकारले स्वदेशी वस्तुको उत्पादन र उपभोग वृद्धि गर्ने एवं अर्थतन्त्रको विकास र विस्तार गर्ने लक्ष्यका साथ ‘मेक इन नेपाल’ र ‘मेड इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ सहयोग गर्ने भएको छ । निजी क्षेत्रले अगाडि बढाएका यी अवधारणलाई सरकारले स्वामित्व लिँदै प्रमुख प्राथमिकतामा राखेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्योग, वाणिज्य र कम्पनी प्रशासनलाई सक्षम र सुदृढ बनाउनुका साथै विद्यमान नीतिगत, कानूनी तथा प्रक्रियागत… पुरा पढौ

नीति तथा कार्यक्रम : दुई सिफ्टमा काम, दुई वर्षभित्र सबै पालिकामा राष्ट्रिय सडक

जेठ ५ काठमाण्डौं । पूर्वाधार निर्माणका क्षेत्रमा केही महत्वाकांक्षी लक्ष्यसहित सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । सरकारको वार्षिक नीति तथा कार्यक्रममा विकास निर्माणका काम रातमा हुनेगरी दुई सिफ्टमा गरिने उल्लेख छ । “पूर्वाधार निर्माणमा दुई सिफ्टमा काम हुने व्यवस्था मिलाइनेछ । आगामी वर्ष हुम्ला जिल्ला सदरमुकामलाई राष्ट्रिय सडक सञ्जालमा जोडिनेछ । महाकाली, कर्णाली लगायतका करिडोरको निर्माणलाई प्राथमिकतामा राखिनेछ”, नीति तथा कार्यक्रममा भनिएको छ, “निर्माणाधीन काठमाडौँ–तराई मधेस द्रूतमार्ग सडक आयोजनाको निर्माण कार्य विसं २०८३ भित्र सम्पन्न… पुरा पढौ

नीति तथा कार्यक्रम : अर्थतन्त्रको सुधारदेखि भ्रष्टाचार नियन्त्रणसम्म

जेठ ५ काठमाण्डौँ । अर्थतन्त्रको सुधार, भ्रष्टाचार नियन्त्रण एवं उत्पादन वृद्धि गर्ने लक्ष्यसहित सरकारले कूल एक सय ८८ बुँदामा समेटिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेकोे नीति तथा कार्यक्रममा संविधान र सङ्‍घीयताको प्रभावकारी कार्यान्वयन, अर्थतन्त्रको संरचनात्मक सुधार, सार्वजनिक खर्चमा मितव्ययिता, पूँजीगत खर्च वृद्धि, गुणस्तरीय पूर्वाधार निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा भनिएको छ, “राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वतन्त्रता तथा स्वाधीनता एवं रा‍ष्ट्रिय हितको… पुरा पढौ

पोखराको परिचय एड्भर्टाइजिङ स्थापनाको १३ औं वर्षमा प्रवेश

पोखरा। विज्ञापन लगानी हो खर्च होइन भन्ने उद्घोषका साथ वि.सं. २०६७ जेठ ५ गतेबाट सेवा आरम्भ गरेको परिचय एड्भर्टाइजिङ १३ औं बर्षमा प्रवेश गरेको छ। परिचयले डिजाइन, छपाई, इभेन्ट म्यानेजम्यान्ट, अनलाइन सञ्चार माध्यम, एलइडी स्क्रिनबोर्ड, होर्डिङबोर्ड, फ्याक्ट्री स्थापना र सञ्चालन गरी ३ दर्जनभन्दा बढी व्यक्तिलाई रोजगार दिँदै आएको छ। राज्यलाई कर तिरी उद्यमशीलताको पाठशालामा रूपान्तरित भएको छौं । परिचयले आफ्नो आयाम र आयातन निजी क्षेत्रबाट विस्तार गरेको जानकारी दिन पाउँदा हामी हर्षित छौं, सञ्चालक सोभित बस्यालले बताए । विज्ञापन भनेकै… पुरा पढौ

एक वर्षे प्रगति विवरण सहितको ‘अन्नपूर्ण दर्पण–१’ सार्वजनिक

जेठ ५ पोखरा । अन्नपूर्ण गाउँपालिका, कास्कीमा नयाँ नेतृत्व आएको एक वर्ष पुगेको छ । गत वर्ष वैशाख ३१ गते नेकपा एमाले उम्मेदवार रहेका विष्णुबहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी विजयी भएका थिए । जेठ ६ गते पदभार ग्रहण गरेका केसीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण शुक्रबार सार्वजनिक गरेका छन् । गाउँपालिका कार्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवर, गाउँपालिका अध्यक्ष केसी, उपाध्यक्ष अधिकारीले ‘अन्नपूर्ण दर्पण–१’ पुस्तक सार्वजनिक गरेका हुन् । एक वर्षमा १५… पुरा पढौ

सबै क्षेत्रमा सकारात्मक नतिजा देखिएका छन् : राष्ट्रपति

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले लिएका नीतिगत तथा अन्य सुधारात्मक उपायको परिणामस्वरुप सबै क्षेत्रमा सकारात्मक नतिजा देखिन थालेको बताएका छन् । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्दैै उनले सरकारले कार्यभार सम्हालेको छोटो अवधिमा प्राप्त उपलब्धि उत्साहजनक रहेको बताए । राष्ट्रपति पौडेलले भने, “अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएका छन् । अर्थतन्त्र स्वाभाविक लयमा फर्कन थालेको छ ।” उनले पछिल्लो समय राजस्व, वैदेशिक सहायता र वैदेशिक लगानीमा सकारात्मक प्रभाव परेको र विप्रेषण आप्रवाह बढेको बताए । विदेशी मुद्रा… पुरा पढौ