समाचार

मन्त्री जुग्जालीद्वारा यातायात कार्यालयमा छड्के अनुगमन

पोखरा, जेठ ३ पोखरामा सवारी चालक अनुमती पत्र (स्मार्ट लाईसेन्स) लिने परीक्षा पास गरेपनि लाईसेन्स आउन करीब एक वर्ष लाग्छ । स्मार्ट लाईसेन्सका लागि आवेदन दिएकाहरुले बायो म्याट्रिक्स, लिखित परीक्षा र ट्रायल पास गरेर राजश्व बुझाएपछि बन्ने प्रक्रियामा गएको लाईसेन्स प्रिन्टमा भएको ढिलाईले गर्दा सेवाग्राहीले समयमा लाईसेन्स नपाउने स्थिति बनेपछि गण्डकी प्रदेश सरकारको सहयोगमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र, कास्कीले परीक्षणकालीन सवारी चालक अनुमती पत्र वितरण शुरु ग¥यो । जसले गर्दा सेवाग्राहीले केहि राहतको अनुभूति त ग¥यो तर… पुरा पढौ

अल्पसङख्यका अधिकार अझै ओझेलमा परेका छन् : महिलामन्त्री आचार्य

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका अधिकार अझै ओझेलमा परेको बताए । होमोफोबिया, बाइफोबिया र ट्रान्सफोबिया विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा मितिनी नेपालद्वारा आज आयोजित कार्यक्रममा मन्त्री आचार्यले अल्पसङ्ख्यक समुदायको आन्दोलन सुरु भएको दुई दशक बित्दा पनि उनीहरूका अधिकार अझै ओझेलमा परेको बताएका हुन् । “यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्ति समाजमा विभिन्न लान्छना, भेद्भावपूर्ण व्यवहारसहित बस्नुपर्ने अवस्था छ । अल्पसङ्ख्यकका अधिकारको संरक्षण र सुनिश्चितताका निमित्त मन्त्रालय प्रतिबद्ध छ” मन्त्री आचार्यले भने । राष्ट्रिय… पुरा पढौ

एभरेष्ट म्याराथन सहभागि हुने युकेको टोलीलाई मञ्चद्वारा बिदाई

पोखरा । एभरेष्ट म्याराथन जाने युकेको टोलीलाई नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले बिदाई गरेको छ । ७ सदस्यिय यूके निवासी नेपाली टोली अन्नपूर्ण घान्द्रुकस्थित मेश्रोम बराह मावीको सहयोगार्थ एभरेष्ट म्याराथनका लागि जान लागेको हो । यहि जेठ १५ गते आयोजना हुने एभरेष्ट म्याराथनमा सूर्य गुरुङको नेतृत्वमा तर्कजङ्ग गुरुङ, जुम प्रसाद गुरुङ, जित बहादुर गुरुङ, बुद्धिलक्ष्मी गुरुङ, फत्तबहादुर गुरुङ र सरोज लिम्बुले सहभागिता जनाउने छन् । टोलीलाई बिदाई गर्दै मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले निश्चित उद्धेश्यका साथ एभरेष्ट… पुरा पढौ

प्रजातन्त्रमाथि खतरा देखियो: प्रथम राष्ट्रपति यादव

प्रथम राष्ट्रपति डा. रामवरण यादवले प्रजातान्त्रिक विचारको जग, आदर्श र सैद्धान्तिक आधार बलियो रहेकाले यसको भविष्य सुरक्षित रहेको बताएका छन् । प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशन तथा २५औँ साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले विगतमा देशमा समस्या आउँदा गाउँगाउँ पुग्ने गरेको कांग्रेस अहिले हराउन थालेकाले प्रजातन्त्रमाथि खतरा देखिएको भनाइ राखे। गिरिजाप्रसाद कोइराला कांगे्रस सभापति हुँदा ३५ जना केन्द्रीय सदस्य भएर पनि देशभर पुग्ने कांगे्रसका नेता कार्यकर्ता एक सय ५० केन्द्रीय सदस्य भएर पनि जनतामा पुग्न नसकेकैले प्रजातनत्रमाथि खतरा आउने… पुरा पढौ

मदन–आश्रित स्मृतिमा फुटबल प्रतियोगिता सुरु

प्रथम मदन–आश्रित स्मृति नकआउट सेभेन ए साइड खुला फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट पिपुल्स भोलेन्टियर्सको आयोजना तथा युवा सङ्घ नेपालको समन्वयमा काठमाडौँको मनमैजुस्थित मैदानमा हुने प्रतियोगिता यही जेठ ८ गतेसम्म हुनेछ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतियोगिताको शुभारम्भ गर्दै नेपालको कम्युनिष्ट सिद्धान्तलाई मौलिक बनाएर त्यसलाई लोकप्रिय बनाउन जननेता मदनको योगदान अतुलनीय रहेको बताए । पार्टी उपाध्यक्ष प्रमेश हमाल, पोलिटब्यूरो सदस्य दिलु पन्तलगायतले नेपाली राजनीतिमा मदन आश्रितको आदर्श, निष्ठा र सङ्घर्ष… पुरा पढौ

‘सुडानीलाई सहयोग गर्न तीन अर्ब डलर आवश्यक’: संयुक्त राष्ट्रसङ्घ

द्वन्द्वग्रस्त सुडानमा मानवीय सहायताका कार्यक्रम सञ्चालन गर्न तीन अर्ब अमेरिकी डलरभन्दा बढी रकम आवश्यक भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ । युद्धका कारण पलायन भएका झण्डै १० लाख शरणार्थीको भरणपोषणका निम्ति पनि अतिरिक्त रकम आवश्यक भएको भन्दै उक्त विश्व संस्थाले तत्काल सहायता उपलव्ध गराउन तीन अर्ब ३० करोड डलर चाहिएको जनाएको छ । गत अप्रिल १५ मा सुडानमा रक्तपातपूर्ण द्वन्द्व शुरु भएपछि सहायताको अपेक्षा गर्नेको सङ्ख्या ह्वात्तै बढेको जनाउँदै राष्ट्रसङ्घले आफ्नो सुडान सहायता योजनामा परिमार्जन गरिएको बताएको छ । जेनेभास्थित राष्ट्रसङ्घीय… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । नेप्से परिसूचक २३ दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ४५ दशमलव ०१ अङ्कमा कायम भएको हो । आज दुई सय ६६ वटा कम्पनीको २५ लाख ७७ हजार दुई सय १० कित्ता शेयर २५ हजार छ सय ३५ पटक खरिदबिक्री हुँदा रू ८५ करोड ७६ लाख २४ हजार तीन सय १८ बराबरको कारोबार भएको छ । आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको… पुरा पढौ

मुख्यमन्त्री पाण्डेद्धारा यातायात व्यवस्था कार्यालयको अनुगमन: सेवा प्रविधिमैत्री बनाइने

तनहुँ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यातायात व्यवस्था कार्यालयको कामलाई प्रविधिमैत्री बनाइने बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित विमलनगरमा रहेको यातायात व्यवस्था कार्यालयको आज निरीक्षण गर्दै जनतालाई छिटोछरितो सेवा प्रवाहका लागि यातायातका सेवा प्रविधिमैत्री बनाइने जानकारी दिए। मुख्यमन्त्री पाण्डेले कुनै पनि बहानामा सेवा प्रभावित हुन नहुने बताउँदै छिटोछरितो सेवा दिन जनशक्ति व्यवस्थापन र प्रविधिमैत्री सेवाका लागि प्रदेश सरकारले काम अगाडि बढाएको बताए । आफूले मुख्यमन्त्रीको कार्यभार सम्हालेलगत्तै यातायात व्यवस्था कार्यालयको सेवा प्रवाहलाई प्रविधिमैत्री र छिटोछरितो बनाउन कार्यदल गठन… पुरा पढौ

गण्डकीमा सबैभन्दा बढी आर्थिक वृद्धिदरको अनुमान

यसवर्ष गण्डकी प्रदेशमा सबैभन्दा बढी र बागमती प्रदेशमा सबैभन्दा कम आर्थिक वृद्धिदर अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले मङ्गलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९÷८० को प्रादेशिक लेखाअनुमान प्रतिवेदनअनुसार गण्डकी प्रदेशमा तीन दशमलव तीन प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अनुमान गरिएको छ । त्यस्तै, लुम्बिनी प्रदेशमा दुई दशमलव एक, कोशी प्रदेशमा दुई र कर्णाली प्रदेशमा एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरिएको छ । सुदूरपश्चिम प्रदेशमा एक दशमलव आठ, मधेशमा एक दशमलव सात र बागमती प्रदेशमा एक… पुरा पढौ

तनहुँ प्रभावकारी बन्दै सुरक्षित आप्रवासन कार्यक्रम

दमौली । तनहुँको व्यास नगरपालिका–९ माँझफाँटकी आसमाया विक नौ महिना पहिला वैदेशिक रोजगारका लागि दुवई पुगे । म्यानपावर कम्पनीमार्फत दुबई गएका उनले सम्झौता अनुसारको काम र तलब पाएनन्। वैदेशिक रोजगारमा जाँदा आफू ठगिएको महसुस भएको भन्दै विकले दुई महिना अत्यन्तै पीडादायी महसुस भएको बताए । विकले भने, “यातना पनि पाएँ, धेरै रोएँ, कहिले घर जाउँ जस्तो भयो । घरपरिवारलाई यसबारेमा जानकारी गराएँ, नेपाल फर्किन्छु जस्तो लाग्न छाड्यो ।” जानेबेलामा एउटा काम भन्यो उता गएपछि त्यो काम भएन, तलब पनि एक… पुरा पढौ