समाचार

उपाध्यक्ष घर्तीमगरले निजीबाट निकालेर सरकारीमा भर्ना गरे छोराछोरी

बागलुङ। बागलुङको निसीखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । नयाँ शैक्षिकसत्र शुरुसँगै उपाध्यक्ष घर्तीमगरले ११ वर्षका छोरा ग्लजिन घर्तीमगरलाई कक्षा ६ र ५ वर्षकी छोरी यिला घर्तीमगरलाई कक्षा १ मा वडा नं. ५ स्थित ज्ञानेन्द्र माध्यमिक विद्यालयमा भर्ना गरेका हुन् । सरकारी विद्यालयप्रति अभिभावकको सकरात्मक बुझाई रहोस भन्ने हेतुले जनप्रतिनिधिको बालबच्चा पनि सरकारीमै पढाउने अभियानको थालनि आफुबाट गरेको उपाध्यक्ष घर्तीमगरले बताए । ‘निजी विद्यालयमा मासिक १० देखि १५ हजार खर्च हुँदै आएको थियो,’ उनले… पुरा पढौ

नवप्रवर्तनलाई प्राथमिकता दिने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवप्रवर्तनको क्षेत्रलाई उच्च प्राथमिकता दिएर सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज बिहान राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको टोलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्रीले विज्ञान र प्रविधिलाई महत्व दिएर मात्र विकास र समृद्धिलाई गुणात्मकता दिन सम्भव रहेकाले नवप्रवर्तनको क्षेत्रलाई सरकारले उच्च प्राथमिकता दिने बताए। भेटमा केन्द्रका अध्यक्ष पुनले ‘यात्री’ लगायत नेपालमै उत्पादित सवारीसाधनलाई सञ्चालन अनुमति प्रदान गर्न र नवप्रवर्तनको क्षेत्रमा लगानी वृद्धि गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । पुनले नेपालमा उत्पादित सवारीसाधन दर्ता… पुरा पढौ

सुडान सङ्कटः युद्धरत पक्ष युद्धविरामका लागि सहमत

सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल ९एसएएफ० र ¥यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् । सोबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताएका छन् । यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ… पुरा पढौ

बारा–२ उपनिर्वाचनः जसपा अध्यक्ष यादवको फराकिलो अग्रता

बारा । बारा क्षेत्र नं २ प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणना परिमाणअनुसार जनता समाजावदी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवले अग्रतालाई फराकिलो बनाएका छन्। जसपा अध्यक्ष यादवले १२ हजार ४ सय ७९ मतका साथ अग्रता कायम लिँदा जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ८ हजार १ सय ८१ मत ल्याएर उनलाई पछ्याउदै छन् । यस्तै नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले चार हजार ४ सय ४१ मतसहित तेस्रो स्थानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना भइरहेको जिल्ला सदरमुकाम… पुरा पढौ

रास्वपाका लामिछाने ४७ हजार ५ सय ७४ मतका साथ अगाडी

चितवन । चितवन क्षेत्र नम्बर(२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतान्तर बढाउँदै अग्रता लिएका छन्। पछिल्लो मतमरिणाम अनुसार लामिछानेले ४७ हजार ५७४ मत प्राप्त गरि अग्रता कायम गरेका छन् । साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले आठ हजार ८२३ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले आठ हजार ५७४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । यस क्षेत्रमा ७८ हजार २७७ मत… पुरा पढौ

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा वाग्ले

तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट निर्वाचित डा वाग्लेलाई प्रमाणपत्र प्रदान गरेका हुन् । आज सम्पन्न मतगणनाअनुसार डा वाग्ले ३४ हजार नौ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । सो अवसरमा नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा वाग्लेले तनहुँवासीले गर्व गर्न लायक सांसद बनेर देखाउने प्रतिबद्धता व्यक्त गरे । उनले जिल्लाको विकासका साथै देशका मुद्दा सम्बोधनका लागि… पुरा पढौ

गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र त्यसपछि आएका भूकम्पले ठूलो धनजनको क्षति भएको थियो । आज त्यही दिनको सम्झनामा विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदैछ । काठमाडौँलगायत देशका विभिन्न क्षेत्रसहित भूकम्पको केन्द्रविन्दु बारपाकमा समेत स्मृति दिवस कार्यक्रम हुँदैछन् । बारपाक सुलीकोट गाउँपालिकाको आयोजनामा भूकम्प स्मृति समारोह आयोजना हुन लागेको हो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र सहरी विकासमन्त्री… पुरा पढौ

सन्दर्भ विश्व औलो दिवस : तराईबाट पहाड र हिमाल चढ्दै औलो

‘शून्य औलो अबको थालनीस नवीनतम कार्य, कार्यान्वयनमा लगानी’ भन्ने नारासहित आज विश्व औलो दिवस नेपालमा पनि विविध जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा सन् २००८ देखि यसका सदस्य राष्ट्रले अप्रिल २५ लाई विश्व औलो दिवसका रूपमा मनाउँदै आएका छन् । नेपालले विश्व समुदायमा गरेको प्रतिबद्धताअनुसार सन् २०२५ सम्म औलो निवारण गर्ने अतिमहत्वकाङ्क्षी लक्ष्य लिएको छ । सो लक्ष्यअनुसार औलो निवारण गर्न नेपालसँग मात्र तीन वर्षको समयसीमा बाँकी छ । यसमा पनि स्थानीय औलोका बिरामी र औलोबाट… पुरा पढौ

तनहुँ–१ : रास्वपाका डा वाग्ले विजयी

तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा स्वर्णिम वाग्ले निर्वाचित भएका छन् । आज बिहान सम्पन्न मतगणनाअनुसार उनले ३४ हजार नौ सय ११ मत प्राप्त गरेएका छन् । उनको प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरे। त्यस्तै नेकपा ९एमाले०का सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेको सहायक निर्वाचन अधिृकत मीनबहादुर कुँवरले जानकारी दिए । यसैगरी राप्रपाका शोभा गुरुङले दुई सय १८, नागरिक उन्मुक्ति पार्टीका भीमबहादुर… पुरा पढौ

बेकारी तथा बारिष्टा तालिम शुरु : प्याड बनाउने तालिम सम्पन्न

वैशाख १२ पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १५ को आयोजना तथा किङ्स इन्टरनेस्नल कलेजको प्राबिधिक सहयोगमा वडा १५ का युवाहरुलाई लक्षित गर्दै निःशुल्क बेकरी तथा बारिष्टा तालिम शुरु भएको छ । वडाकै २ लाख रुपैयाँ आर्थिक सहयोगमा शुरु तालिमको उद्घाटन गर्दै वडाध्यक्ष तोरणबहादुर बानियाँले तालिमले युवाहरुलाई स्वरोजगारमुलक आय आर्जनमा मद्धत पु¥याउने विश्वास व्यक्त गरे । युवाहरुलाई उद्यमशिलतासंग जोड्दै व्यवसायिक बनाउन यस्तो तालिमको खाँचो रहने उनले बताए । १ महिने बेकरी तथा १५ दिने बरिष्टा तालिममा वडा भित्रका २५ जना… पुरा पढौ