नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले गर्न लागेको सातौँ संस्करणको पोखरा स्पोर्टस् अवार्डको तयारी अन्तिम चरणमा पुगेको छ । यही वैशाख २३ गते पोखरा सभागृह हलमा हुने कार्यक्रमका लागि गठित मूल आयोजक समितिसहित विभिन्न १३ उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए। कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद सङ्घसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड गरेर कूल सात विधामा अवार्ड प्रदान…
पुरा पढौ