समाचार

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो । त्यसैको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । राष्ट्रसङ्घको यो निर्णयसँगै आजको दिनलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरले महत्वपूर्ण दिनका रूपमा लिन्छन् । आज संसारभर प्रेस स्वतन्त्रताको महत्वका बारेमा चर्चा गरिँदै छ । वरिष्ठ पत्रकार, पत्रकारिताका प्राध्यापक र स्वतन्त्रताका पक्षपातीको सहभागितामा तयार पारिएको… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डको रौनकता बढ्दै, तयारीमा तिव्रता

पोखरा । गण्डकी प्रदेशकै गौरवको रुपमा रहेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डको तयारीमा तिव्रता दिइएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजनामा गरेको अवार्ड कार्यक्रम यहीं बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा सुरु हुनेछ । अवार्ड कार्यक्रमलाई भव्य बनाउन गठन भएका मुल आयोजक समिति सहित विभिन्न १३ वटा उपसमितिले आफ्नो तयारीलाई अन्तिम चरणमा पु¥याएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक,… पुरा पढौ

साबिककै नगरपालिका घोषणा गर्न लेखनाथवासीको माग

पोखराका लेखनाथवासीले साबिक लेखनाथ नगरपालिका नै घोषणा गर्न सरकारसँग माग गरेका छन् । पोखरा महानगरपालिकाले विकास निर्माण कार्यमा साबिक लेखनाथका वडालाई पछाडि पारेको भन्दै लेखनाथवासीले पोखरा महानगरपालिकाबाट छुट्याएर पुनः लेखनाथ नगरपालिका घोषणा गर्न माग गरेको हुन् । जागरुक नागरिक समाज पोखरा–२६ कास्कीद्वारा सोमबार लेखनाथको सुन्दरीबजारमा आयोजित साबिक लेखनाथ नगरपालिका हिजो, आज र भोलि विषयक अन्तरक्रियामा सहभागीले त्यस्तो माग गरेका हुन् । विसं २०५३ माघ १८ गते त्यस क्षेत्रका चार गाविस राखी, लेखनाथ, सिसुवा र बेगनासलाई मिलाएर लेखनाथ नगरपालिका गठन गरिएको… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कले घट्यो

आज पूँजी बजारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक चार दशमलव २७ अङ्कले घटेर एक हजार आठ सय ६६ दशमलव ४० अङ्कमा कायम भएको हो । नेप्सेका अनुसार आज दुई सय ७१ वटा कम्पनीको २३ लाख ३६ हजार छ सय २५ कित्ता शेयर २१ हजार छ सय ४९ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने ६९ करोड २२ लाख ७१ हजार सात सय ५५ मा खुम्चिएको छ । आज नेप्सका उपसूचहरुमध्ये केही रातो र केही हरियो… पुरा पढौ

वन महासंघ गण्डकीमा कालिदास

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गण्डकी प्रदेशको दोश्रो अधिवेशनले कालिदास सुवेदीको अध्यक्षतामा ४५ सदस्यीय नया कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा खगराज सापकोटा र किशोर सापकोटा,महासचिव आशु विश्वकर्मा, सचिव केशवचन्द्र न्यौपाने,उपसचिव मिना अधिकारी र कोषाध्यक्षमा लिला दवाडी एवम् ३८ जना सदस्य सर्वसम्वत निर्वाचित भएका हुन् । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय अध्यक्ष एवम् वागमती प्रदेश सभा सदस्य भारती पाठकले अधिवेशनको उद्घाटन गर्दै वन पैदावारलाई समृद्धिको अभियानमा जोडनुको विकल्प नभएको बताए । सामुदायिक वनको काठ उपयोग नहने र… पुरा पढौ

फिर्केखोला अतिक्रमण बारे छानबिन गर्न नागरिक समाजको माग

पोखरा । नागरिक समाज कास्की तथा वातावरण संरक्षणका लागि महाअभियान कास्कीले फिर्केखोला अतिक्रमण बारे छानबिन गर्न माग गरेको छ । फेवातालको जलाधारका रूपमा रहिआएको फिर्केखोला पछिल्लो समय व्यापक अतिक्रमणको चपेटामा परी दुर्गन्धित ढलमा परिणत हुँदै गएकोमा अख्तियार कार्यालय पोखराको तर्फबाट गम्भीरतापूर्वक छानबिन गर्न ध्यानाकर्षण गरेको हो । २०३२ सालको नापनक्सा अनुसार फिर्केखोलाले चर्चेको झन्डै १५० रोपनी जग्गा विभिन्न व्यक्ति, शक्तिकेन्द्र, शिक्षण संस्था, सामाजिक संस्था लगायत जातीय संघ–संस्थाबाट निर्वाधरूपमा अतिक्रमण गरी भोगचलन गरिरहेकोमा आवश्यक कारबाहीका लागि पटक–पटक लिखित ध्यानाकर्षण गराउँदा समेत… पुरा पढौ

सुडानबाट दुई सय नागरिकलाई उद्धार गर्ने रुसकाे घोषणा

रुसले युद्धग्रस्त सुडानबाट आफ्ना दुई सय नागरिकलाई उद्धार गर्ने घोषणा गरेको छ । चार वटा सैनिक विमानबाट दुई सय जना रुसी नागरिकलाई सुडानबाट फिर्ता ल्याइने रुसको सशस्त्र बलले जनाएको छ । रक्षा मन्त्रालयले आज जारी गरेको विज्ञप्तिअनुसार सुडानमा रहेका रुसी कूटनीतिक कर्मचारी, सैनिक अधिकारी, रुसी नागरिकका साथै पूर्वशोभियत सङ्घबाट छुट्टिएका नागरिक तथा उद्धारका निम्ति अनुरोध गरेका अन्य मित्रराष्ट्रका नागरिकलाई ल्याइने छ । रासस पुरा पढौ

नेपाली क्रिकेट खेलाडीलाई उचित पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीको घोषणा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगिताको विजेता टोली नेपाललाई हार्दिक बधाई ज्ञापन गरेका हुन् । प्रधानमन्त्री दाहालले खेलाडीको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रधानमन्त्री खेलाडीहरुलाई शुभकामना दिँदै भने, “एसिसी मेन्स प्रिमियर कप क्रिकेटमा विजेता नेपाली टोलीलाई हार्दिक बधाई ज्ञापन गर्दै खेलाडीहरूको योगदानप्रति उच्च सम्मानसहित सरकारका तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” प्रधानमन्त्री ‘प्रचण्ड’को निर्देशनबमोजिम उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री तथा रक्षामन्त्री… पुरा पढौ

उपचार खर्च आफैँ बेहोर्न राष्ट्रपतिको चाहना

राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा भएको खर्च स्वयम्ले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान ९एम्स० मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति स्वयमले बेहोर्न चाहेको उल्लेख छ । “राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएकोमा सुरुमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भएको थियो । उपचारका क्रममा स्वास्थ्य सुधार हुन नसकेपछि चिकित्सकको सुझावअनुसार उनको भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो… पुरा पढौ

गौतमबुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनलाई खुल्ला

लुम्बिनीमा सोमबारदेखि भगवान गौतमबुद्धको अस्थिधातु सर्वसाधारणले दर्शन गर्न पाउने गरी खुल्ला गरिएको छ । यसअघि बुद्धजयन्तीका दिन मात्र दर्शनका लागि खुल्ला गरिने बुद्धका अस्थिधातु अब सधैँ दर्शन गर्न सकिने व्यवस्था गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध समाजको आयोजनामा धर्मोदयसभा परिसरमा रहेको नवमैत्री महावीर बिहारको प्राङ्गणमा सर्वज्ञ धातु स्तूपा निर्माण गरी अस्थिधातु राखिएको छ । सर्वज्ञ धातु स्तूपा जेडरल रिम्पोछेको पूण्य स्मृतिमा राप्तेन साङ्गे लामाले निर्माण गर्नुभएको हो । सो स्तूपामा रहेको अस्थिधातु सर्वसाधारणले बिहानको ८ बजेदेखि साँझ ५ बजेसम्म दर्शन गर्न… पुरा पढौ