दशवर्षे जनयुद्धका क्रममा वेपत्ता पारिएका कास्कीका पूर्ण पौडेलको नाममा प्रतिष्ठान घोषणा भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धका क्रममा राज्यद्वारा वेपत्ता पारिएका पौडेलको नाममा पूर्ण पौडेल प्रतिष्ठान घोषणा गरिएको हो । वेपत्ता पौडेलकी आमा मोतीमाया पौडेलको संरक्षकत्वमा गठीत प्रतिष्ठानको अध्यक्षमा वेपत्ता पौडेलका दाजु केदार पौडेल रहेका छन् । त्यस्तै, उपाध्यक्षमा अर्का दाजु कमल पौडेल, सचिवमा पौडेलकी जीवन संगिनी सावित्रा दुरा र कोषाध्यक्षमा पौडेलकी बहिनी तेजकुमारी पौडेल (तेजु) रहेका छन् । प्रतिष्ठानको सदस्यहरुमा वखानसिंह गुरुङ, महेन्द्रमणी पौडेल, पूर्णजित पुन,…
पुरा पढौ