समाचार

पोखरा स्पोर्टस् अवार्ड : मझेरी रिर्सोट एण्ड स्पाको साथ

वैशाख १४ पोखरा । यही वैशाख २३ गते पोखरामा हुने सातौं संस्करणको पोखरा स्पोटर्स अवार्ड २०७९ लाई सफल पार्न मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको छ । उक्त अवार्डको हस्पिटालिटी पार्टनरको रुपमा पोखराको लेकसाईडस्थित स्ट्रिट नम्वर १७ मा अवस्थित मझेरी रिर्सोट एण्ड स्पाले साथ दिने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । बिहिबार रिर्सोटका अध्यक्ष अर्जुन खनाल र मञ्चका अध्यक्ष दीननाथ बरालबिच सो समझदारीपत्रमा हस्ताक्षर भएको छ । मञ्चले आयोजना गर्ने उक्त अवार्डले गण्डकी प्रदेशको खेल सहित… पुरा पढौ

गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रदेश प्रमुखले दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमतको सरकार गठनका लागि विहीबार अपराह्न ४ बजेसम्मको समयसीमा दिएर आह्वान गरेका थिए । पाण्डेले प्रदेश प्रमुखले दिएको समयसीमा भित्रै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थनमा दाबी पेश गरेका थिए । उनले… पुरा पढौ

एभरेस्टकर्मी श्रेष्ठ सहित ५ पत्रकार पुरस्कृत, भण्डारी र खनाल सम्मानित

वैशाख १४ पोखरा । एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ ‘प्रेस चौतारी पत्रकारिता पुरस्कार–२०७७’ द्वारा पुरस्कृत भएका छन् । बिहिबार पोखरामा प्रेस चौतरी कास्कीले एक कार्यक्रमका विच एभरेस्ट एफ एम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक तथा एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक श्रेष्ठलाई सो पुरस्कार अर्पण गरेको हो । सो अवसरमा दुई दशकदेखि पोखरामा रेडियो पत्रकारितामा क्रियाशिल श्रेष्ठसहित सो पुरस्कारद्वारा पोखराका पाँच जना अग्रज पत्रकार पुरस्कृत भएका छन् । प्रेस चौतारी कास्कीले दुई दशक बढी समयदेखि पकारिता गरिरहेका अग्रज पत्रकारहरुलाईसम्मान तथा पुरस्कार अर्पण गरेको हो… पुरा पढौ

म्याग्दीमा पनि मकै बालीमा अमेरिकी फौजी कीराको प्रकोप

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका– ५ देवीस्थानकी किसान रमिला बूढा मकै बालीमा अमेरिकन फौजी कीराको आक्रमणले सताएपछि चिन्तित भएका छन् । हरियाली बनेको मकै कीराका कारण क्षति पुगेकाले उत्पादनमा घट्ने उनको गुनासो छ । “करिब चार रोपनी जमिनमा मकै लगाइएकोमा कीरा लागेर हैरान पारेको छ, गतवर्ष पनि यस्तै समस्याले पिरोलेको थियो, अहिले पनि समस्या उस्तै छ, किसानलाई खेती गरेर जीवन धान्न विभिन्न रोग र कीराको प्रकोपले समस्या सिर्जना गर्छ”, उनले भने । जिल्लाका दरवाङ, बाबियाचौर, ताकम, बिम, देविस्थान, ज्यामरुककोट, भकिम्ली… पुरा पढौ

प्राप्त उपलब्धि रक्षामा प्रेसको भूमिका महत्वपूर्णः उपमहासचिव गुरुङ

पोखरा । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जनताको बलबाट प्राप्त उपलब्धिको रक्षाका लागि प्रेस जगतको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । प्रेस चौतारी कास्की शाखाद्वारा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधान, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रता र स्वाभिमानको रक्षामा सञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले प्राप्त उपलब्धि रक्षाका लागि मुलुकका ठूला राजनीतिक दल सङ्गठित हुनुपर्नेमा जोड दिए । उनले दर्शन र सिद्धान्त स्पष्ट नहुने पार्टीबाट विकासको अपेक्षा गर्न नसकिने बताए । प्रदेशका पूर्वमुख्यमन्त्री गुरुङले सङ्घीयताको मर्मअनुसार सरकारले काम गर्नुपर्ने… पुरा पढौ

नेपालमा उत्पादित सवारीसाधन दर्ताका लागि बाटो खुल्यो

काठमाण्डौं । यातायात व्यवस्था विभागले नेपालमा जडान वा उत्पादन भएका सवारीसाधन दर्ता गर्ने व्यवस्था गरेको छ । यातायात व्यवस्थापन कार्यविधि, निर्देशिका २०६०संशोधन गर्दै विभागले उक्त व्यवस्था गरेको हो । नेपालमा जडान वा नेपालमै उत्पादन हुने सवारी साधनको नयाँ दर्ता, सरुवा दर्ता, हेरफेर दर्ता, लिलाम दर्ता, पुनःदर्ता र नामसारीलगायत प्रयोजनका लागि त्यस्तो सवारी साधनको भन्सार प्रज्ञापन पत्र आवश्यक नपर्ने व्यवस्था गरिएकोे हो । नेपालमा उत्पादित विद्युतीय मोटरसाइकल ‘यात्री’को दर्ता र सञ्चालनमा समस्या देखिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो सवारी साधन दर्ताका… पुरा पढौ

इम्बोस्ड नम्बर : प्रदेशको नाम नेपालीमा, अन्य यथावत

काठमाण्डौं । सवारी साधनको इम्बोस्ड नम्बर प्लेटमा प्रदेशको नाम देवनागरी र अन्य नम्बर अङ्ग्रेजीमा राख्ने टुङ्गो लागेसँगै सरकारले सोहीअनुसार नम्बर प्लेट छपाइ गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । प्रदेशको नाम नेपालीमा लेख्ने गरी टुङ्गो लागेको र अन्य विषय यथावत रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर अर्जुनजङ्ग थापाले जानकारी दिए । “जुन प्रदेशको नाम लेखिएको थियो त्यो नेपालीमा हुन्छ । नम्बर प्लेटमा नेपालको झण्डा रहेको छ । त्यसले नेपालको सवारीसाधन भन्ने जनाइहाल्छ”, उनले भने । इम्बोस्ड नम्बर आपूर्ति… पुरा पढौ

कालीगण्डकी करिडोरको कामले सर्वसाधारणमा जगाएको आशा

बागलुङ । कालीगण्डकी करिडोरको मालढुङ्गा–रुद्रवेणी खण्डमा भइरहेको कालोपत्रको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो । कोरिडोर गैँडाकोट–राम्दी–मालढुङ्गा सडक आयोजना पाल्पाले मालढङ्ंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रको काम गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मकोे १४ किलोमिटर खण्डमा कालोपत्रको काम अन्तिम चरणमा छ । आगामी वर्ष यो खण्डको कालोपत्र सकिने आयोजना कार्यालय पाल्पाका प्रमुख शङ्कर पौडेलले बताए । बागलुङको मालढुगादेखि… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डलाई सहारा युकेको सहयोग

पोखरा १४ वैशाख । सहारा क्लव पोखराको भातृ संस्था सहारा युकेले पोखरा स्पोर्ट्स अवार्डलाई सहयोग गर्ने भएको छ ।७ औं पोखरा स्पोर्ट्स अवार्डलाई सहारा युकेले नगद ५० हजार सहयोग गर्ने भएको हो । सहारा युकेका अध्यक्ष ले.रि.कुशाङ गुरुङले सहारा युकेले संस्थागत रुपमा सहयोग गर्ने भएको हो । “पोखरा स्पोर्ट्स अवार्ड आफैमा गौरव गर्ने कार्यक्रम हो” अध्यक्ष गुरुङले भने–“विगत तिन वर्ष देखि हामीले निरन्तर सहयोग गर्दै आएका छौं । यो पटक समेत सहयोग गर्न पाउँदा हामीलाई खुसी लागेको छ ।” यसैगरी… पुरा पढौ

बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ

बैतडी । बालिका बलात्कारको आरोपमा बैतडीमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको पाटन नगरपालिकाका– ७० वर्षीय वृद्ध रहेका छन् । पीडित बालिका र आरोपित वृद्धको थर एउटै रहेकाले नाम सार्वजनिक नगरिएको इलाका प्रहरी कार्यालय, पाटनका प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । गत पुसमै बालिकामाथि बलात्कार भएको भए पनि आरोपित वृद्धले घटनाबारे कसैलाई भने ज्यान मार्ने धम्की दिँदै आएकाले ढिला गरी घटना बाहिरिएको हो । पीडित बालिकाकी आमाले वृद्धको नाममा जाहेरी दिएपछि उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखिएको… पुरा पढौ