समाचार

नागरिकता विधेयक अगाडि बढाउँछौँ : गृहमन्त्री श्रेष्ठ

उपप्रधानमन्त्री एवम गृहमन्त्री नारायणकाजी श्रेष्ठले निष्क्रिय रहेको नागरिकतासम्बन्धी विधेयकलाई अगाडि बढाउने बताएका छन्। प्रेस सेन्टर रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले संवैधानिक रुपमै नागरिकताको अधिकार भएकाहरुलाई नागरिकताविहीन बनाएर राख्न नमिल्ने बताएका हुन्। “मैले गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेदेखि नै भनेको छु यो देशको संविधान अनुसार नागरिकता पाउने नागरिकलाई नागरिकताविहीन बनाएर राख्न सकिन्न, नागरिकताविहीन भएको पीडा हामीले बोध गर्न सक्नुपर्छ”, उनले भने, “संविधान अनुसार नागरिकता पाउने गरी बनाइएको विधेयक अगाडि बढाउँछौँ ।” उनले नागरिकता सम्बन्धित केही विषयमा भने राष्ट्रिय… पुरा पढौ

कारबाहीको अधिकार नहुदाँ बजार अनुगमन प्रभावकारी भएन: उपप्रमुख गुरुङ

पोखरा । । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले बजार अनुगमनको संयोजक उपप्रमुख रहने ब्यवस्था भएपनि कारबाही गर्ने अधिकार नहुदाँ प्रभावकारी नभएको बताएका छन् । पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाले मंगलबार आयोजना गरेको उपभोक्ता हित सचेतना सम्वन्धमा सरोकारवाला वीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कानुनले संयोजक तोकेको भएपनि कारबाहीको अधिकार नहुदाँ कार्यान्वयन प्रभावकारी नबनेको बताए । महानगर बजार अनुगमन समितिका संयोजक समेत रहेका उपप्रमुख गुरुङले अनुगमन गर्ने अधिकार दियो तर कारबाही गर्ने दिएन । त्यसैले यसको अर्थ छैन उनले भने,“केन्द्रबाट कारबाहीको… पुरा पढौ

सुनको भाउ पाँच सय रुपैयाँले बढ्यो

सुनको भाउ आज पाँच सय रुपैयाँले बढेको छ । साताको पाचौँ दिन आज सुनको भाउ तोलामा १ लाख ९ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो सुनको भाउ तोलामा १ लाख ९ हजार तीन सय रुपैयाँ थियो । यसैगरी, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । पुरा पढौ

पोखराको महेन्द्रपुलमा स्मार्ट सार्वजनिक शौचालय बनाइने

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुलमा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण सुरु भएको छ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)ले सार्वजनिक शौचालय बनाउन पोखरा महानगरसँग साझेदारी गरेको हो । महानगर प्रमुख धनराज आचार्यले सार्वजनिक शौचालय निर्माणको सोमबार शिलान्यास गरे । महेन्द्रपुलको उत्तरतर्फ रहेको पाँच आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेनागृह निर्माण हुनेछ । यसमा एनआरएनएले रु ६० लाख र पोखरा महानगरपालिकाले रु ४० लाख लगानी गर्नेछन् । महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका… पुरा पढौ

बागलुङका ३७ वडा पहिराको उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको दशवटा स्थानीय तहका ८५ वडामध्ये ३७ वडा पहिराको उच्च जोखिममा र ३१ वडा मध्यम जोखिममा परेका छन् । मनसुनजन्य प्रकोपको स्तरीकरण गर्दा बागलुङ जिल्ला नै पहिराको उच्च जोखिममा पर्छ । जिल्ला विपद् व्यवस्थापन समितिले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गर्ने सिलसिलामा प्रकोपको स्तरीकरण गर्दा बागलुङ पहिराको प्रकोपमा पहिलो नम्बरमा परेको हो । पहिराकै कारण हरेक वर्ष यहाँका नागरिकले ज्यान गुमाउनु परेको छ । जिल्लाका दस स्थानीय तहबाट सङ्कलन गरिएको तथ्याङ्क तथा जिल्ला प्रशासन कार्यालयमा प्राकृतिक… पुरा पढौ

एक सय युक्रेनी युद्धबन्दी रिहा

युक्रेन र रुसले युद्धबन्दी आदानप्रदान गरेका छन् । रुससँगको युद्धबन्दी आदानप्रदान सम्झौताअन्तर्गत सोमबार एक सय युक्रेनी बन्दी रिहा भएका हुन् । रुससँगको पछिल्लो कैदी आदानप्रदानमा २० महिलासहित एक सय युक्रेनी बन्दी रिहा भएका युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसबाट रिहा भएकाहरूमा युक्रेनी सेनाका जवान, राष्ट्रिय गार्ड र नौसेनाका जवान र सीमा सुरक्षा बलका सदस्य रहेका युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री येर्माकले बताएका छन् । रिहा भएकामध्ये केही घाइते तथा केही गम्भीर बिरामी छन् । कैदी आदानप्रदान सम्झौताअन्तर्गत युक्रेनले रिहा गरेका… पुरा पढौ

पुख्र्यौली नाच पुस्तान्तरण अभियानमा मगर समुदाय,पाका पुस्तामा खुसीयाली

म्याग्दी । पुख्र्यौली सांस्कृतिक सम्पत्तिको संरक्षणमा म्याग्दीका मगरसमुदायका युवायुवतीले रुचि देखाउन थालेपछि पाका पुस्ता खुसी हुन थालेका छन् । आर्थिक सम्पत्तिलाई मात्र महत्व दिने अहिलेको पुस्ताकाबीच म्याग्दीका मगरसमुदायका युवायुवतीले पुख्र्यौली सांस्कृतिक सम्पत्ति महत्वसाथ संरक्षणमा तत्पर भएपछि यहाँ पुख्र्यौली सीपको पुस्तान्तरण अभियान सुरु भएको छ । अठारौँ शताब्दीको मध्यतिर मगर र छन्त्याल समुदायले तामा, फलाम र सिसाखानी भएका ठाउँ नजिक बस्ती बसालेर खेतीपाती गर्न थालेपछि मगर र छन्त्याल संस्कृतिको सुरुवात भएको हो । यो समुदायका महिला पुरुष दिनभर शारीरिक श्रम गरेर… पुरा पढौ

बाँझो जमिनमा फलफूल खेती

ढोरपाटन । युवाशक्ति विदेश पलायन हुन थालेपछि ग्रामीण क्षेत्रमा खेतीयोग्य जमिन वनमाराले ढाकिएका छन् । गाउँ सुनसान छन् । गाउँमा बस्ने पनि रोजगार र सेवा–सुविधा खोज्दै बजार झरिरहेका छन् । गाउँघरमा कुनै अवसर नदेखेर विदेश पलायन हुने तथा बजार झर्नेलाई गाउँमै रोक्न आवश्यक छ । बागलुङको तमानखोला गाउँपालिकाले भने यस वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयलाई गाउँमै रोकी आयआर्जनसँग जोड्न फलफूल खेती गर्न थालेको छ । गाउँपालिकाले यस वर्षदेखि बाँझो तथा खाली जमिनमा फलफूल खेती गर्न सुरु गरेको हो ।… पुरा पढौ

पर्वतमा जिप दुर्घटनामा एकजनाको मृत्यु

पर्वत । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक व्यक्ति घाइते भएका छन् । सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो । दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए । दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको… पुरा पढौ

जिल्लाका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण

म्याग्दी । म्याग्दीका सामुदायिक विद्यालयमा आजदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु भएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ म्याग्दीले सदरमुकाम बेनीमा सरकारी पाठ्यपुस्तक बिक्री केन्द्र स्थापना गरेर सामुदायिक विद्यालयलाई पाठ्यपुस्तक बिक्री वितरण गर्न सुरु गरेका हुन् । महासङ्घमा आबद्ध २८ व्यवसायीले सामूहिकरूपमा लगानी गरी पाठ्यपुस्तक खरिद गरेको र सामुदायिक विद्यालयलाई सहजरूपमा पाठ्यपुस्तक उपलब्ध गराउन बिक्री केन्द्र स्थापना एकद्धारमार्फत बिक्री वितरण गर्न थालिएको महासङ्घका जिल्ला अध्यक्ष नवराज पौडेलले जानकारी दिए । उनका अनुसार गत वर्ष पुस्तक बिक्री भएको तथ्याङ्कका आधारमा… पुरा पढौ