समाचार

साढे चार महिनामा पोखराका ७२ ठाउँमा नचाएर समापन भयो बाह्र भैरव नाच प्रदर्शन

पोखरा, चैत २८ पोखरामा साढे चार महिनादेखि जारी बाह्र भैरव नाच प्रदर्शन समापन भएको छ । भैरव सांस्कृतिक संरक्षण समितिको आयोजनामा हरेक ६/६ वर्षमा पोखरामा आयोजना हुँदै आएको तान्त्रिक भैरव नाच साढे चार महिनामा ७२ ठाउँमा प्रदर्शन गरे पश्चात सोमबार राती समापन भएको हो । गत मंसिर १५ गते भिमसेन मन्दिरमा नचाएर शुरु भएको भैरवनाच प्रदर्शन सोमबार भिमसेन मन्दिरमा नचाएर पुनः भैरव मन्दिरमा शान्ति नाच नचाएपछि सम्पन्न गरिएको भैरव सांस्कृतिक संरक्षण समितिका अध्यक्ष तीर्थमान प्रधानाङ्गले जानकारी दिए । सोमबार विहान… पुरा पढौ

कोरोना संक्रमित एकको मृत्यु

काठमाडौ । कोरोना भाइरस सङ्क्रमित एकको आज मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज दुई हजार चार सय ३६ जनामा गरिएको परीक्षणमा एक सय छजनामा सङ्क्रमण देखिएको छ । यस्तै, आज ४८ जना उपचारपछि घर फर्किएका छन् । मन्त्रालयले अझै केही दिनसम्म सङ्क्रमण बढ्ने देखिएको जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार सय ६९ पुगेको छ । काठमाडौँ उपत्यकामा २४ जना आइसोलेसन, १३ जना सघन उपचार कक्ष (आइसियु)मा र पाँचजना भेन्टिलेटरमा उपचाररत छन् ।… पुरा पढौ

आरकेडी होल्डिङ्सले आइपियो जारी गर्ने

पर्वत । आरकेडी होल्डिङ्स कम्पनी लिमिटेडले पनि आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको छैटौँ साधारणसभाले सर्वसाधरणका लागि आइपिओ जारी गर्ने निर्णय गरेको हो । कम्पनीको पूँजी वृद्धि, स्थानीयवासी तथा सर्वसाधरणलाई लगानीको अवसर दिने उद्देश्यले आइपिओ जारी गर्न साधारणसभाले अनुमति दिएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणलाई समेत गरी १२ प्रतिशत शेयर दिने गरी आइपिओ जारी हुनेछ । यसबाहेक संस्थापक शेयरधनीहरुलाई १० प्रतिशत अग्राधिकार शेयर जारी गर्ने… पुरा पढौ

२९ दशमलव नौ प्रतिशतले घट्यो निर्यात

चालु आर्थिक वर्षको आठ महिनामा रु एक खर्ब ४ अर्ब ८० करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ दशमलव १ प्रतिशतले निर्यातमा कमी हो । अघिल्लो वर्ष निर्यात ८२ दशमलव नौ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा भारततर्फ ३७ दशमलव पाँच प्रतिशत र चीनतर्फ चार दशमलव नौ प्रतिशतले निर्यातमा कमी आएको छ । अन्य मुलुकतर्फको निर्यात छ दशमलव शून्य प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक… पुरा पढौ

नेप्से परिसूचक २७ अङ्कले बढ्यो

मङ्गलबार पुँजीबजारमा दोहोरो अंकको सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज २७ दशमलव ३१ अङ्कले बढेर एक हजार आठ सय ७१ दशमलव ३३ अंकमा कायम भएको हो । आजको कारोबारमा दुई सय ६२ वटा कम्पनीको ३३ लाख १५ हजार सात सय २० कित्ता शेयर ३५ हजार दुई सय ३७ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९४ करोड ५२ लाख ४९ हजारमा खुम्चिएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन समूहको उपसूचक एक… पुरा पढौ

जसले मेरो भ्रष्टाचार काण्ड प्रमाणित गर्छ म उसको नोकर हुन तयार छु : लिंग्देन

पोखरा, चैत २८ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिंग्देनले व्यवस्थाका कारण बारम्बार समस्या आइरहेको बताएका छन् । राप्रपा कास्कीले मंगलबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले अहिले जतिपनि भ्रष्टाचार र कमिसन काण्डहरु आईरहेका छन् ती सबै खराब व्यवस्थाका कारण आईरहेको बताएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद ढाकाकुमार श्रेष्ठको अडियो काण्डबारे आफ्नो धारणा राख्दै उनले भने,‘अहिलेको व्यवस्थामै दोष छ । यहि कारण यस्ता खालका घट्ना बारम्बार दोहोरिरहेका छन् ।’ उनले व्यवस्था परिवर्तन नभएसम्म अवस्था परिवर्तन नहुनेसमेत ठोकुवा… पुरा पढौ

फागुनमा एक खर्ब चार अर्ब विप्रेषण भित्रियो

काठमाडौ । चालु आर्थिक वर्षको आठ महिनामा विप्रेषण आप्रवाह २५ दशमलव तीन प्रतिशतले बढेको छ । गत आवको आठ महिनामा एक दशमलव तीन प्रशितले घटेको विप्रेषण आप्रवाह चालु आवमा भने बढेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागुनसम्म विप्रेषण रु सात खर्ब ९४ अर्ब ३२ करोड आएको छ । फागुनमा मात्रै रु एक खर्ब चार अर्ब बढी विप्रेषण भित्रिएको राष्ट्र बैैंकले जनाएको छ । गत माघसम्म रु छ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स आएको थियो ।… पुरा पढौ

विदेशी पर्यटकको रोजाइ बन्दै घरबास

बागलुङ । बागलुङको घरवास गाउँको रुपमा परिचित भकुण्डेमा पछिल्लो समय विदेशी पर्यटकको आगमन बढ्दो छ । आन्तरिक पर्यटकको आकर्षणको रुपमा रहेको भकुण्डेस्थित अतिथि सत्कार घरबासमा पछिल्लो समय विदेशी पर्यटकसमेत आउन थालेका छन् । हेलिकप्टरमार्फत विदेशी पर्यटक आउने गरेको बागलुङ नगरपालिका–१० भकुण्डे घरबासमा विश्व भेगन अर्गनाइजेशनले पहिलो पटक पदमार्ग हुँदै कोरोना अघिदेखि विदेशी पर्यटक भित्र्याउन थालेको थियो । हालसम्म सो संस्थाले भकुण्डेमा लगातार विदेशी पर्यटक भित्र्याइरहेको पर्यटन व्यवसायी महादेव शर्माले जानकारी दिए । “केही विदेशी पर्यटक भकुण्डेमा आउने गरेका रहेछन्, अत्यधिक… पुरा पढौ

कांग्रेसलाई मजबुद बनाउन शिक्षक सङ्घको भूमिका महत्वपूर्ण छ : सभापति देउवा

नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई मजबुद बनाउन शिक्षक सङ्घको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेपाल शिक्षक सङ्घको नवौँ सङ्घीय महाधिवेशनको आज काठमाडौँमा उद्घाटन गर्दै उहाँले पार्टी सङ्गठनलाई बलियो बनाउन शिक्षकको ठूलो भूमिका रहेको बताए । “पार्टी प्रतिबन्धित अवस्था रहँदा नेपाल विद्यार्थी सङ्घसँगै शिक्षकहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो”, उनले भने । सभापति देउवाले कांग्रेसले शिक्षकलाई जुन सम्मान दिनुपर्ने हो त्यो दिन नसकेको समेत बताए । “पार्टी बलियो बनाउन शिक्षकको ठूलो सहयोग छ, कांग्रेसलाई मजबुद बनाउनुपर्छ”, सभापति… पुरा पढौ

बुद्ध विशाल बजार व्यापारिक एशोशियसनको क्यालेन्डर बिमोचन

पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोशियसनले २०८० सालको टेबल क्यालेन्डर बिमोचन गरेको छ । क्यालेन्डर बिमोचन कार्यक्रममा बोल्दै बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका अध्यक्ष केशब बहादुर खत्रीले बुद्व विशाल बजारमा ग्राहक बर्गलाई देखिएको पार्किङ समस्यालाई चाडैन समाधान गर्नको लागिएको बताउदै अध्यक्ष खत्रीले ब्यवसायिक साथीहरूको हकहितको लागी गठन गरिएको एशोशियसन सधै नै ब्यवसायी साथीहरूको साथमा रहिरहने बताए । कार्यक्रममा बुद्ध विशाल बजार व्यापारिक एशोशियसनका उपाध्यक्ष तथा क्यालेन्डर प्रकाशन समितिका संयोजक ईन्द्रराज अर्यालले संस्थालाई चलायमान बनाउनको लागी एशोशियसनले यस्ता नियमित कार्यक्रमहरू… पुरा पढौ