समाचार

नरसिंहकोटमा थपिँदै पर्यटन पूर्वाधार

बागलुङ । उदीयमान सहर बुर्तिबाङको शिरमा छ नरसिंहकोट । बागलुङको निसीखोला गाउँपालिका–७ मा स्थित नरसिंहकोटको धार्मिक, पर्यटकी तथा ऐतिहासिक रूपमा निकै चर्चित ठाउँ हो । पर्यटकीय हिसाबले चर्चित भए पनि पूर्वाधार नबन्दा केही वर्ष अगाडिसम्म पर्यटकको आगमन न्यून थियो । जब निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दियो, त्यसपछि यहाँ दैनिकी पर्यटक आउन थालेका छन् । गाउँपालिकाले पनि नरसिंहकोटलाई प्राथमिकतामा राखेर पूर्वाधार निर्माणमा जुटेको छ । नरसिंहकोट पुरोना राज्यसमेत भएको हुँदा यहाँ पर्यटकहरू बढी आउने गरेको पाइन्छ । तत्कालीन… पुरा पढौ

पर्यटकीय गाजादहको उजाड क्षेत्रमा ओखरको वन बनाउने प्रयास

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवद्र्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सात सय दाँते… पुरा पढौ

उपनिर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्च निर्धारण

काठामाडौ । निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम हद (सीमा) निर्धारण गरेको छ । आयोगको आज बसेको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै हुने गरी चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ तथा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ का लागि रु २९ लाख र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ का लागि रु ३१ लाख खर्च गर्न पउने गरी सीमा निर्धारण गरेको आयोगका… पुरा पढौ

छोटो समयमा परिणाममुखी काम भएको छ: मन्त्री गाहामगर

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला, कानुन मन्त्री तथा सरकारका प्रवक्ता रोशन गाहामगरले छोटो समयका लागि आफू मन्त्री बनेको भए पनि परिणाम राम्रो आएको दावी गरेका छन् । आदिवासी जनजाति पत्रकार महासंघ फोनिज गण्डकीले मुस्ताङको जोमसोममा मंगलबार आयोजना गरेको पत्रकार क्षमता अभिवृद्धि कार्यक्रममा प्रवक्ता गाहामगरले आफ्नो कार्यक्रम छोटो समयका लागि भए पनि सफल भएको दावी गरेका हुन् । मन्त्री गाहामगरले आफू पछि आउने नयाँ मन्त्रीले पनि यसरी नै द्रुत गतिमा प्रदेशका लागि काम गर्ने आशा व्यक्त गरे । ‘परिणाम आउने… पुरा पढौ

आर्थिक वृद्धिदर ४.१ र मुद्रास्फीति ७.४ प्रतिशत रहने

काठमाडौ । एसियाली विकास बैंक (एडिबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर चार दशमलव एक प्रतिशतमा खुम्चने र मुद्रास्फीति सात दशमलव चार प्रतिशतसम्म पुग्ने प्रक्षेपण सार्वजनिक गरेको छ । “एसियन डेभलपमेन्ट आउटलुक, अप्रिल २०२३” प्रतिवेदनमार्फत् एडिबीले यस्तो प्रक्षेपण सार्वजनिक गरेको हो । सन् २०२२ मा पाँच दशमलव आठ प्रतिशत अनुमान गरिएको नेपालको आर्थिक वृद्धिदर यसवर्ष थप खस्किने प्रक्षेपण गरिएको हो । “कसिलो मौद्रिक नीति, घट्दो आन्तरिक बजार माग, अपर्याप्त कोभिड महामारी पुनरुत्थानका कार्यक्रम र विश्वव्यापी रुपमा देखिएका समस्याको असर… पुरा पढौ

सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन

नरैनापुर । बाँकेको नरैनापुर गाउँपालिका ६ गंगापुरमा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको उद्घाटन गरिएको छ । बुधबार एक समारोहका बिच नं ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति बिदुर खडका र नरैनापुर गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले संयुक्त रूपमा नवनिर्मित भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै बाहिनीपति खड्काले सीमा सुरक्षाको जिम्मेवारी बाहेक पनि राष्ट्रले सुम्पेको अन्य जिम्मेवारीमा तल्लीन भएर सशस्त्र प्रहरीले काम गरिरहेको बताए । उनले मुलुकको भूमि एक इन्च पनि तलमाथि नहुने गरी सशस्त्र प्रहरी संवेदनशील भई काम… पुरा पढौ

राजनीतिशास्त्र विभागमा उत्कृष्ट नतिजा ल्याउने ३ जनालाई छात्रवृत्ती वितरण

पोखरा । पृथ्वीनारायण क्याम्पस पोखराको स्तानतकोत्तर कार्यक्रममा राजनीतिशास्त्र अध्ययन गरि उत्कृष्ठ नतिजा हासिल गरेका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । शेर बहादुर–पुर्ण कुमारी–गणेश बहादुर गुरुङ अक्षयकोषले २० औँ साधारणसभाको अवसरमा मंगलबार ३ वटा सेमेष्टरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको हो । सरिता अधिकारीले पहिलो, सुधिर शर्मा पराजुलीले दोश्रो र तेश्रो तथा सञ्जिव बाबु पौडेलले तेश्रो सेमेष्टर (२०७७) मा उत्कृष्ट नतिजा ल्याएको र उनिहरुलाई कार्यक्रममा प्रमुख अतिथि क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइराला, विभागका प्रमुख प्रा. ठान बहादुर क्षेत्री, पुर्व… पुरा पढौ

तनहुँ– १ : उम्मेदवारले चुनावी अभियान थाले

आगामी वैशाख १० गते हुने उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नं १ का उम्मेदवारहरुले चुनावी अभियान थालेका छन् । सोमबार उम्मेदवारी दर्ता गराएसँगै उनीहरुले चुनावी गतिबिधिलाई तीब्र पारेका छन् । नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले सम्पर्क कार्यालय स्थापना गरेर अभियान सुरुआत गरेका छन् । व्यास नगरपालिका–३ निमचोकमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै उनले तनहुँ – १ को समग्र विकासका लागि उम्मेदवारी दिएको बताए । यसै क्षेत्रबाट निर्वाचित भएर राष्ट्रपति बन्नुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको विकास योजनालाई पूरा गराउन आफू उम्मेदवार बनेको… पुरा पढौ

सहकारीलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी आन्दोलनलाई पूँजीवादीकरण हुनबाट रोक्नुपर्ने बताएका छन् । पार्टी सम्वद्ध भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण विभागले आज यहाँ आयोजना गरेको सहकारीकर्मीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सहकारी आन्दोलनलाई समाजवादको आधार खडा गर्ने साधनको रुपमा विकसित गर्नुपर्ने बताए । प्रधानमन्त्री दाहालले भने, ‘‘संविधानसभाबाट नयाँ संविधान बनाउँदै गर्दा हामीले देशको राजनीति, अर्थनीति, शासन प्रणाली कस्तो हुने भन्नेबारे लामो, गम्भीर, बहुपक्षीय र बहुआयमिक छलफल गरेका थियौँ । सोही छलफलको जगमा अवको… पुरा पढौ

दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथा आरोहणमा

शारीरिकरुपमा अशक्त हरि बुढामगरले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएकोका छन् । पूर्वगोरखा सैनिकसमेत रहनुभएका उहाँ सगरमाथा आरोहणका लागि पर्यटन विभागबाट आरोहण अनुमति लिएर सोलुखुम्बु प्रस्थान गरेका छन् । विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार बुढामगरले सगरमाथा आरोहणका लागि केही दिनअघि आरोहण अनुमति लिएका थिए। शारीरिकरूपमा अशक्त बुढामगर आरोहणका लागि आवश्यक प्रक्रिया पूरा गरेर सगरमाथातर्फ प्रस्थान गरेको उनले बताए। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सगरमाथा आधार शिविरतर्फ प्रस्थान गरेका उनका दुबै खुट्टा छैनन् । बुढामगरले कृत्रिम (प्रोस्थेटिक) खुट्टाको सहायतामा सगरमाथा आरोहण गर्न… पुरा पढौ