समाचार

अधिकांश ग्रामीण क्षेत्रका वास्तविक किसानले पाउँदैन सरकारी सुविधा

बागलुङ । बागलुङ अधिकांश ग्रामीण क्षेत्रमा पशुपालन गर्ने किसान छन् । उनीहरुलाई न सरकारबाट पाइने अनुदानको थाहा हुन्छ, न आधुनिक प्रविधिका बारेमा ज्ञान । तर, पनि उनीहरुले सयौँ गाईभैँसी, भेडाबाख्रा पालन गर्दै आएका छन् । विशेषगरी जिल्लाको उच्च क्षेत्रमा सबैभन्दा बढी भेडाबाख्रा पालन हुने हुँदा यहाँका किसानको अधिकांश बसाइँ लेकमै हुनेगर्छ । निसीखोला, ढोरपाटन, तमानखोला, गलकोट तथा ताराखोलाका माथिल्लो भेगका पशुपालक किसान रैथाने जातका पशुचौपाया पाल्ने गर्छन् भने उनीहरुले परम्परागत शैलीनै अपनाएका हुन्छन् । चैतकै पहिलो सातादेखि लेक चढ्ने र… पुरा पढौ

दोर्दी करिडोर प्रसारण लाइन सञ्चालनमा

लमजुङको दोर्दी र त्यसका सहायक नदीमा उत्पादित विद्युत् प्रवाहका लागि निर्माण गरिएको दोर्दी करिडोर एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएको छ । विसं २०७८ को असारमा दोर्दी खोलामा आएको बाढीले क्षति पु¥याएका चार वटा टावरको पुनर्निर्माण सम्पन्न गरी बिहीबारबाट प्रसारण लाइनलाई पूर्णरुपमा सञ्चालनमा ल्याइएको छ । प्रसारण लाइन पूर्णरुपमा सञ्चालनमा आएसँगै करिब तीन सय मेगावाट विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ । नेपाल विद्युत् प्राधिकरणले लमजुङको बेंसीसहर नगरपालिकाको उदीपुरबाट दोर्दी गाउँपालिकाको कीर्तिपुर सबस्टेसनसम्मको प्रसारण… पुरा पढौ

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

हिजो भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज भने घटेको छ । साताको पाचौँ दिन आज सुन तोलामा ८ सय रुपैयाँले घटेर सुन आज एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख ११ हजार रुपैयाँमा पुगेको थियो । यस्तै आज चाँदीको पनि भाउ केही घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ३५ रुपैयाँमा किनबेच भइरहेको छ । पुरा पढौ

पर्यटकीयस्थल बन्दै ‘मगर भिलेज’

मिछुर्लुङ गाउँमा खोलिएको मगर भिलेज रिसोर्ट यतिबेला पर्यटकीय गन्तव्यस्थलका रूपमा विकसित हुन थालेको छ । नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका सचिव प्रताप रानामगरले सञ्चालनमा ल्याउनुभएको उक्त रिसोर्टमा दैनिकजसो आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको खैरेनीटारबाट भिमाद हुँदै मिर्छुलुङ पुगिन्छ । खैरेनीटारबाट आठ किलोमिटर भिमाद बजार र त्यहाँबाट चार किलोमिटर यात्रा गरेपछि मिर्छुलुङ गाउँ पुगेपछि मगर भिलेज रिसोर्ट भेटिन्छ । उक्त रिसोर्ट पर्यटकीय तथा अध्ययन केन्द्रका रूपमा विकास हुन थालेको सञ्चालक राना मगरले जानकारी दिए । उनले भने,… पुरा पढौ

चैत ३० गते निर्वाचन गर्ने चार सङ्गठनबीच सहमति

चार विद्यार्थी सङ्गठनबीच त्रिभुवन विश्वविद्यालय (त्रिवि)का बाँकी रहेका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन यही चैत ३० गते गर्ने सहमति भएको छ । उनीहरुले निर्वाचन बिथोल्ने कुनै पनि गतिविधि नगर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले आज संयुक्तरुपमा विज्ञप्ति जारी गर्दै यही चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेका त्रिविका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ३० गते निर्वाचन गराउन सहमति… पुरा पढौ

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली चयन

जोमसोम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् ।मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गुरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रोशन गाहामगरको उपस्थितीमा… पुरा पढौ

फेवा महोत्सवको तयारी अन्तिम चरणमा

चैत २२ पोखरा । होटल संघ पोखरा नेपालको आयोजनामा पोखराको लेकसाइडमा यही चैत २९ गतेबाट सुरु हुने तीन दिने १८ औं फेवा नब वर्ष महोत्सको तयारी अन्तिम चरणमा पुगेको छ । नयाँ वर्षको अवसरमा पोखराको लेकसाइड स्थित फिस्टेल गेटदेखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव हुन लागेको हो । उद्घाटनका दिन खहरे चोकबाट सांस्कृतिक झाँकी सुरु भई अम्मटमा पुगेर उद्घाटन सभामा परिणत हुने संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । लाइभ संगीत, ख्याती प्राप्त कलाकारको गायन… पुरा पढौ

फोनिज मुस्ताङको अध्यक्षमा सुन्दरकुमार थकाली

चैत २२ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मुस्ताङ शाखाको अध्यक्षमा सुन्दरकुमार थकाली निर्वाचित भएका छन् । मंगलबार भएको प्रथम जिल्ला अधिवेसनले थकालीको अध्यक्षतामा १० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संघको उपाध्यक्षमा शुशिल थकाली, सचिवमा निरज थकाली, सहसचिवमा सोजन हिराचन र कोषाध्यक्षमा तृस्ना गौचन सर्वसम्मत चयन भएका छन् । यसैगरी सदस्यहरुमा रुपिका थकाली, यमुना लामा, रिक्साङ गरुङ, समिर थापा र कर्साङ गुरुङ चयन भए । उनीहरुलाई मंगलबार नै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री… पुरा पढौ

ज्येष्ठ नागरिक सेवागृह श्रद्दा सदन प्रा.लि.अब च्यारिटी अन्तरगत चलाइने

पोखरा । पोखरा १५ टुटुंगामा ज्येष्ठ नागरिक सेवागृहको रुपमा सेवा पुर्‍याइरहेको श्रद्धा सदन प्रालिले अब च्यारिटीमार्फत सेवालाई निरन्तरता दिने भएको छ ।कम्पनी अन्तर्गतको अतिथि गृहमा अहिले २ जना ज्येष्ठ नागरिकले दिवा र ६ जनाले आवासीय सेवा लिइरहेको अध्यक्ष निरज थापाले जानकारी दिए । संस्थालाई नाफामूलकभन्दा पनि सेवामूलक रुपमा अगाडि बढाउने सोच अनुरुप श्रद्धा केन्द्रको रुपमा अगाडि बढाउने प्रक्रिया अगाडि बढाइएको उनले बताए । यसका लागि आफूहरु सहयोगी हातहरुको प्रतीक्षामा रहेको उनले जानकारी दिए । थापाले संस्थाका लागि सक्दो सहयोग गर्न… पुरा पढौ

पोखरामा बलियो नेपाल कप–२०२३ क्रिकेट प्रतियोगिता शुरु

पोखरा, चैत २२ पोखरामा बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको छ । बलियो नेपाल न्यूट्रिसन ईनिसियटिभको आयोजनामा १९ वर्ष मुनिको बलियो नेपाल कप–२३ क्रिकेट प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको पोखरा महानगरपालिकाका मेयर धनराज अचार्यले उद्घाटन गरे । प्रतियोगिताको पहिलो दिन कर्णाली क्रिकेट एकेडेमी र पोखरा क्रिकेट एकेडेमीले बिजयी शुरुवात गरे । उद्घाटन खेलमा कर्णाली क्रिकेट एकेडेमीले पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर काठमाडौंलाई १० रनले हरायो । कर्णालीले दिएको १ सय ३५ रनको लक्ष्य पछ्याएको पल्सर क्रिकेट एक्सीलेन्स सेन्टर केवल… पुरा पढौ