समाचार

वडाध्यक्ष द्वय तिमिल्सिना र पराजुली सम्मानित

चैत १८ पोखरा । पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीना र पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुली एकै मञ्चमा सम्मानित भएका छन् । सराङकोट स्थित सौरेखोला चौरपाखा मोटरबाटो निर्माण समितिले वडाध्यक्षद्वय तिमिल्सीना र पराजुलीलाई बाटो निर्माणमा महत्वपूर्ण सहयोग पु¥याएको भन्दै दोसल्ला तथा सम्मानपत्रले सम्मानीत गरेको हो। शनिवार आयोजित बाटो स्तरउन्नती कार्यको आय व्यय सार्वजनिक, सम्मान एवम् छलफल कार्यक्रमका बीच वडाध्यक्षद्वय सम्मानित भएका हुन् । सम्मान पछि धारणा राख्दै पोखरा १८ का वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले ओझेलमा परेका सडकहरुको स्तरउन्नतीमा वडाको ध्यान… पुरा पढौ

कास्कीमा जनप्रतिनिधिले गरे जातिय विभेद : दलितले छोएको भन्दै भतेरको भाँडो नै घोप्टयाए

पोखरा, चैत १८ कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नम्बर ५ रिभानका सन्तोष परियारको दुई छोराहरु साहिल र समीरको ब्रतबन्ध थियो । मध्यम वर्गिय परिवारका परियारले ब्रतबन्धमा आफन्तसँगै छरछिमेक तथा जनप्रतिनिधिहरुलाईसमेत बोलाए । ब्रतबन्धको निम्तो मान्न पोखरा–२९ भण्डारढीक बस्ने नारान भन्ने नारायण दमाई परियारपनि पुगेका थिए । ब्रतबन्ध राम्रैसँग चलिरहेको थियो । त्यत्तिकैमा नारायणपनि ब्रतबन्ध गरेका दुबै छोरालाई टीका लगाउनुका साथै दान दक्षिणा दिएर भतेर तिर लागे । भतेर खान अगाडि बढेका उनलाई भान्सामा खटिएकी सीता लामिछानेले तिमी के थरी हो ?… पुरा पढौ

नेपाललाई विश्वकै ‘खेलकुदको हब’ बनाउन सकिन्छ : प्रधानमन्त्री दाहाल

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई विश्वकै ‘खेलकुदको हब’का रुपमा विकास गर्न सकिने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आज यहाँ आयोजना गरेको ‘खेलकुद पूर्वाधार नीति संवाद, २०७९’ लाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताए । प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु । खेलाडीलाई पुरस्कृत गर्ने, मैदानमा नै पुगेर खेलाडीको मनोबल बढाउने, खेल क्षेत्रसँग सम्बन्धित विषय सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु ।… पुरा पढौ

एमाले सचिवालय बैठक सुरु

काठमाण्डौं । नेकपा (एमाले) को सचिवालय बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । बैठकमा आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार तय गर्नेलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । पुरा पढौ

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

काठमाण्डौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताएका छन् । आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उनले भने, “निर्वाचनपछि एकखालको दुर्घटना भयो, प्राकृतिकरुपमा जुन गठबन्धनको सरकार बन्नुपथ्र्याे, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जेजे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।” उनले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय… पुरा पढौ

रसुवागढी–केरूङ नाका ३ वर्षपछि पूर्णरुपमा सञ्चालन

चैत १८ रसुवा । रसुवागढी–केरूङ नाका पूर्ण रूपमा ३ वर्षपछि सञ्चालनमा आएको छ । नेपाल सरकारले कोभिड – १९ महामारीका कारण २०७६ चैत ११ गते सबै अन्तराष्ट्रिय नाका बन्द गर्ने घोषणा गरेपछि बन्द भएको नाका आजदेखि पूर्ण रुपमा सञ्चालनमा आएको हो । नेपाल–चीन सीमा व्यापार संयन्त्रको ल्हासामा मार्च २९ गते बैठक बसेको थियो । उक्त बैठकमा भएको सहमतिअनुसार नाका पूर्ण रूपमा सञ्चालनमा आएको हो। सचिव मधुकुमार मरासिनी र तिव्बत स्वशासित क्षेत्र, चीनका उपाध्यक्ष सिलांग निमाले संयुक्त रूपमा नाका पुनःसंचालनको घोषणा… पुरा पढौ

प्रधानमन्त्रीसँग मिटरब्याज पीडितको भेटवार्ता

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिटरब्याज पीडितले आज भेट गरेका छन् । बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता भएको प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए । भेटमा प्रधानमन्त्री दाहालसमक्ष पीडितले मिटरब्याजबाट मुक्त गर्न आग्रह गरेका थिए । उनीहरुसँगको छलफलमा प्रधानमन्त्री दाहालले समस्या समाधानमा सरकार गम्भीर भएर लागेको जानकारी दिएको उनको सचिवालयले जनाएको छ । तराईबाट ११ दिन हिँडेर केही दिनअघि काठमाडौँ आइपुगेका मिटरब्याज पीडित न्याय नपाएसम्म नफर्किने भनेर बसिरहेका छन् । उनीहरुसँग गृहमन्त्रालयले तीन चरणको वार्ता गरिसकेको छ… पुरा पढौ

शनिबार १२ मिनेटको फरकमा भूकम्पका २ धक्का

काठमाडौं । शनिबार १२ मिनेटको फरकमा भूकम्पको दुई धक्का महशुस गरिएको छ । बिहान ११ बजेर २७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर र ११ बजे ३९ मिनेटमा लमजुङलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार दोलखाको सुरी केन्द्र बिन्दु भएर ५.२ रेक्टर स्केलको भूकम्प गएको हो । सो भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । यस्तै लमजुङको मालिङ केन्द्रबिन्दु भएर भूकम्प अर्को भूकम्प गएको हो… पुरा पढौ

सामुदायिक वन महासंघ रुपामा खड्का

चैत १७ पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल रुपा गाउँपालिको दोश्रो अधिवेशनले तिल बहादुर खड्काको अध्यक्षतामा १४ सदस्य नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । समितिको उपाध्यक्षमा गोपिनाथ सुवेदी, सचिव देवी सुवेदी न्यौपाने, कोषाध्यक्ष वन्दना पोख्रेल एवम् सदस्यहरुमा प्रज्वल शर्मा,सोम सुनारी, वद्री ओझा,सृजना ओझा,पवित्रा पुरी, रामराज घिमिरे, राजमी दर्जी,मोनिमाया गुरुङ,पुर्णिमा गुरुङ र सितादेवी पौडेल निर्वाचित हुनु भएको छ । त्यसैगरि जिल्ला अधिवेशन प्रतिनिधि अप्सरा पगेनी, विमना खनाल, शिवदेवी भुजेल, आरती भुजेल, बुद्धिबहादुर घिमिरे, तिर्थराज पौडेल, प्रेमबहादुर गुरुङ र… पुरा पढौ

सुराकीको नाममा खर्च गर्ने प्रणाली खारेज

काठमाण्डौं । उपप्रधानमन्त्रीसमेत रहेका नवनियुक्त गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्री र सचिवले सुराकीको नाममा खर्च गर्ने प्रणालीको खारेज गरेको बताएका छन् । आज गरिएको सूत्रपरिचालन कार्यविधि, २०७८ (सुराकीको नाममा गृहमन्त्री र सचिवले खर्च गर्ने प्रचलन) खारेजीको निर्णयलाई आगामी मन्त्रिपरिषद्मा प्रस्तावका रुपमा लैजाने उनले जानकारी दिए । मन्त्रालयमा कार्यभार सम्हालेपछि आज आयोजित समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले मिटरब्याजी पीडितको समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गर्ने निर्णय पनि गरेको जानकारी दिए । यी दुवै प्रस्ताव आगामी बस्ने मन्त्रिपरिषद्मा पेशसमेत गर्ने उनले जानकारी… पुरा पढौ