समाचार

‘पर्यटनमार्फत गण्डकीमा समृद्ध हासिल गछौँ’: मुख्यमन्त्री अधिकारी

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पर्यटनमार्फत प्रदेशले समृद्धि हासिल गर्ने बताएका छन् । बागलुङमा आज आयोजित चैत्राष्टमी मेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री अधिकारीले यहाँ धेरै पर्यटकीय तथा धार्मिकस्थल रहेको हुँदा त्यसको विकास गरी समृिद्ध हासिल गरिने बताए । मुख्यमन्त्री अधिकारीले गण्डकीमा धेरै खोलानाला, तालतलैया र खानीहरु रहेको बताउँदै खनिज पदार्थको सही रुपमा उत्खन्न गरी रोजगार सिर्जना गर्ने र प्रदेशको गतिलो आयस्रोतको माध्यम बन्ने बताए। मुख्यमन्त्री अधिकारीले भने, “गण्डकीमा धेरै सम्भावना छन्, यहाँ भएका स्रोत र साधनको सही प्रयोग भएका… पुरा पढौ

बुधबार सेयर बजारमा सामान्य वृद्धि

काठमाडौं । बुधबार सेयर बजारमा सामान्य वृद्धि भएको छ । बजार लगातार तेस्रो दिन बढेको हो । बुधबार १।०२ अंकले बढेको बजार १९१९।४२ विन्दुमा पुगेर रोकिएको छ । यो ०।०५ प्रतिशतको वृद्धि हो । बुधबार कारोबार रकम भने उल्लेख्य घटेको छ । कुल २५८ धितोपत्रको २५ हजार ४१३ वटा कारोबारबाट २५ लाख ३९ हजार ४८ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ८१ करोड ६२ लाख १९ हजार १२९ रुपैयाँको मात्र भएको छ । मंगलबार १ अर्ब ४४ करोड ३७ लाख… पुरा पढौ

११ औं आलु महोत्सवको तयारी तिव्र

पोखरा । बिष्णु पादुका क्लब पोखरा २५ हेमजाको आयोजनामा हुन लागेको ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको २६ गतेदेखि बैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवको तयारी तिव्र पारिएको बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग बसेको बैठकमा जनाइएको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगाएत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जाल सँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले बताए । उनले कृषि महाशाखाको पहलमा कृषि… पुरा पढौ

वडा ८ स्तरिय व्याडमिण्टनको उपाधी सुरेस र नारायणलाई

पोखरा । सुरेस तामाङ्ग र नारायण रानामगरको जोडीले पोखरा–८ वडास्तरिय व्याडमिण्टन प्रतियोगिताको उपाधी जितेका छन् । बुधबार खुल्लातर्फ भएको फाइनल खेलमा दिल सुनारी र श्याम थापाको जोडीमाथि २१–१६ र २१–१५ को सोझो सेटमा जित निकाल्दै सुरेस जोडीले यो प्रतियोगिताको उपाधी जितेको हो । देवन थापा र सूर्यबहादुर थापाको जोडीले तेश्रो स्थान प्राप्त गरे । पोखरा महानगरपालिका वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा सम्पन्न प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फ सरोज श्रेष्ठ र सुनिल पौडेलको… पुरा पढौ

पशुपतिमा क्षेत्रमा प्लास्टिकजन्य सामग्री निषेध

पशुपतिनाथ मन्दिर परिसरमा आजदेखि प्लास्टिक निषेध गरिएको छ । पशुपति क्षेत्र विकास कोषले आज एक सूचना प्रकाशित गरी पशुपति क्षेत्रमा प्लास्टिकका कारण फोहोर बढ्दै गएकाले पशुपतिनाथ मन्दिर परिसरमा प्लाष्टिक निषेध गरिएको जनाएको हो । विकास कोषको सूचनामा भनिएको छ, “प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन तथा स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ ।” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन महिनासम्मका लागि हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान… पुरा पढौ

सामुदायिक वन अन्नपूर्ण गाउँपालिकामा समिती गठन

गण्डक । सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेशनले बाबुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल,पूर्णकुमारी क्षेत्री, कोषाध्यक्षमा गिता पौडेल, सदस्यहरुमा दर्गादत्त दाहाल, शोभाखर अधिकारी, हरिमाया अधिकारी र सुभित्रा गुरुङ चयन भएका छन् । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्ने छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी दाहाल, लक्ष्मी सुवेदी, दिलमाया सुनारा, राधा अधिकारी, नारायणप्रसाद पौडेल, हरिबहादुर केसी, प्रमेवहादुर केसी, चेतभक्त लम्साल र जिता पौडेल,… पुरा पढौ

सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले बढेको छ । साताको चौथो दिन सुनको भाउ आज तोलाको एक लाख ८ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।हिजो सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको थियो । यसैगरी , आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको एक हजार तीन सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पुरा पढौ

चैतेदशैँमा बागलुङको कालिकामा दर्शनार्थीको घुइँचो

प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँको अवसरमा यहाँ भक्तजनको घुइँचो लागेको हो । नवरात्र सुरु भएदेखि नै यहाँ दर्शनार्थीको चाप बढ्दै गएको थियो । चैतेदशैँको मुख्य दिन आज बिहानैदेखि मन्दिर परिसरमा दर्शनार्थी पुजाका लागि लाइनमा लागेका कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । चैतेदशैँमा राँगो, बोका र कुखुराको बलि दिने चलन छ । चैतेदशैँका अवसरमा छिमेकी मुलुक भारतसहित, मुलुकका विभिन्न क्षेत्रबाट पाँच लाख बढी दर्शनार्थी… पुरा पढौ

रकम भुक्तानी नहुँदा निसीखोलाका बासिन्दा स्वास्थ्य सुविधाबाट बञ्चित

निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय ३८ जनाको फागुन महिनादेखि लागू हुने गरी स्वास्थ्य बीमा गरे पनि गाउँपालिकाले समयमै भुक्तानी नगर्दा समस्या भएको हो । निसीखोला–१ किटेनीका वीरबहादुर विक गत फागुन २५ गते जाँचका लागि बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र पुगे । गाउँपालिकाले फागुनदेखि लागू हुन्छ भनेर दिएको स्वास्थ्य बीमा परिचयपत्र साथमै बोकेर गएका विकलाई स्वास्थ्य केन्द्रले बीमा योजना लागू नभएको… पुरा पढौ

एसिसी प्रिमियर कपका लागि नेपाली प्रारम्भिक टोली घोषणा

काठमाडौ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपालमा आयोजना हुने एसिसी पुरुष प्रिमियर कप क्रिकेट खेल्न नेपालको तर्फबाट प्रारम्भिक टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसिसी)को आयोजनामा हुने उक्त प्रतियोगिताका लागि क्यानले आज २१ सदस्सीय प्रारम्भिक टोली घोषणा गरेको हो । सो प्रतियोगिता आगामी वैशाख ५ देखि १८ गतेसम्म सञ्चालन हुनेछ । छनोट हुने प्रारम्भिक नेपाली टोलीको सदस्यमा सन्दिप लामिछाने, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, कुशल भुर्तेल, भीम सार्की, आसिफ शेख, प्रतिष जिसी, ललित राजवंशी, रोहित पौडेल र सन्दिप… पुरा पढौ