समाचार

आज राम नवमी पर्व , रामको पूजा आराधना गरी देशभर मनाइँदै

आज राम नवमी पर्व । रामको पूजा आराधना गरी देशभर मनाइँदैछ । हरेक वर्ष चैत्र शुक्ल नवमीका दिन देशभरी श्रद्धा र भक्तिपूर्वक ‘रामनवमी’ पर्व मनाउने गरिएको छ । हिन्दु धर्मग्रन्थ रामायण अनुसार चैत्र शुक्ल नवमी तिथिमा पर्ने आजको दिनलाई भगवान श्रीरामको जन्मदिनको रूपमा लिइन्छ । यो पर्व चैत्र नवरात्रको बीचमा आउने भएकाले यो दिन भगवान श्री रामका साथै नवदुर्गा देविको पनि पूजा हुन्छ । आजका दिन व्रत बसी रामको पूजापाठ र जप ध्यान गर्नाले चिताएको कार्य पूरा हुने जनविश्वास छ… पुरा पढौ

दश दलिय सत्तारुढ गठबन्धनविच मन्त्रालय भागबण्डा टुङ्गियो, भोलि मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाण्डौँ । दश दलिय सत्तारुढ गठबन्धनविच सरकार विस्तारका लागि सहमती जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दलहरुको बैठकले मन्त्रालय भागबण्डाको टुंगो लगाएको हो । दलहरुविच भएको सहमती अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा ८ मन्त्रालयसहित कांग्रेस, ५ मन्त्रालयसहित माओवादी केन्द्र सहभागि हुने भएका छन् । यस्तै नेकपा एकीकृत समाजवादी र जसपाको भागमा २–२ मन्त्रालय, लोसपा, नागरिक उन्मुक्ति, आमजनता पार्टीलाई १–१ मन्त्रालय दिने सहमति भएको छ । जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय पाउने गरि सहमति जुटेको… पुरा पढौ

नेकपा (एस) उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टीका उपाध्यक्ष डा बेदुराम भुसालको नेतृत्वमा उपमहासचिव प्रकाश ज्वालालाई सरकारमा पठाउने भएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बैठकमा सरकारमा पार्टीको सहभागिताको सम्बन्धमा छलफल गरिएको र उपाध्यक्ष भुसालको नेतृत्वमा सरकारमा जाने निर्णय भएको जानकारी दिए । उनका अनुसार पार्टीले तीन मन्त्रालयको दाबी गरेकाले अर्को मन्त्रालयका लागि पनि पहल गर्नेछ । यसअघि पार्टीले सरकारमा पठाउने नेताको नाम… पुरा पढौ

अनलाइनबाट ठगी गर्ने नौ चिनियासहित १९ पक्राउ

काठमाण्डौं । अनलाइनबाट ठगी गर्ने चिनियाँ नागरिकसहितका समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गरी अनलाइनबाट ठगी गर्ने नौ चिनियाँ नागरिकसहित १९ जनालाई पक्राउपछि सार्वजनिक गरेको हो । उनीहरुले ब्यापारबाट ठूलो कमाइ हुने लोभ देखाएर ह्वाट्एपमार्फत चिनजान गरी अपरेशन टिचर्स नामको च्यानलमार्फत अनलाइन कक्षा सञ्चालन गरी ठगी गरेका प्रहरीले जनाएको छ । उक्त विषयमा परेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रहरी परीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए । उनीहरुबाट ठगी कार्यमा प्रयोग भएका… पुरा पढौ

सरकारको पूर्णतासँगै विकास र समृद्धिको अभियान अघि बढ्छ : महासचिव गुरुङ

पोखरा । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले वर्तमान सरकारले पूर्णता पाएसँगै देशमा तीव्र विकास र समृद्धिको अभियान अघि बढ्ने बताएका छन् । प्रगतिशिल चिकित्सक सङ्घ नेपाल गण्डकी प्रदेश समितिको प्रथम अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै उनले एक÷दुई दिनमै सरकार विस्तार भएर पूर्णता पाएसँगै विकासलाई अघि बढाइने बताए । महासचिव गुरुङले स्वास्थ्य, शिक्षा, रोजगार, आवासजस्ता जनताका मौलिक हक अधिकार पूरा गर्नुपर्ने दायित्व राज्यको भएको स्पष्ट पारे । उनले भने, “मौलिक हकको कार्यान्वयनका लागि मुद्दामा समानता हुने… पुरा पढौ

समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्छ : अध्यक्ष ओली

बुटवल । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि परिपूर्ण लोकतन्त्र हुनुपर्नेसमेत बताएका छन् । एमालेले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत आज रुपन्देही पार्टीले बुटवलमा आयोजना गरेको विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा लोकतन्त्र राजनीतिक अधिकारको क्षेत्रमा मात्र नभएर आर्थिक, सामाजिक, सांस्कृतिकलगायत सम्पूर्ण क्षेत्रमा अवसर प्राप्त हुनुपर्ने बताए । उनले लोकतन्त्रप्रति प्रतिबद्ध, शान्ति, स्थिरता र स्थायित्वमा विश्वास नगर्ने शक्तिबाट देश विकास हुन नसक्ने बताए । उनले स्पष्ट दृष्टिकोण भएको, देश बनाउने दृष्टिकोणसहितको सङ्कल्प… पुरा पढौ

सामुदायिक वन अन्नपूर्णमा अधिकारी

चैत १५ पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ अन्नपूर्ण गाउँपालिकाको दोश्रो अधिवेशनले बाबुराम पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । पाँच बर्षे कार्यकाल रहेको सो समितिको उपाध्यक्षमा दुर्गाप्रसाद पौडेल,पूर्णकुमारी क्षेत्री, कोषाध्यक्षमा गिता पौडेल, सदस्यहरुमा दर्गादत्त दाहाल, शोभाखर अधिकारी, हरिमाया अधिकारी र सुभित्रा गुरुङ रहनु भएको छ । बाँकी सदस्य समितिको बैठकले मनोनित गर्ने छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा लक्ष्मी दाहाल, लक्ष्मी सुवेदी, दिलमाया सुनारा, राधा अधिकारी, नारायणप्रसाद पौडेल, हरिबहादुर केसी, प्रमेवहादुर केसी, चेतभक्त लम्साल र… पुरा पढौ

११ औं आलु महोत्सवको तयारी तिव्र

चैत १५ पोखरा । बिष्णु पादुका क्लब पोखरा–२५ हेमजाको आयोजनामा हुने ११ औं राष्ट्रिय ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ को तयारी तिव्र पारिएको छ । यही चैतको अन्तिम सातादेखि शुरु हुने महोत्सवलाई आयोजकले तिव्र पारेको हो । क्लवले महोत्सवको तयारी स्वरुप बुधबार मुल आयोजक समिति सल्लाहकार तथा उपसमिति सँग छलफल गरेको छ । महोत्सवलाई कृषकको महोत्सव बनाउन कृषि बिकास निर्देशनालय गण्डकी प्रदेश लगायत कृषि ज्ञान केन्द्र तथा कृषि सञ्जालसँग छलफल भई रहेको महासचिव बसन्त कुमार श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

पोयुसाँपद्वारा स्थापित अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार किरण खरेललाई

पोखरा, चैत १५ अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवार ९पोयुसाँप०ले नेपाली गीत, संगीतका धरोहर अम्बर गुरुङको स्मृतिमा स्थापना गरेको अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार गीतकार किरण खरेललाई अर्पण गरिने भएको हो । साहित्यकार सरुभक्तको संयोजकत्वमा तीर्थ श्रेष्ठ र विक्रम गुरुङसहित पोयुसाँपका अध्यक्ष उपेन्द्र पौडेल र सचिव चैतन्य अधिकारी पदेन सदस्य रहेको पुरस्कार छनौट समितिले खरेललाई पुरस्कार अर्पण गर्न सिफारिस गरेको थियो । सोहि सिफारिसलाई पोयुँसापको बैठकले पारित गरेको पोयुसाँपका… पुरा पढौ

तमु ह्युल छोंज धींको तेह्रौं केन्द्रिय पार्षदसभा पोखरामा

पोखरा । तमु ह्युल छोंज धींको गुरुङ राष्ट्रिय परिषद तेह्रौं केन्द्रिय पार्षदसभा पोखरामा हुने भएको छ । यहि चत्रै १८ र १९ गते तेह्रौं केन्द्रिय पार्षदसभा पोखरामा हुने बुधवार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । पार्षदसभामा देशभरिका विभिन्न जिल्ला तथा प्रदेश समितिहरु, विशेष सदस्य संगठनहरु, आबद्ध तमू संघसंस्थाहरुबाट र संस्थाका संरक्षक परिषद, केन्द्रीय सल्लाहकारहरु, निर्देशन तथा अनुगमन समिति सदस्यहरु गरि करिब छ सय जना प्रतिनिधिहरुको सहभागितामा सम्पन्न गर्ने तयारी पुरा भइसकेको तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष… पुरा पढौ