समाचार

पर्वतमा दीर्घरोगी राहतबाट बञ्चित

सरकारले दीर्घरोगीलाई रु पाँच हजार राहत दिने निर्णय गरेको भए पनि पाउन सकेका छैनन् । मासिक उपलब्ध गराउने राहत रकम नपाउँदा लाभग्राही निराश बनेका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७८ भदौ २५ गते दीर्घरोगीलाई मासिकरूपमा रु पाँच हजार रकम दिने निर्णय गरेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७८ चैत २८ गते परिपत्र गर्दै कार्यविधि सबै स्थानीय तहलाई पठाएको थियो । सरकारले बजेटमै समावेश गरेर सो निर्णय गरेको भए पनि स्थानीय तहले त्यसलाई कार्यान्वयन नगर्दा दीर्घरोगी उक्त सुविधाबाट बञ्चित… पुरा पढौ

हिमाली उत्पादनको प्रशोधन र ब्रान्डिङमा चासो बढ्दै

हिमालपारिको जिल्ला मुस्ताङ कृषि उत्पादनका धेरै सम्भावनायुक्त जिल्ला हो । यहाँ उत्पादन हुने स्याउ, खुपार्नी, फापर, उवा, आलुदेखि जिम्बुलगायतका वस्तुको बजारमा निकै माग हुने गरेको छ । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरभन्दा माथि उत्पादन हुने यहाँका हरेक फलफूल, अन्न तथा जडीबुटी स्वास्थ्यवद्र्धक एवं बहुपोषणयुक्त मानिन्छ । विगतमा यहाँका उत्पादनले बजार नपाउँदा गाउँमै कुहिएर फाल्नुपरेको वास्तविकतामा स्थानीय जागरुकतासँगै गर्न थालिएको तिनीहरूको प्रशोधन तथा प्याकेजिङ यतिखेर मुस्ताङ्गीका लागि बरदान सावित भएको छ । स्थानीय उत्पादन प्रशोधन तथा ब्रान्डिङमा स्थानीय पालिकाले… पुरा पढौ

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेका कारणले रुघाखोकी भनेर बेवास्ता नगर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । ज्वरो आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, टाउको दुख्ने, घाँटी दुख्ने वा खसखस हुने, गन्ध थाहा नहुने, थकान महसुस हुनेजस्ता रुघाखोकीका लक्षण देखिए भने कोरोना भाइरसको परीक्षण गराउन मन्त्रालयको आग्रह गरेको छ । कोरोना भाइरस सङ्क्रमण र रुघाखोकीको लक्षण मिल्दाजुल्दा देखिएकाले सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयले आग्रह गरेको हो । भारतको उत्तरप्रदेशमा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै नेपालमा पनि कोरोना भाइरसको सङ्क्रमण बढ्न… पुरा पढौ

आज चैते दशैँ मनाईंदै : गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज चैते दशैँ मनाईंदैछ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दशैँ मनाउने गरिन्छ । वर्षमा चार नवरात्र पर्छन् । असार र पुस शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रूपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको… पुरा पढौ

अन्नपुर्ण बाल तथा महिला हस्पिटलको शिविरमा ८३ जना लाभान्वित

पोखरा । अन्नपूर्ण बाल तथा महिला हस्पिटलमा एक दिने नि:शुल्क स्वास्थ शिबिर सम्पन्न भएको छ । शिविरमा नवजात शिशु तथा बालरोग बिशेषज्ञ डा.राजन पौडेल, बालरोग बिशेषज्ञ डा.बिधान घिमिरेले सेवा दिएका थिए । शिविरमा ज्ञान गङ्गा एकेडेमी,पोखरा–१४ का ६५ जना बालबालिका र १८ जना सर्ब–साधरण गरि ८३ जनाले स्वास्थ्य सेवा लाभ लिएको अस्पताल का निर्देशक सन्तोष पाण्डेले जानकारी दिए । सो अवसरमा बोल्दै अस्पतालका निर्देशक पाण्डेले अन्नपूर्ण बाल तथा महिला हस्पिटल छिटो, छरितो र गुणस्तरीय सेवा दिन प्रतिबद्धता रहेको बताए । पुरा पढौ

भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय कप फुटबलको फाइनलमा

काठमाण्डौं । भुटानसँग बराबरी खेल्दै नेपाल प्रधानमन्त्री त्रिदेशीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले भुटानसँग १–१ गोलको बराबरीमा खेलेको हो । खेलमा पहिलो अग्रता भने भुटानले लियो । फितलो प्रदर्शन गरेको नेपालले खेलको पहिलो हाफमा नै एक गोल खायो । खेलको २० औँ मिनेटमा नै भुटानले अग्रता लियो । भुटानका दावा छिरिङको कर्नरमा तेन्जिङ नोर्बुले हेडमार्फत गोल गरे । एक गोल फर्काउन पनि नेपाललाई खेलको ९० औँ मिनेट कुर्नुप¥यो । खेलको ९०… पुरा पढौ

यू–१२ लागि जापान जान लागेको टोलीलाई राष्ट्रपती पौडेलद्वारा विदाई

पोखरा । नेपालको प्रतिनिधित्व गर्दै पोखरा २६ स्थित बिजी फुटबल एकेडेमीबाट जापान जान लागेको यू–१२ फुटबल टोलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले एक कार्यक्रमका विच विदाई गरेका छन् । जापानको राजधानी टोकियोमा आगामी मार्च ३१ देखि अप्रिल २ सम्म हुने कोपातोरेरोस जुनियर फुटबल च्याम्पियनसिप तथा अप्रिल ४ देखि ६ तारिख सञ्चालन हुने नेशन कपमा सहभागि हुन जान लागेको टिमलाई राष्ट्रपति पौडेलले सितल निवासमा आयोजित एक कार्यक्रमका विच विदाई गरेका हुन् । नेपाली टोली एक वर्ष अघि पोखरामा पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले… पुरा पढौ

मिटरब्याजलाई अपराध मानेर कानून बनाउने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौं । सरकारले मिटरब्याजलाई अपराध मान्दै कानूनी दायरामा ल्याउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले मिटरब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन मुलुकी अपराध संहिता, २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । प्रधानमन्त्रीका प्रेसविज्ञ मनोहरि तिमल्सिनाका अनुसार मिटरब्याजीलाई अपराधको रूपमा लिएर आवश्यक कानून बनाउने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । बैठकले मिटरब्याजलाई अपराध मानेर कानून बनाउँदै पीडकलाई आवश्यक कारबाही गर्ने गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । उक्त प्रयोजनका लागि अपराध संहिता संशोधन गर्न… पुरा पढौ

वडाध्यक्ष बरालजोडी वडाध्यक्ष कप व्याडमिण्टनको फाइनलमा

चैत १४ पोखरा । रुद्रनाथ बराल र अशोक श्रेष्ठको जोडी पोखरा महानगरपालिका वडा नम्बर ८ स्तरिय व्याडमिण्टन प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । वडा नम्बर ८ को आयोजना तथा युनिक व्याडमिण्टन क्लवको संयोजनमा सिर्जनाचोकस्थित बराल सामुदायिक भवनको हलमा मंगलबारदेखि शुरु प्रतियोगितामा भेट्रान्सतर्फको डबल्समा वडाध्यक्ष समेत रहेका बरालको जोडीले फाइनलमा स्थान बनाएको हो । बराल जोडीले पहिलो खेलमा श्रीराम घिमिरे र कर्मा लामालाई तथा दोश्रो खेलमा रामकृष्ण तिमिल्सीना र गंगाबहादुर सुवेदीको जोडीलाई पराजित गरेको थियो । अब यो जोडीले उपाधीका लागि… पुरा पढौ

गण्डकी सरकारद्वारा करण केसीसहित चार क्रिकेट खेलाडीलाई नगद ५०\५० हजारसहित सम्मान

पोखरा, चैत १४ गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशबाट प्रतिनिधित्व गरी अन्र्तराष्ट्रिय प्रतियोगितामा खेल्ने चार जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नेपाली राष्ट्रिय क्रिकेट टोलीका एक सदस्य तथा १९ वर्ष मूनिको राष्ट्रिय टिमका तीन सदस्य गरी कुल चार जना क्रिकेट खेलाडीहरुलाई नगद ५०÷५० हजारसहित सम्मान पत्र र खादा ओढाएर सम्मान गरेको हो । सम्मानित हुनेमा आईसिसी लिग डिभिजन लिग टु खेलेर नेपाललाई आईसिसी वल्र्डकप २०२४ को क्वालिफाईङमा पु¥याउन सफल नेपाली राष्ट्रिय… पुरा पढौ