समाचार

नेपाल कम्युनिष्ट पार्टीको ‘सामना जनसङ्गीत अभियान’ जारी

पोखरा । गत फागुन २७ गते नुवाकोटको ककनीबाट सुरु भएको ‘सामना जनसङ्गीत अभियान’ धादिङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, बागलुङ हुँदै पश्चिमरुकुम पुगेको छ । मध्यपहाडी लोकमार्ग छेउछाउका गाउँबस्ती र सहरलाई समेटेर नेपाल कम्युनिष्ट पार्टीले उक्त साङ्गीतिक अभियान चलाएको हो । अभियानमा अखिल नेपाल जनसांस्कृतिक महासङ्घअन्तर्गत सामना सांस्कृतिक परिवारका २० कलाकार सहभागी छन् । अभियानको नेतृत्व सामनाका अध्यक्ष आरोहले गरिरहेका छन् । कला र गीत–सङ्गीतकामार्फत जनतालाई जागरुक र सुसूचित गर्न अभियान थालिएको सामनाका अध्यक्ष आरोहले बताए । जाजरकोट, सुर्खेत हुँदै अभियानमा… पुरा पढौ

गाउँपालिकाले सरकारी विद्यालयमा पढाउनेलाई निः शुल्क स्वास्थ्य बीमा

तनहुँ । तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिकाले सरकारी विद्यालयमा छोराछोरी पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा प्रदान गर्ने भएको छ । यसअघि गाउँपालिकाले सिफारिस दस्तुरमा ३० प्रतिशत छुट दिँदै आएको थियो । गाउँपालिकाले जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य सरकारी विद्यालयमा पठनपाठन गराउने निर्णय गरेको थियो । गाउँपालिकाको वडा नं ४, ५ र ६ का सरकारी विद्यालयमा पढाउने परिवारलाई निःशुल्क स्वास्थ्य बीमाको सुविधा दिन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । “पहिलो चरणमा दुर्गम क्षेत्रका बासिन्दालाई प्राथमिकता दिन लागेका हाँै”, उनले भने, “स्वास्थ्य… पुरा पढौ

शान्तिपाटन बचत तथा ऋण सहकारीको रक्तदान कार्यक्रममा ३२ युनिट रगत संकलन

पोखरा । शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको १५ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको शान्तिपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मोहन बहादुर कार्कीले बताए । जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षतामा पोखरा ६ शान्तिपथ स्थित भटट्राई पोल्ट्री फर्मको प्राङगणमा भएको कार्यक्रम रक्तदाता विनोद आचार्यलाई ब्लड ब्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरिएको थियो । स्वाथ्य जीवनका लागि रक्तदान, पुण्यका लागि रक्तदान’ भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयोजना… पुरा पढौ

न्यायालयको मर्यादाक्रमसम्बन्धी ल्याइएको विधेयकप्रति बारको विरोध

काठमाण्डौं । नेपाल बार एसोसिएसनले राज्यको प्रमुख अङ्गका रुपमा रहेको न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदल शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर छ । बारका महासचिव अन्जिता खनालले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिकाको नेतृत्वको मर्यादाक्रममा ल्याइएको फेरबदर शक्ति पृथकीकरणको सिद्धान्त, संविधानको मर्म र प्रचलन विपरीत रहेको ठहर गरिएको उल्लेख छ । प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मस्यौदामा हुन गएको गम्भीर त्रुटिलाई यथाशीघ्र परिमार्जन गरी सच्याउन नेपाल सरकार, सङ्घीय संसद्लगायत सरोकारवाला सबै निकायहरुको नेपाल बार एसोसिएसन ध्यानाकर्षण गराउँदछ… पुरा पढौ

३२ बुदेँ निर्णय गर्दै सकियो जिसस कास्कीको छैटौं जिल्ला सभा

चैत १३ पोखरा । जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभा ३२ बुदेँ प्रस्तावित कार्यक्रम तथा निर्णय गरी सम्पन्न भएको छ । जिसस सभाहलमा सोमबार बसेको जिल्ला समन्वय समिति कास्कीको छैटौं जिल्ला सभाले नेपाल सरकार, प्रदेश सरकार तथा स्थानिय तहबाट भईरहेका विकासका आयोजनाहरु, अन्य निर्माण कार्य, राष्ट्रिय गौरवका आयोजना र रुपान्तरणकारी आयोजनाहरुको निर्माण कार्य तोकिएको समयमा सम्पन्न गर्न आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । विपद् बाट उत्पन्न हुने जनधनको क्षेतीलाई न्यूनिकरण गर्न आवश्यक पूर्व तयारी, खोज तथा उद्धार र… पुरा पढौ

फेकोफन माछापुच्छ्रेको अध्यक्षमा ढुङगाना

चैत १३ पोखरा । सामुदायिक वन उपभोक्ता महासंघ माछापुच्छ्रे गाउँपालिकाको दोश्रो अधिवेशनले धर्मराज ढुङ्गानाको अध्यक्षतामा दश सदस्य नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ । सो समितिको उपाध्यक्ष बाबुराम तिमिल्सिना, सचिव मालती अधिकारी, कोषाध्यक्षमा पार्वती अधिकारी सदस्यहरुमा यमुना भुजेल,गौरी पौडेल, उमानाथ अधिकारी निर्वाचित भएका छन् । बाँकी सदस्य पछि मनोनित गरिने बताइएको छ । अधिवेशनले प्रदेश प्रतिनिधिमा सोमबहादुर भुजेल, मार्कण्य अधिकारी,बलराम ढुङ्गाना, गुरुदत्त अधिकारी, गिता अधिकारी, गिता बराल, गायत्री अधिकारी, बुद्धिमाया अधिकारी एवम् जिल्ला प्रतिनिधिमा चुडामणी अधिकारी, खिमलाल अधिकारी,दाताराम अधिकारी,… पुरा पढौ

रंगमञ्च दिवसमा प्रेस क्लबको अन्तरक्रिया

चैत १३ पोखरा । प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शिर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामुहिक प्रयासमा पोखराको रंगमञ्चलाई थप व्यवस्थित गर्नुपर्नेमा वत्ताहरुले जोड दिए । अहिले भइरहेका गतिविधिमा मात्र सन्तुष्ट नभई भएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्न सकेमा यसको भविष्य सुन्दर हुन सक्ने उनीहरुको भनाई थियो । उनीहरुले नाटक क्षेत्रमा लाग्ने रंगकर्मीको दक्षता वृद्धि गर्न पोखरामा नाटक सम्बन्धी अध्ययन… पुरा पढौ

प्रधानमन्त्रीको चासोपछि समयमै पाउने भए विद्यार्थीले पुस्तक

हरेक वर्ष नयाँ शैक्षिकसत्र नजिकिँदै गर्दा विद्यार्थीले पाठ्यपुस्तक पाउने हुन् कि होइनन् भन्ने चिन्ता हरेक अभिभावकलाई हुने गर्दथ्यो । शैक्षिकसत्रको आधाआधी समयसम्म पनि विद्यार्थीले पुस्तक नपाएको गुनासो सदनदेखि सडकसम्म दोहोरिने हरेक वर्षको नियती जस्तै थियो । छपाइको जिम्मेवारी पाएका निकायले पनि टालटुले जवाफ दिएर पन्छने गरेका थिए । सर्वत्र विरोध, चासो र चिन्ता हुँदा पनि तालुकदार निकायले पनि स्पष्ट जवाफ दिने गरेको थिएन । तर, यसपटक अवस्था फेरिने विगतको जस्तो अवस्था नदोहोरिने उनीहरुको दाबी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’… पुरा पढौ

दोहोरो अङ्कले बढ्यो नेप्से

यो साता कारोबारको पहिलो दिन उच्च अङ्कले घटेको पुँजीबजारमा आज दोस्रो दिन भने दोहोरो अङ्कको वृद्धि देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ७० प्रतिशतले बढेर एक हजार नौ सय ६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६१ वटा कम्पनीको ४३ लाख आठ हजार छ सय ४५ कित्ता शेयर ३६ हजार नौ सय ८० पटक खरिद बिक्री हुँदा रू एक अर्ब ३८ करोड २७ लाख ६७ हजार नौ सय बराबरको कारोबार भएको छ… पुरा पढौ

निशुल्क आखाँ शिविरमा १ सय ८२ जना पत्रकारको आँखा जाँच

पोखरा । नेत्र ज्योति संघको आयोजना र नेपाल पत्रकार महासंघको समन्वयमा सोमबार आयोजना गरिएको एक दिने निशुल्क आँखा शिविरमा १ सय ८२ जना पत्रकारको आखाँ चेकजाँच गरिएको छ । पत्रकार महासंघ कास्की परिसरमा महासंघको ६७ औं स्थापना दिवस र नेत्रज्योति संघको ४५ औं स्थापना दिवसको अवसर पारी सोमबार सो शिविर गरिएको हो । जस अनुसार चेकजाँचमा सहभागी मध्ये ३५ जनालाई चस्मा वितरण गरिएको छ भने १ सय ५ जनालाई औषधी वितरण गरिएको नेत्रज्योति संघ कास्की सचिव सुरेन्द्र थापाले बताए ।… पुरा पढौ