समाचार

जसपाको विधान अधिवेशन व्यवस्थापन समितिको बैठक

जनता समाजवादी पार्टी, नेपाल (जसपा)को विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज दिउँसो बस्ने भएको छ । पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य प्रकाश अधिकारीको संयोजकत्वमा रहेको व्यवस्थापन समितिको बैठक आज दिउँसो साढे १२ बजे बस्न लागेको हो । आज बस्ने बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल गरिने पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । यसैगरी जसपाले चैत १५ गतेभित्र विधानको मस्यौदामाथि सुझाव पठाउन मातहत समितिलाई निर्देशन दिइसकेको छ । जसपाले यही चैत २७, २८… पुरा पढौ

वृद्धभत्ता पाउने उमेरमा नागरिकता !

बझाङमा मानवबस्तीको अन्तिम गाउँ हुन् साइपालका बलौडी र धुली । सेतीको मुहान नजिकै ठीक वारिपारि भएका दुई गाउँको सम्बन्ध नदीको बहाब घटेपछि मात्रै जोडिन्छ । नदीले छिमेकी दुई गाउँको भाषा, पहिरन, चालचलन, संस्कार, संस्कृति पनि छुट्याइदिएको छ । नियमित दुई गाउँको सम्पर्क नहुँदा यो अवस्था सिर्जना भएको हो । साइपाल गाउँपालिका–५ मा पर्ने बलौडीकी स्थानीय हुन् केउडी बोहरा । उनीको उमेर एक हप्तापछि ठीक ६८ वर्ष पुग्दैछ । जन्मिएको ६७ वर्ष ११ महिना २१ दिन (जन्मः २०१२ वैशाख १३) पछि… पुरा पढौ

आजको मौसम: मेघगर्जन, चट्याङसहित वर्षा

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी, असिनासहित क्षणिक हल्कादेखि मध्यम वर्षाकोे सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली रही पहाडी भू–भागका थोरै स्थानमा तथा… पुरा पढौ

एन्फा कास्कीका अध्यक्ष रञ्जितलाई पितृशोक

कास्की जिल्ला फुटवल सघ (एन्फा कास्की) का अध्यक्ष उज्वल रंजितलाई पितृशोक परेको छ । अध्यक्ष रञ्जितका पिता लक्ष्मण रञ्जितको ७८ वर्षको उमेरमा हिजो साँझ निधन भएको हो । रञ्जित विगत केहि समयदेखि मिर्गौला रोगबाट पीडित थिए । स्वर्गिय रञ्जितको आज अन्त्येष्टी गरिने पारिवारिक श्रोतले जनाएको छ । आज सोमबार विहान ९बजे रञ्जित निवास पोखरा १० रामबजार कृष्णमन्दिरबाट शवयात्रा शुरु भई रामघाटमा लगेर अन्त्येष्टी गरिने जनाइएको छ । स्वर्गिय रञ्जितका एन्फा कास्कीका अध्यक्ष उज्वलसहित,३ छाोरा २ छोरी तथा श्रीमती छन । पुरा पढौ

पेट्रोलियम पदार्थको आगो निभाउने उपाय सिकाँउदै आरएनए–१६

चैत ६ भक्तपुर । रेस्क्यू एण्ड अवेयरनेस–१६ डिजास्टार (आरएनए–१६) ले भक्तपुरका विभिन्न स्थानमा आगलागी सम्बन्धी कृतिम अभ्यास कार्यक्रम गरेको छ । प्राकृतिक प्रकोप, आत्मरक्षा लगायतका क्षेत्रमा कार्यहरु गर्र्दै आएको आरएनए–१६ नामक संस्थाले सामुदायिक प्रहरीसँगको सहकार्यमा भक्तपुरको मध्यपुर थिमीका विभिन्न क्षेत्रमा पेट्रोलियम पदार्थबाट हुने आगलागी निभाउने उपायका बारेमा समुदाय स्तरमा कृतिम अभ्यास सहितको तालिम प्रदान गरेको हो । पछिल्लो समय खाना पकाउने ग्याँस सिलिण्डर र आत्मदाहका घटनाहरु बढिरहेको अवस्थामा अपनाउन पर्ने सुरक्षा र उद्दारका लागि गर्न सकिने प्रयासका बारेमा जानकारी गराइएको… पुरा पढौ

केही दिनभित्रै सरकारलाई पूर्णता पाउँछ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । अबको केही दिनभित्रै सरकारलाई पूर्णता दिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएलगत्तै उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले सरकारलाईं पूर्णता दिनका लागि सरकारलाई समर्थन गरेका सबै दलहरुसँग मंगलबार बिहानबाटै छलफल सुरु गर्ने पनि जानकारी दिए । उनले आफूले पाएको विश्वासको मत पर्याप्त रहेको र अव सरकार काममा केन्द्रित हुने बताए । पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड तीन महिनामा दोश्रो पटक विश्वासको मत लिन सफल

चैत्र ६ काठमाण्डौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट तीन महिनामा दोश्रो पटक विश्वासको मत लिन सफल भएका छन् । प्रधानमन्त्री प्रचण्डले सोमबार बसेको प्रतिनिधि सभाको बैठकबाट दोस्रो पटक विश्वासको मत लिएका हुन् । प्रतिनिधि सभा बैठकमा भएको मतदानामा दाहालको पक्षमा १७२ मत परेको थियो भने विपक्षमा ८९ मत मत परेको थियो । संसदमा सांसदहरुको मत विभाजनको आधारमा मतदान हुँदा प्रचण्डलाई बहुमत प्राप्त भएको हो । सोमबारको बैठकमा उपस्थित २६२ सांसद उपस्थित थिए र जसमा नेमकिपा ’मत दिन्न’ भन्ने पक्षमा… पुरा पढौ

पत्रकार मिश्र नेपाल उद्योग वाणिज्य महासंघद्वारा सम्मानित

चैत ६ पोखरा । पत्रकार बासुदेव मिश्र नेपाल उद्योग वाणिज्य महासंघबाट सम्मानित भएका छन् । पत्रकारिताको माध्यमबाट नीजि क्षेत्रका एजेण्डा मुखरित गर्ने काम गरेको भन्दै संस्थाका सचिवालय कर्मचारी समेत रहेका पत्रकार मिश्रलाई नगद सहित सम्मान गरिएको हो । मिश्रलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दोसल्ला आढाई सम्मानपत्र र नगदले सम्मान गरेको हो । पत्रकार मिश्रसंगै कर्मचारी निशान खनाल, कोषध्यक्ष श्रवणकुमार जोशी, उपाध्यक्ष ओमप्रसाद पौडेल र स्थापनाकाल देखी नै संस्थामा योगदान दिएका मोति प्रसाद पौडेललाई सम्मानपत्र, दोसल्ला र नगदले सम्मान… पुरा पढौ

‘आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार नै राजनैतिक स्थिरता हो ’: प्रदेश प्रमुख पृथ्वीमान गुरुङ

चैत ६ पोखरा । नेपाल उद्योग वाणिज्य महासंघको गण्डकी प्रदेश छैटौं प्रदेशसभा सम्पन्न भएको छ । प्रदेसशभाको उद्घाटन सत्रमा बोल्दै गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उद्योग व्यवसायसंगै आर्थिक क्षेत्र फस्टाउने महत्वपूर्ण पूर्वाधार राजनैतिक स्थिरता रहेको बताए । उनले मुलुकको उद्योग व्यवसाय तथा वाणिज्य लगायत क्षेत्रले राज्यलाई ठूलो सहयोग गर्ने स्वतन्त्र निकाय रहेपनि राज्यले उचित नीति बनाउन नसक्नु दुःखदायी रहेको सुनाए । उनले देशमा राजनैति अस्थिरताका कारण कुनैपनि पुँजीवादीले लगानी गर्न नखोज्दा अर्थतन्त्र धरातलमा पुगेको स्पष्ट पारे । ‘उद्योग व्यवसाय… पुरा पढौ

हेम्जामा हुने आलु महोत्सवलाई युवाले सघाउने प्रतिबद्धता

चैत ६ पोखरा । यही चैतको अन्तिम साता पोखराको हेमजामा हुने ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०७९ लाई हेमजाका यूवाहरुले सघाउने भएका छन् । यही चैत २६ देखि वैशाख ३ गतेसम्म सञ्चालन हुने महोत्सवलाई सघाउने उनीहरुले प्रतिवद्धता व्यक्त गरेको हुन् । महोत्सव मूल आयोजक समितिले सोमबार राखेको युवाको भेलाका सहभागीले आलु महोत्सव समग्र हेमजाको पहिचानसँग जोडिएको भन्दै त्यसलाई सफल बनाउन सहकार्य गर्ने बताए । कार्यक्रममा हेमजा युनाइटेडका अध्यक्ष राजेस त्रिपाठी, युवा रेडक्रस सरकल हेमजाका अध्यक्ष अनिल पौडेल, अम्बिका मा.बि शिक्षक… पुरा पढौ