समाचार

पोखरा स्पोर्टस् अवार्डलाई पुन परिवारको साथ

चैत ६ पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा संचालन हुने सातौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड–२०७९ लाई सफल पार्न पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारले सघाउने भएको छ । शुक्रबार अवार्ड अन्र्तगत ‘उत्कृष्ट खेल पत्रकारिता पुरस्कार’ शिर्षकमा प्रायोजना गर्ने गरि स्व.सेनानी पुन परिवार र मञ्चविच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा स्व. पुन परिवारको तर्फबाट नाति नविन पुन र मञ्चका अध्यक्ष दीननाथ बरालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उत्कृष्ट खेल पत्रकारिताको पुरस्कार… पुरा पढौ

सरकार शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउने प्रयासमा छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले अविलम्ब शान्ति प्रक्रियाका सम्पूर्ण काम टुङ्ग्याउन सक्रियताका साथ लागेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत लिनुपूर्व सम्बोधन गदैँ उनले यसका लागि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप ऐन, २०७१ संशोधनका लागि विधेयक तयार गरी संसदमा पेश गरिसकेको बताए । अन्तर्राष्ट्रिय मानवअधिकार तथा मानवीय कानुन, संक्रमणकालीन न्यायका मान्य सिद्धान्त, पीडित तथा सरोकारवालाबाट प्राप्त सुझाव र सर्वोच्च अदालतका आदेशसमेतको आधारमा विधेयक अघि बढाइने उनको भनाइ छ । “यो कुनै दलविशेषको मुद्दा वा… पुरा पढौ

पर्वतमा जग्गा कारोबार ठप्प

पर्वतमा जग्गा वर्गीकरणमा ढिलाइ हुँदा झण्डै १० महिनादेखि जग्गाको कारोबार ठप्प बनेको छ । जिल्लाका स्थानीय तहहरूले जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटदेखि खरिद बिक्रीलगायत कारोबार गत असारदेखिनै ठप्प बनेका हुन् । कतिपय पालिकाले भूउपयोग कार्यान्वयन समिति गठन गरे पनि केही पालिकाले गठनसमेत गर्न सकिरहेका छैनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्देशिका र परिपत्रबमोजिम स्थानीय तहहरुले वर्गीकरणको काम थालनी गर्न नसक्दा जग्गाको कारोबार हुन नसकेको हो । भूउपयोग ऐन २०७६ र नियमावली २०७९ मा जग्गाको वर्गीकरण गरेपछि मात्रै… पुरा पढौ

प्रधानमन्त्री दाहालले विश्वासको मत लिदै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदै छन् । उनले प्रधानमन्त्री भएपछि संसद्बाट दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् । प्रतिनिधिसभाको आज दिउँसो १ बजे बस्ने बैठकबाट उनले विश्वासको मत लिनुहुने संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत… पुरा पढौ

स्ववियु निर्वाचन सम्पन्न गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्थगन भएका क्याम्पसमा यही चैत १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० निर्वाचन गर्न निर्देशन दिएको छ । त्रिविका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाले चैत १२ गतेदेखि परीक्षा सञ्चालन हुन भएकाले सोभन्दा अगाडि नै रोकिएका क्याम्पममा स्ववियु निर्वाचन गर्न निर्देशन दिएका छन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका हुन् । “स्थगन भएका क्याम्पस÷कलेजमा पनि आगामी चैत १२ गतेदेखि सञ्चालन हुन गइरहेको परीक्षालाई मध्यनजर गरी सोअगावै आपसी समझदारी कायम गर्दै कसैको हारजित… पुरा पढौ

प्रविधि मैत्री शिक्षक समाज डिजिटल पेडागोजी सम्बन्धी एकदिने कार्यशाला सम्पन्न

पोखरा । प्रविधि मैत्री शिक्षक समाज नेपाल गण्डकी प्रदेशले Digital pedagogy for ICT and 21st century skills Integration सम्बन्धी एकदिने कार्यशाला सम्पन्न गरेको छ। प्रविधिमैत्री शिक्षक समाज नेपालका महासचिव देवीप्रसाद शर्माले कार्यक्रममा स्वागत गर्दै शिक्षकका लागि प्रविधिमा पहुँच पुर्याउन, बदलिँदो समय अनि हालै परिवर्तन भएको विद्यालय तहको पाठ्यक्रम मात्र नभएर उच्च शिक्षामा आजको प्रविधिलाई सिकाइमा जोड्न र प्रविधिका नवीनतम् आयामका बारेमा जानकारी दिने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए । कार्यक्रमका प्रमुख अतिथि पोखरा महापालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले कार्यक्रमको… पुरा पढौ

पोखरा र घोराही उपमहानगरबीच अनुभव आदानप्रदान

पोखरा । पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समितिबीच न्याय सम्पादनका अनुभव आदानप्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डिसी र पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जु गुरुङले न्याय सम्पादनबारे आ–आफ्ना अनुभव आदानप्रदान गरेका हुन् । उपप्रमुख डिसीको टोलीमा घोराही उपमहानगरपालिका प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडासदस्यहरु धर्मराज चौधरी, मोहनराज आचार्य, उपेन्द्र अङ्गेली, ओमप्रकाश बस्नेत, गोपाल खड्का, तारा पुरी लगायतको सहभागिता रहेको थियो । उक्त टोलीले पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसँग पोखरा महानगरपालिकामा न्याय सम्पादनमा भइरहेका असल अभ्यास,… पुरा पढौ

राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई मञ्चले सम्मान गर्ने

पोखरा । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले राष्ट्रिय क्रिकेट टोलीका सदस्य करन केसीलाई सम्मान गर्ने भएको छ । मञ्चको आइतबार बसेको सचिवालय बैठकले करनलाई नगदसहित सम्मान गर्ने भएको हो । सो बारे जानकारी दिंदै मञ्चका महासचिव कृष्ण तिमिल्सिनाले नेपालमा हालै सम्पन्न लिग टु क्रिकेट प्रतियोगितामा बिजयी बनाउन महत्वपूर्ण भूमिका खेल्ने नेपाली राष्ट्रिय टिमका सदस्य करनलाई नगद २० हजारसहित दोसल्ला र प्रमाणपत्रले सम्मान गर्ने बताए । महासचिव तिमिल्सिनाले भने–“लामो समय देखि गण्डकी प्रदेशका खेलाडी समेत रहेका करनले… पुरा पढौ

प्रेस सेन्टर कास्कीको साधारणसभामा पत्रकार भुसाल पुरस्कृत, जनपक्षिय पत्रकारितामा जोड

पोखरा । पोखराका कृयाशील पत्रकार विभु भुसाल पुरस्कृत भएका छन् ।प्र्रेस सेन्टर नेपाल कास्कीको वार्षिक साधारणसभाका अवसरमा आयोजित कार्यक्रममा सेन्टरले सञ्चालन गर्दै आएको ‘थमन महेश स्मृति पत्रकारिता पुस्कार’बाट भुसाल पुरस्कृत भएका हुन् । जनपक्षिय पत्रकारितामा दुई दशकदेखी क्रियाशील पत्रकार भुसाललाई नेकपा-माओवादी केन्द्र)का महासचिव देव गुरुङ,सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा, कास्कीका अध्यक्ष कृष्ण दवाडी लगायतले सो पुरस्कार अर्पण गरे । पुरस्कार राशी रु २५ हजार एक रहेको छ । सोही अवसरमा पोखराका अग्रज पत्रकारहरु कोमलनाथ बराल, कुशुमकेशव पराजुली, नारायण भट्टराई, विश्वप्रकाश… पुरा पढौ

दोस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगिताः २५ पदकसहित ऋषिङपाटन च्याम्पियन

पोखरा । तनहुँको भिमादमा सम्पन्न दोस्रो जिल्ला स्तरिय आईटिएफ तेक्वान्दो प्रतियोगितामा ऋषिङपाटन एकेडेमी टिम च्याम्पियन बन्न सफल भएको छ । तनहुँ जिल्ला आईटिएफ संघको आयोजनामा शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा कुल २५ पदक हात पार्दै ऋषिङपाटन एकेडेमी टिम च्याम्पियन बन्न सफल भएको कार्यक्रम संयोजक तथा तनहुँ जिल्ला आईटिएफ संघका अध्यक्ष आकाशचन्द्र घर्तीमगरले जानकारी दिए । उनका अनुसार ऋषिङपाटन एकेडेमीले १० स्वर्ण ८ रजत र ७ काश्य प्राप्त गरेको हो । त्यसैगरि प्रतियोगितामा भिमाद एकेडेमीले ३८ पदक सहित… पुरा पढौ