समाचार

होलीको रङ जस्तै समाज पनि विविधतापूर्ण छः प्रदेश प्रमुख गुरुङ

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरुपमा विविधतापूर्ण रहेको बताएका छन् । फागुपूर्णिमा (होली) का अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै उनले भने, “यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको छ । सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पु¥याउने विश्वास मैले लिएको छु ।” वसन्त ऋतुका अनेक रङ प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल… पुरा पढौ

विना चालक फेवातालमा डुंगा सयरमा कडाई

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले फेवातालमा अबदेखि विना चालक डुंगा सयरमा कडाई गर्ने भएको छ । शनिबार दिउँसो एकाएक हुरि चल्दा एक जनाको ज्यान जानेगरि फेवातालमा भएको दुर्घटनापछि डुंगा सयरमा प्रशासनले कडाई गर्ने भएको हो । प्रशासनले यात्रु आफैले जानी नजानी डुंगा सयर गराउँदा यस्ता खाले दुर्घटना बढ्न सक्ने ठहर गर्दै अबदेखि चालकविना डुंगा सयर गराउन नपाउने गरि कडाई गर्ने निर्णय गरेको डुंगा व्यवसायी समितिका अध्यक्ष बलराम गिरीले जानकारी दिए । आइतबार व्यवसायी र कास्की प्रशासनविच भएको छलफलमा अबका… पुरा पढौ

उपसभामुखका स्वकिय सचिव शर्माद्वारा विपन्नलाई आर्थिक सहयोग

फागुन २१ पोखरा । गण्डकी प्रदेशका उपसभामुख विना कुमारी थापाका स्वकीय सचिव प्रकाश शर्माले असहाय एवम् दिर्घरोगीहरुलाई आर्थिक सहयोग गरेका छन् । आज आइतबार एक कार्यक्रमकाबीच ५ जना विपन्न एवम् दिर्घरोगीहरुलाई आर्थिक सहयोग गरेका हुन । साथै स्वकिय सचिव शर्माले आफ्नो प्रत्येक महिनाको मासिक पारिश्रमिकबाट केही रकम निरन्तर सामाजिक सेवामा खर्च गर्ने बताए । उनले भने , “मेरो मासिक पारिश्रमिक मध्येबाट प्रत्येक महिना ५ जना विपन्न, असहाय एवम् दिर्घरोगीहरुलाई उपचारमा सहयोग पुगोस भन्ने उद्धेश्यले निरन्तर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दछु… पुरा पढौ

‘माओवादी धारका सबै पार्टी नयाँ ढङ्गबाट एक हुनुपर्छ’ : डा. भट्टराई

काठमाण्डौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले माओवादीका धारका सबै पार्टी नयाँ ढङ्गबाट पुनः एक हुनुपर्ने बताएका छन् । आज सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा उनले भने, “हामीले आफना कमीकमजोरीलाई छोडेर राम्रा पक्षसहित एकता कायम गर्नुपर्छ । त्यसका लागि छलफल र समीक्षा गरौँ ।माओवादीहरू नयाँ ढङ्गबाट एक हुन हुनुपर्छ । ” उनले मिल्न सक्नेबीच एकता गर्नुअघि मोर्चा बनाएर छलफल गर्नुपर्नेमा जोड दिए ।अध्यक्ष भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध मुद्दा लगाउनु माओवादीलाई आक्रमण गर्न… पुरा पढौ

द्वन्द्वकालका मुद्दा अनन्तकालसम्म अल्झाइराख्न मिल्दैन : सर्वोच्च अदालत

काठमाण्डौं । सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लङ्घनका घटनालाई विभिन्न कारण देखाई अनन्तकालसम्म अल्झाइराख्न नमिल्ने ठहर गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा उक्त ठहर गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको मुद्दा दर्ता गर्न आदेश गरेको हो । आदेशमा शान्ति सम्झौता, नेपालको संविधान, यस अदालतबाट भएको फैसला तथा अन्तर्राष्ट्रिय कानून र सिद्धान्तबमोजिम पीडितहरूले सत्यतथ्य जानकारी पाउने तथा न्याय र परिपूरण पाउने विषयहरू विभिन्न कारण देखाई यस्ता मुद्दा अनन्तकालसम्म अल्झाइराख्न… पुरा पढौ

एमाले अध्यक्ष ओलीलाई विष्टको जवाफ : तपाईंको अभिव्यक्तिले एमाले मुस्ताङको भविष्यमाथि चुनौति थपियो

पोखरा, फागुन २१ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै पार्टीका कार्यकर्ता तथा गण्डकी प्रदेश सभाका पूर्व सदस्य ईन्द्रधारा विष्टले बौद्ध विश्वविद्यालयबारे जवाफ फर्काएका छन् । एमाले गण्डकी प्रदेश सदस्य विष्टले एमाले अध्यक्ष ओलीले मुस्ताङमा बौद्ध विश्वविद्यालय बनाउने विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै जवाफ फर्काएका हुन् । विष्टले पढेको र बुझेको सबै यथार्थ नहुने बताउदै अध्यक्ष ओलीले भनेजस्तो मुस्ताङमा बौद्ध विश्वविद्यालय स्थापना गर्ने नभई बुद्ध दर्शनको उच्च शिक्षा लिने ठाउँमा मात्र भएको स्पष्ट पारेका छन् । साथै मुस्ताङमा बुद्ध दर्शनको… पुरा पढौ

चैत २९ बाट फेवा नव बर्ष महोत्सव

पोखरा । होटल संघ पोखरा नेपालले १८ औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ । आगामी चैत २९, ३० र वैशाख १ गते पोखराको लेकसाइड स्थित अम्मटदेखि हल्लनचोकसम्मको सडकमा यो महोत्सव हुन लागेको संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए । कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्दै पर्यटकीय गतिविधिमा चहलपहल बढाउन महोत्सव सहायक हुने विश्वास गरिएको संयोजक सुवेदीले बताए । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । आर्थिक गतिविधि चलायमान बनाउँदै आन्तरिक तथा बाह्य… पुरा पढौ

प्रधानमन्त्रीद्वारा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदन पेस

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उहाँले आर्थिक वर्ष २०७८÷७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन्। सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले सम्पादन गरेका काम कारबाहीको फेहरिस्त राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गर्नुपर्ने हुन्छ । सो अवसरमा मुख्यसचिव शङ्करदास बैरागी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवलगायतको सहभागिता रहेको… पुरा पढौ

सरकारले आफूहरुको समस्या नसुनेको कृषकका गुनासो

तनहुँ । तनहुँका कृषकले सरकारले आफूहरुको समस्या नसुनेको गुनासो गरेका छन् । पछिल्लो समय कृषि व्यवसाय र कृषकले भोग्दै आएको समस्याबारे सरकारले ध्यान नदिएको गुनासो गर्दै उनीहरुले आफ्ना माग सम्बोधन गर्न सरकार उदासिन देखिए आन्दोलनमा उत्रनुको विकल्प नभएको बताए । अण्डा उत्पादक कृषक खेमराज अधिकारीले अण्डा उत्पादनमा दैनिक ६० प्रतिशत घाटा व्यहोर्न बाध्य भएको बताए । जिल्लामा ९६ अण्डा उत्पादक कृषकले दैनिक साढे दुई लाख अण्डा उत्पादन गर्दै आएका र वार्षिक रु छ अर्ब बढी अण्डा उत्पादनमा लगानी गरेपनि सोचेअनुसारको… पुरा पढौ

खडेरीले सुक्यो गहुँबाली:वर्षा नहुँदा मकै रोप्न ढिलाइ

म्याग्दी । लगातारको खडेरीले म्याग्दीसहित धौलागिरि क्षेत्रमा लगाइएको गहुँबाली सुकेको छ । यो वर्ष हिउँदे वर्षा नहुँदा गहुँबाली सुकेको किसानले बताएका छन् । फागुन अन्तिमसाता लागिसक्दासमेत हिउँदे वर्षा हुन सकेको छैन् । बेनी नगरपालिका–२ का किसान चन्द्रबहादुर कार्कीले लामो समयदेखिको खडेरीका कारण गहुँबाली सुकेको बताए । “खडेरीका कारण गहुँबाली सुकेको छ भने खेत बाँझै छन्, पानी नपर्दा बाँझो जमिनमा मकै रोप्नसमेत ढिलाइ भएको छ”, उनले भने। गहुँबाली सुकेपछि यहाँका किसान चिन्तित छन् । सिँचाइको सुविधा नभएका ठाउँमा खडेरीको प्रभाव बढी… पुरा पढौ