समाचार

सांसद चन्द्रकान्त भण्डारीको भेन्टिलेटर हटाइयो

ग्यास सिलिन्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा चन्द्रकान्त भण्डारीको पछिल्लो स्वास्थ्य अवस्थाको रिपोर्टअनुसार परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको छ । गत बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रुपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जानकारी दिए । उनका अनुसार आज बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ रहेको छ । भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए । गत बुधबार राति आफ्नै निवासमा… पुरा पढौ

शैक्षिक जनशक्तिको पलायन रोक्न सबै गम्भीर बनौँ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् । कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले… पुरा पढौ

पर्वत अस्पतालमा शल्यक्रिया सेवा पुनः सञ्चालन

पर्वत अस्पतालमा केही समयदेखि अवरुद्ध बनेको शल्यक्रिया सेवा पुनः सञ्चालन गरिएको छ । वैकल्पिक जनशक्ति नहुँदा झण्डै एक महिनादेखि शल्यक्रिया सेवा रोकिएकामा राससबाट गत बिहीबार समाचार प्रकाशन भएपछि शुक्रबारदेखि पुनः सेवा सुरु गरिएको हो । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला तालिममा रहेका कारण उक्त सेवा रोकिएको थियो । शुक्रबार सेवा प्रदान गरेसँगै अस्पतालले चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ६५ गर्भवतीको शल्यक्रिया गरी बच्चा निकालेकोे अस्पताल प्रमुख रुक्मणी अधिकारीले जानकारी दिए । अस्पतालमा कार्यरत एमडिजिपी हेमन्त बाँस्तोला र दुई सुरक्षित गर्भपतनसम्बन्धी… पुरा पढौ

भारतीय दूतावासद्वारा डायलासिस उपकरण हस्तान्तरण

भारतीय दूतावासले नेपाल सरकारलाई मिर्गौला डायलासिस उपकरण हस्तान्तरण गरेको छ । आज यहाँ आयोजित समारोहमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गिरीलाई सो उपकरण हस्तान्तरण गरेका हुन् । राजदूत श्रीवास्तबले नेपाल सरकारले एक वर्षअघि माग गरेको मेसिन अहिले उपलब्ध गराएको बताए। उनले उपलब्ध डायलासिस मेसिनले नेपालीलाई सहज उपचार सेवा पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “यी मेसिनले नेपालको स्वास्थ्य संरचनाको पूर्वाधारमा सहयोग पुग्ने विश्वास दूतावासको छ । नेपाल र भारत सरकारको सहकार्यमा विकासका काम भइरहेका… पुरा पढौ

नेलम्बो नेपालद्धारा पाउँदुर आधारभूत विद्यालयलाई युरोगार्ड हस्तान्तरण

पोखरा । पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको श्री पाउँदुर आधारभूत विद्यालयलाई विद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर राखि एक थान यूरोगार्ड हस्तान्तरण गरेको हो । विगत लामो समय देखि त्यस विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले धाराबाटै सिधै बोतलमा पानी थापी पिउने गरेका विद्यार्थीहरुले अब भने धाराको पानीलाई प्रशोधन पश्चात मात्र पिउने भएका छन् । वर्षायाममा मूलबाट आउने पानी धमिलो पिउनु परेको र त्यसले विद्यार्थीहरुमा विभिन्न खाले रोगहरुले ग्रसीत हुने गरेकोमा अब भने कुनै चिन्ता नहुनेमा विद्यालयकी… पुरा पढौ

स्कटल्यान्डले नामिबियालाई जितका लागि दुई सय २२ रनको लक्ष्य दियो

आइसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो तेस्रो खेलमा स्कटल्यान्डले नामिबियालाई जितका लागि २२२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४८ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै २२१ रनको योगफल बनायो । स्कटल्याण्डका लागि क्रिसटोफर म्याकब्राइडले सर्वाधिक ४७ रनको योगदान दिए भने टमस म्याकिन्टोसले ३४ तथा कप्तान रिचि बेरिङ्टनले ३२ बनाए । त्यस्तै माइकल लिस्कले २९ रन बनाउँदा म्याथ्यु क्रसले १६ रन… पुरा पढौ

राष्ट्रपति निर्वाचनबारे छलफल गर्न माओवादी बैठक बस्दै

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा आज अपराह्न ४ः३० बजे बस्ने बैठकमा राष्ट्रपति निर्वाचनका सम्बन्धमा छलफल हुने कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेसम्म भइरहेका छलफलको जानकारी गराउने उनले बताए । “राष्ट्रपति निर्वाचनका लागि मनोनयन गर्न पाँच दिन बाँकी छ, सोही सन्दर्भमा अध्यक्षले बैठकबाट ‘म्याण्डेड’ लिन खोज्नुभएको हो”, उनले भने, “बैठकमा राष्ट्रपतिको निर्वाचनका बारेमा छलफल हुन्छ”, उनले भने । राष्ट्रपतिको निर्वाचनका लागि मनोनयन गर्ने… पुरा पढौ

जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई

पाल्पा । पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ । जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ । स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५÷२०, २५÷१४ र २५÷१५ अङ्कसहित जित्न सफल भएको हो । नवलपुर उपविजेता बनेको छ । लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल सङ्घ पाल्पाले तृतीय स्थान ओगट्न सफल भएको छ । जिल्ला भलिबल सङ्घ बाग्लुङलाई… पुरा पढौ

तनहुँमा पालिकास्तरीय प्रथम अध्यक्ष कप २०७९ फुटबल तथा भलिबल प्रतियोगिता हुने

तनहुँ । तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए । जिल्लाका व्यास, शुक्लागण्डकी र भानु नगरपालिका, बन्दीपुर, घिरिङ, म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले राष्ट्रपति रनिङशिल्ड सम्पन्न गरिसके भने बाँकी स्थानीय तहले तयारी गरेका छन् । जिल्ला खेलकुद विकास समिति तनहुँले सबै पालिकालाई रनिङशिल्ड प्रतियोगिता गर्न आग्रह गरेको छ । प्रदेश खेलकुद परिषद्को निर्णयानुसार फागुन १५ गतेभित्र जिल्लास्तरीय रनिङशिल्ड प्रतियोगिता सम्पन्न गरी जिल्लास्तरीय प्रतियोगिताबाट छनोट भएका… पुरा पढौ

भीषण बाढीः छत्तीस जनाको मृत्यु

ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८… पुरा पढौ