व्यास नगरपालिकाले नगर योजना आयोगमा सल्लाहकार चयन गरेको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सोमबार बसेको नियमित बैठकले नगर योजना आयोग ऐन, २०७९ अनुसार विभिन्न व्यक्तिलाई सल्लाहकारमा मनोनित गरेको हो । सल्लाहकार समितिमा व्यास–१ का हरिसिं गुरुङ, व्यास–२ का मोहनकुमार विश्वकर्मा, व्यास–३ का पुष्परमण वाग्ले, सूर्यनारायण श्रेष्ठ, व्यास–५ का रघुराज काफ्ले, व्यास–६ का डा शेषरमण न्यौपाने, व्यास–९ का उषा पोख्रेल, व्यास–११ का तिलु थापा, राजेन्द्र अधिकारी र थमबहादुर दरैलाई मनोनित गरिएको नगरपालिकाका प्रवक्ता जीवन गुरुङले जानकारी दिए। यसैगरी नगरपालिकाले पूर्व…
पुरा पढौ