समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको क्षमता विस्तार गर्ने बताएका छन् । केन्द्रले एक हजार वटा मिर्गौला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा आज आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो केन्द्रको क्षमता विस्तार गर्ने बताएका हुन् । उक्त अवसरमा प्रधानमन्त्रीले आफ्नो मृत्युपश्चात् सम्पूर्ण शरीर दान गर्ने घोषणा गरेका छन् प्रधानमन्त्रीले अगाडि भने, “डायलासिस सेवा सर्वसाधारणको पहुँचमा थिएन यो महँगो भएकाले पनि आर्थिक अवस्था कमजोर भएका मिर्गौला रोगीले सेवा लिन गाह्रो थियो । केन्द्रले विपन्न रोगीलाई सहयोग… पुरा पढौ

प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्रीद्वारा अङ्गदान गर्ने घोषणा

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले अङ्गदान गर्ने घोषणा गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले एक हजार जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको अवसरमा आज आयोजित प्रत्यारोपितको बृहत् भेलामा प्रधानमन्त्री प्रचण्ड र स्वास्थ्यमन्त्री गिरीले मृत्युपश्चात आफ्ना अङ्ग दान गर्ने घोषणा गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री प्रचण्डलाई केन्द्रका निर्देशक डा पुकारचन्द श्रेष्ठले दाता कार्ड हस्तान्तरण गरेका थिए । यस्तै स्वास्थ्यमन्त्री गिरीलाई प्रधानमन्त्री दाहालले दाता कार्ड हस्तान्तरण गरे । रासस पुरा पढौ

सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराइन् । समारोहमा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायतको उपस्थिति थियो । सो अवसरमा पूर्वप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख तथा सुरक्षा अङ्गका प्रमुखहरुको सहभागिता थियो । घिमिरे बिहीबार प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका थिए । रासस पुरा पढौ

सभामुख घिमिरेद्वारा शहीदप्रति श्रद्धाञ्जलि अर्पण

काठमाण्डौं । नवनिर्वाचित सभामुख देवराज घिमिरेले लैनचौरस्थित शहीद स्मृति स्मारक गई शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथग्रहण पश्चात् उनी स्मारकस्थलमा गएका थिए । सभामुख घिमिरेले शहीदको सम्झनामा बनाइएको स्मारकमा माल्यार्पण गर्नाका साथै एक मिनेट मौनधारणसमेत गरेका थिए । रासस पुरा पढौ

बाग्लुङको निसी प्रहरीचौकी प्रमुख गुरुङको स्वागत

माघ ५ बाग्लुङ । बाग्लुङको निसीखोला गाउँपालिकास्थित निसी प्रहरीचौकीका नव आगान्तुक प्रमुख प्रहरी सहायक निरीक्षक (असई) भोजकुमार गुरुङलाई स्वागत गरिएको छ । यस अघि बाग्लुङकै बिहुस्थित प्रहरीचौकीमा कार्यरत गुरुङलाई बिहीबार एक कार्यक्रमका विच निसीखोला गाउँपालिका वडा नं ५ का वडाध्यक्ष हर्कमन घर्तिमगर, वडा सदस्य भरतसिंह सुनार, ताराबहादुर विक, तथा प्रहरीचौकीमा कार्यरत प्रहरी कर्मचारीले स्वागत गरेका हुन् । चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक लिलामणी उपाध्यायको बिहुँमा सरुवा भएपछि गुरुङ उनको ठाउँमा कमाण्ड सम्हाल्ने गरि निसीखोला पुगेका हुन् । सोही कार्यक्रममा सरुवा… पुरा पढौ

वालिङ घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग

स्याङ्जा । फुटबल खेल सञ्चालन भइरहेको वालिङ खेल मैदानमा आज हेलिकप्टर बसेपछि सिर्जित घटनाको विषयमा छानबिन गरी दोषीमाथि आयोजकले कारबाहीको माग गरेको छ । खेल जारी रहेका बेला मैदानमा हेलिकप्टर अवतरण गरेपछि खेल हेर्न आएका दर्शकले हेलिकप्टरका पाइलट तथा यात्रुमाथि हातपात गरेपछि अवस्था असामान्य बन्न पुगेको थियो । स्याङ्जाको वालिङ–८ स्थित खेल मैदानमा आयोजक वालिङ युनाइटेड रातो र एभिनियर फुटबल क्लब क्यामरुनबीच भइरहेको दोस्रो सेमिफाइनलको पहिलो हाफको ३५औँ मिनेट आसपासमा खेल मैदानमा हेलिकप्टर अवतरण गरेपछि आक्रोशित दर्शकले हातपात गरेका थिए… पुरा पढौ

गल्फ फुटबलको फाइनल खेलअघि भागदौड, दुई इराकीको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । इराक र ओमानबीच जारी फुटबलको २५औं अरेबियन गल्फ कप फाइनल खेल आयोजना गर्न लागेको बसरा रङ्गशालाको गेटमा बिहीबार भागदौड हुँदा दुई इराकी फुटबल दर्शकको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् । “खेल सुरु हुनुभन्दा केही घण्टाअघि ठूलो सङ्ख्यामा फुटबल समर्थक रङ्गशालामा पुगेका थिए र गेटमा भागदौड मच्चिँदा दुई जनाकोे मृत्यु हुनुका साथै ६५ भन्दा बढी घाइते भएका थिए,” बसरा अपरेशन कमाण्डका एक इराकी कर्णेलले नाम नबताउने शर्तमा भने । रङ्गशालाको अधिकतम क्षमता ६५ हजारभन्दा बढी दर्शक… पुरा पढौ

न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा

एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गरेकी छन् । आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् । बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी… पुरा पढौ

विमान दुर्घटनापछि हवाई यात्रु घटे, भाडापनि घट्यो

काठमाण्डौं । यही माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको प्रभाव चितवनमा पनि परेको छ । पोखरामा जहाज दुर्घटना भएसँगै हवाई यात्रा गर्नेको सङ्ख्या घटेको हो । भरतपुर नागरिक उड्ययन कार्यालयका अनुसार माघ १ देखि भरतपुरबाट काठमाडौँ जाने र आउनेको सङ्ख्या घट्दै गएको हो । कार्यालयका निमित्त प्रमुख दीपक विकेका अनुसार पुस २८ मा दुई सय ६० जना, पुस २९ मा तीन सय २५ जना, पुस ३० मा दुई सय ६० जना भरतपुरबाट हवाई मार्ग हुँदै काठमाडौँ गएका थिए… पुरा पढौ

सिद्धेश्वर महिला समूहमा कमला

पोखरा । पोखरा महानगरपालिका वडा नं. ११ स्थित सिद्धेश्वर महिला समूहको अध्यक्षमा कमला अधिकारी बास्तोला निर्वाचित भएकी छन् । समूहको २०औं साधारणसभा तथा नवौं अधिवेशनले बास्तोलालाई दुई वर्षको कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको हो । समूहको उपाध्यक्षमा दुर्गा बास्तोला, सचिवमा जमुना बास्तोला, कोषाध्यक्षमा रजनी पौडेल बास्तोला र सहसचिवमा मञ्जु अधिकारी निर्वाचित भए । यस्तै, सदस्यहरूमा विद्या बास्तोला, सरिता अधिकारी, सावित्री बास्तोला, रजनी बास्तोला, लक्ष्मी बास्तोला, गीता बास्तोला, भगवती आचार्य, भगवती चिलवाल, पार्वती बास्तोला, सीता बास्तोला, हरिमाया बास्तोला र वसुन्धरा बास्तोला… पुरा पढौ