समाचार

लगानीबाटै मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला तयार हुनेछ : अध्यक्ष नेपाल

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताएका छन् । अखिल नेपाल किसान महासङ्घ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास… पुरा पढौ

मानव सेवा आश्रमले भवन निर्माण सहयोगार्थ माघ २० देखि महायज्ञ गर्ने

पोखरा । मानवसेवा आश्रम शाखा कार्यालय कास्की पोखराको भवन निर्माण तथा बेसहाराका लागि कोष निर्माण सहयोगार्थ यही माघ २० गतेदेखि २७ गतेसम्म महायज्ञ हुने भएको छ ।खुला आकाशमुनि, सडकपेटी एवं सार्वजनिक स्थलमा कष्टपूर्ण जीवनयापन गरिरहेका र अनाथ मानवको उद्धार, पालन पोषण र संरक्षण गर्दै आएको मानवसेवा आश्रमको भवन निमार्ण एवं अक्षयकोष स्थापनार्थ आश्रमको भवन निर्माणस्थल हेमजास्थित बाबियातारामा उक्त महायज्ञ हुन लागेको शुक्रवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । आश्रमको भवन निर्माणका लागि आर्थिक संकलन… पुरा पढौ

पोखरा लेडी जेसीजद्वारा विन्दाबासिनी प्राविमा शैक्षिक सामाग्री वितरण

माघ ६ पोखरा । पोखरा लेडी जेसीजले कास्कीको मादी गाउँपालिका– ३ स्थित विन्दाबासिनी प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले शुक्रबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि उक्त सामाग्री वितरण गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर रानाभाटले विद्यालयकी छात्रा प्रतिक्षा वि.क.लाई स्टेस्नरी समाग्री वितरण गर्दै कार्यक्रमको उद्घाटन गरे । उनले संस्थाले आफ्नो विद्यालयलाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यसले विद्यार्थीहरुको पठनपाठनमा मद्दत पुग्ने विश्वास व्यक्त गरे । संस्थाले ‘दिगो विकासको लागि असल नेतृत्व’ भन्ने उद्घोषलाई… पुरा पढौ

मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ तेश्रो सातादेखि महायज्ञ

माघ ६ पोखरा । पोखरा २५ हेमजा स्थित बाबियातारामा मानवसेवा आश्रमको भवन निर्माण गर्न माघ २० देखि २७ गतेसम्म महायज्ञ हुने भएको छ । निर्माणाधिन अवस्थामा रहेको भवन निर्माणका लागि रकम अभाव हुने भएपछि महायज्ञ गर्न लागिएको शुक्रबार पत्रकार सम्मलेन मार्फत जानकारी गराइएको हो । मानव सेवा आश्रमको भवन निर्माण सँगै लक्ष्मी नारायण मन्दिर निर्माण सम्पन्न गर्न र आश्रमको अक्षयकोष श्रीवृद्धि गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले महायज्ञको आयोजना गर्न लागेको मानवसेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीले बताए । ‘पोखरामा बन्दै गरेको… पुरा पढौ

हिसान फुटसल कास्की जिल्ला छनौट शुरु, १३ खेल सम्पन्न

माघ ६ पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा शुक्रबार १३ खेल सम्पन्न भएका छन् । प्रतियोगिताको हिसान गण्डकीका अध्यक्ष रमाकान्त बरालले रेफी सन्तोष गुरुङलाई बल हस्तान्तरण गर्दै उद्घाटन गरे । सविन मेमोरियल क्लबको व्यवस्थापनमा भएको प्रतियोगिताको उद्घाटन खेलमा बालोदय माविले मदरल्याण्ड माविलाई १–० ले गोलले हरायो । त्यसै गरी दोस्रो खेलमा लिटिल स्टेपले स्टेपबाइस्टेपलाई २–० गोलले, स्पाइरल ग्यालरीले मर्निङस्टार स्कुललाई ट्राइबेकरमा हराएको छ । निर्धारीत २० मिनेटको खेलमा… पुरा पढौ

पोखरा –१५ मा सुत्केरी तथा विपन्न परिवारलाई सहयोग वितरण

माघ ६ पोखरा । पोखरा महानगर वडा नं १५ तथा सहयोगी संस्थाहरूको सहयोगमा पोषणयुक्त खाद्यान्न तथा न्यानो लुगा वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं –१५ को सुत्केरी महिला पोषण कार्यक्रम तथा ’ग्लो संस्था र थ्री एन्जेल नेपालको सहयोगमा वडामा बसोबास गर्ने अपाङ्ग, दृष्टिविहिन, एकल तथा आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूलाई सहयोग प्रदान गरिएको हो । सहयोग हस्तान्तरण गर्दै वडा अध्यक्ष तोरण बहादुर बानियाँले वडाको वार्षिक बजेटबाट सुत्केरी महिलाहरूका लागि चामल, घ्यू, हर्लिक्स र साबुन तथा ’ग्लो संस्था’ ले… पुरा पढौ

पोखरा महोत्सवमा झण्डै २ लाख दर्शकले गरे अवलोकन, ७ करोडको कारोबार

माघ ६ पोखरा । पोखराको अमरसिंह चौरमा जारी एघारौं पोखरा महोत्सवको दशौं दिन सम्म आइपुग्दा १ लाख ७० हजार दर्शकले महोत्सवको प्रत्यक्ष अवलोकन गरेका छनभने ७ करोड बरावरको कारोवार भएको छ । महोत्सवमा आउने अधिकांश दर्शकहरुले स्टलमा राखिएका सामाग्री किनमेल गर्नेको समेत घुइचो बढेको हो । स्टलमा राखिएका विशेष गरी जाडो यामका लत्ता कपडा संगै घरायसी सामाग्रीहरु किनमेल गर्नेहरुको घुइचो बढेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । महोत्सवको दशौं दिन चर्चित दोहोरी गायक आलिफ खानको एकल र… पुरा पढौ

आरकेडी उद्यमशिल महिला क्लवको दोश्रो वर्षमा प्रवेश

पोखरा । आरकेडी उद्यमशिल महिला क्लव दोश्रो वर्षमा प्रवेश गरेको छ । महिलाहरुलाई एकतावद्ध गरि आर्थिक हिसावले सक्षम बनाउने उद्देश्यका साथ स्थापित संस्थाले एक कार्यक्रमकाविच दोश्रो वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको पञ्चासे केवलकारका अध्यक्ष चिन्तामणी शर्माले केक काटेर उद्घाटन गरे । उनले संस्थालाई आफ्नो उद्देश्यअनुसार अगाडी बढ्न आग्रह गरे । कार्यक्रममा पञ्चासे केवलकारका सञ्चालकद्वय धर्मराज भण्डारी र विना गुरुङले संस्थाले उद्यमी उत्पादनमा ठूलो भुमिका खेलेको बताए । संस्थाले महिला उद्यमीलाई विशेष सहयोग र सम्मान गर्दैै आइरहेको क्लवका अध्यक्ष रिता शर्माले… पुरा पढौ

नेलम्बोले पोखरा-२२ मा माघ ८ गते देखि निःशुल्क दन्त शिविर गर्ने

पोखरा ६, माघ नेलम्बो नेपालको आयोजनामा पोखरा २२ (पुम्दी भुम्दी) मा यही माघ ८ गते देखि निःशुल्क दन्त शिविर हुने भएको छ । पोखरा २२ को वडा कार्यालय परिसरमा यही माघ ८ देखि १२ गतेसम्म दन्त शिविर हुने भएको कार्यकम संयोजक भिम प्रसाद भण्डारीले बताए । उक्त शिविरमा दाँत परिक्षण, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको एक्स रे, दाँतको गिजाको उपचार, दाँतको आरसिटि(जरैबाट) भर्ने लगायतको सेवा हुने भएको संयोजक भण्डारीले बताए । उक्त शिविरमा निःशुल्क औषधि समेत वितरण समेत गनिरे भएको… पुरा पढौ

उपसभामुखमा गठबन्धनबाट रास्वपाकी इन्दिरा राना मगरको उम्मेद्वारी दर्ता

माघ ६ काठमाण्डौं । प्रतिनिधिसभाको उपसभामुख पदमा सत्तारुढ गठबन्धनका तर्फबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी इन्दिरा राना मगरले उम्मेद्वारी दर्ता गरेकी छन् । उम्मेद्वारी दर्ता गराएकी मगरको रास्वपा सांसद सोविता गौतम प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन् । मगरलाई आज बिहान बसेको रास्वपा संसदीय दलको बैठकले उपसभामुखको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । उपसभामुखकी उम्मेदवार इन्दिरा राना मगरले आम नागरिकका पक्षमा हुने काममा निर्णायक भूमिका खेल्ने प्रतिबद्धता जनाइन् ।संसद… पुरा पढौ