समाचार

उपसभामुख निर्वाचनको कार्यतालिका सार्वजनिक

सभामुखको निर्देशनपछि संसद् सचिवालयले बिहीबारै उपसभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । जसमा माघ ६ गते शुक्रबार दिउँसो १ देखि ४ बजेसम्म उम्मेदवारी दर्ता र सोही दिन सवा चार बजे उम्मेदवारको सूची प्रकाशित गरिनेछ । माघ ७ शनिबार १ बजे बस्ने प्रतिनिधि सभामा उम्मेदवारको प्रस्तावमाथि छलफल निणार्यथ प्रस्तुत गर्ने जनाइएको छन् । पुरा पढौ

उपसभामुखको चुनाव माघ ७ गते

प्रतिनिधि सभाका उपसभामुख पदको चुनाव माघ ७ गते शनिवार हुने भएको छ । प्रतिनिधि सभाको बिहीवार बसेको बैठकमा सभामुखको भूमिकामा रहनुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले उपसभामुख पदको चुनाव माघ ७ गते हुने घोषणा गरेका हुन् । साथै उनले प्रतिनिधि सभा उपसभामुखको चुनावको सूचना प्रकाशित गर्न पनि संसद् सचिवालयलाई निर्देशन दिए । पुरा पढौ

सभामुखमा एमालेका घिमिरे १ सय ६७ मतसहित निर्वाचित

प्रतिनिधि सभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छने । आज बिहीवार बसेको संसद् बैठकले घिमिरेलाई सभामुखमा निर्वाचित गरेको हो । मत विभाजनमा घिमिरेको पक्षमा एक सय ६७ मत खसेको छ । उनका विपक्षमा एक सय मत खसेको छ । यस्तै एक सांसद तटस्ठ रहेका थिए । दुई सय ७५ सदस्यीय सभामा आज दुई सय ६८ जना सांसद उपस्थित रहेका थिए । बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले घिमिरेलाई सभामुखमा निर्वाचित भएको घोषणा गरे । सत्ता गठबन्धनबाट नेकपा… पुरा पढौ

सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न ओलीलाई आग्रह :विश्वप्रकाश शर्मा

नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन् । उनले ढोक्सा र माछाको कथा हालेर सरकारलाई पिँजडाभित्र कैद गर्ने प्रयास नगर्न पनि ओलीलाई आग्रह गरे । बिहीवार प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बनेकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री प्रचण्डलाई पिँजडामा राख्न खोजेको बताएका हुन् । ओलीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत कांग्रेसले दिएपछि माछा… पुरा पढौ

छातीमा मुड्कीले हानेर भए पनि कांग्रेसलाई समर्थन गर्नुपर्ने बाध्यता: चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सभामुखमा नेपाली कांग्रेसकी उम्मेदवार ईश्वरीदेवी न्यौपानेलाई बाध्य भएर समर्थन गर्नुपरेको बताएका छन् । आज बिहीवार प्रतिनिधि सभाको बैठकमा सभामुखकी उम्मेदवार न्यौपानेको समर्थनमा बोल्दै उनले भने, ‘छातीमा मुड्कीले हानेर भए पनि ईश्वरीलाई समर्थन गर्नुपर्ने बाध्यता आइलाग्यो ।’ अध्यक्ष केसीले गणतन्त्र र लोकतन्त्र ल्याउनका लागि लडाइँ लडेकाहरूलाई अपमान गर्ने अवस्था आउनु भनेको देशका लागि हितकर नभएको बताए। उनले नेपाली कांग्रेसलाई प्रतिपक्षमै नबसेर किन सरकारलाई समर्थन दिएको भनी प्रश्न गरे । अध्यक्ष केसीले अहिलेको संसद्को दृश्य निकै डरलाग्दो… पुरा पढौ

राष्ट्रियसभा शून्य समय: हवाई यातायातलाई सुरक्षित बनाउन माग

राष्ट्रियसभा बैठकको शून्य समयमा सांसदहरुले विश्वभरि नै सुरक्षित मानिएको हवाई यातायातलाई नेपाली आकाशलाई पनि सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेसका अनिता देवकोटाले पोखरामा यही माघ १ गते ७२ जनाको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै पुरानो जहाजलाई विस्थापित गरी नयाँ जहज सञ्चालनमा ल्याउनुपर्ने र नेपाली आकाशलाई सुरक्षित बनाउन सरकारसँग आग्रह गरे । नेकपा (एमाले) का इन्दु कडरियाले सुरक्षित मानिएको हवाई यातायात दुर्घटना हुँदै जानुले हवाई सुरक्षाप्रति धेरै आशङ्का उब्जिएको हुनाले हवाई सुरक्षालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराए… पुरा पढौ

पोखरामा लडेर एक यूवक लडेर घाइते

माघ ५ पोखरा । पोखरामा लडेर एक यूवक घाइते भएका छन् । पोखरा १८ जामुनबोट नजिकै न्याउरी पोखरी भन्ने स्थानमा माथिबाट लडेर ति यूवक घाइते भएका हुन् । १७/१८ वर्षका देखिने उनको उद्धार गरि उपचारका लागि अस्पताल पठाइएको कास्की प्रहरीले जानकारी दिएको छ । स्थानियले घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । यूवकको परिचय खुल्न सकेको छैन् । पुरा पढौ

पोखराको लेकसाइडमा खुल्यो ’त्रिपुरा लाउञ्ज एण्ड बार’

पोखरा । पोखराको लेकसाइडमा ८ करोड भन्दा माथिको लगानीमा त्रिपुरा लाउञ्ज एण्ड बार संचालनमा आएको छ । लामो समय देखि पोखरामा एसियना म्यारक्यु क्लब संचालन गर्दै आएका व्यवसायी सुमन कुमार श्रेष्ठले उक्त लाउञ्ज संचालनमा ल्याएका हुन् । लाउञ्जको डिजाइन रोयल स्टाइलमा गरिएको छ । दुई सय वर्ष अगाडि नेपालका राजाहरु बस्ने दरबारको झल्को दिने गरी आफुले त्रिपुराको भवन निर्माण गरेको दाबी उनको छ ।‘पोखरामा पछिल्लो समय थुप्रै रेष्टुरेण्टहरु संचालनमा आएका छन् । हामीले केही फरक गर्ने कोसिस गरेका छौं ।… पुरा पढौ

हिसान फुटसल जिल्ला छनौट शुक्रबार देखी, उद्घाटन खेलमा मदरल्याण्ड र बालोदय भिड्ने

माघ ४ पोखरा । हिसान गण्डकीको आयोजनामा हुने प्रथम फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगिता शुक्रबार देखी शुरु हुदैछ । प्रतियागिताको टाइसिट बुधबार ड्र गरेको छ । टाइसिट अनुसार बुधबारको उद्घाटन खेल मदरल्याण्ड मावि र बालोदय मावि बिच हुनेछ । माघ ८ गते सम्म सञ्चालन हुने प्रतियोगितमा हिसानमा आवद्ध २९ टिमले सहभागीता जनाएका छन् । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा… पुरा पढौ

पूर्वप्रधानमन्त्री खनालको संयोजकत्वमा ‘वैचारिक नीति निर्माण समिति’ गठन

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा पार्टीको वैचारिक नीति निर्माण समिति गठन गरिएको छ । यो समितिले पार्टी निर्माणको मूल दिशाको बारेमा दस्तावेज मस्यौदा तयार गर्ने उक्त समितिको सदस्यमा महासचिव बेदुराम भुसाल, उपमहासचिवहरू जगन्नाथ खतिवडा, गङ्गालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल छन् । यसैगरी समितिमा राजेन्द्र राई, रामकुमारी झाक्री, सावित्रा भुसाल र गणेश विक सदस्य छन् । समितिले निर्माण गर्ने पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक मूल नीति, कार्यक्रम निर्माण गरेपछि त्यसलाई… पुरा पढौ