समाचार

मन्त्रालयबाट विदा हुनुअघि अर्थमन्त्री बराल भन्छन् : प्रदेशको सामर्थ्य बढाउन सफल भएँ

पोखरा, पुस २४ गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले संघ सरकारले सशर्त अनुदान फिर्ता लैजानु बेठीक भएको बताएका छन् । गण्डकीमा नया सरकार बन्ने प्रक्रिया शुरु भएपछि अर्थमन्त्रालयबाट विदा हुनुअघि आईतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले बिना कारण र बिना छलफल संघले सशर्त अनुदान फिर्ता लगेर बेठीक गरेको टिप्पणी गरेका हुन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नया सरकार आउन केहि दिन अगाडि संघले प्रदेशलाई दिएको सशर्त अनुदान फिर्ता लगेको थियो । योजना बनेर कार्यान्वयनमा जाने क्रममा रहेको बजेट… पुरा पढौ

नेपाल टी–ट्वान्टी क्रिकेट : लुम्बिनी अल स्टार फाइनलमा

राजधानीमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी क्रिकेट लिगमा लुम्बिनी अल स्टार जनकपुर रोयल्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । लुम्बिनीले जनकपुरलाई छ रनले हराएको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि लुम्बिनीले पहिला व्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४३ रन बनाएको थियो । एक सय ४४ रनको लक्ष्य पछ्याएको जनकपुरको पारी एक सय ३७ रनमा समेटियो । यस क्रममा जनकपुरले सात विकेट गुमाएको थियो । लुम्बिीनीका लागि ब्याटिङ गर्ने… पुरा पढौ

नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढ्यो

गत सातादेखि निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक साताको पहिलो दिन दिन आइतबार पनि बढेको छ । आज नेप्से परिसूचक २० दशमलव ६८ अंकले बढेर दुई हजार एक सय ६४ दशमलव ६१ अंकमा कायम भएको हो । यो दिनको कारोबारमा दुई सय ५९ वटा कम्पनीको एक करोड ४१ लाख नौ सय ८८ कित्ता शेयर ७५ हजार चार सय ६५ पटक खरिद–बिक्री हुँदा रु पाँच अर्ब ४५ करोड ९९ लाख २५ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।… पुरा पढौ

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

पोखराको मान्द्रेढुङ्गाबाट आगामी माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान हुनेभएको छ । यही पुस १७ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै प्याराग्लाइडिङको उडान मान्द्रेढुङ्गाबाट हुनेभएको हो । पोखरा महानगर(२४ मा पर्ने मान्द्रेढुङ्गाबाट अहिले प्याराग्लाइडिङको परीक्षण उडान भइरहेको छ । विमानस्थल सञ्चालन आएपछि नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो । मान्द्रेढुङ्गा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्याराग्लाइडिङ साहसिक गतिविधिमा रुचि राख्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ । प्राधिकरणले… पुरा पढौ

अपांगता भएकी नावालिकालाई जबरजस्ती करणी गर्ने ७१ वर्षिय बृद्ध कारागार चलान

पोखरा । पोखरामा एक अपांगता भएकी नालिकालाई जबरजस्ती करणी गरेको भन्दै एक ७१ वर्षिय बृद्ध कारागार चलान भएका छन् । २०७६ भदौ ७ गते सोही नावालिकालाई जबरजस्ती करणी गरेकोले पोखरा २८ माझठानाका ७१ वर्षिय तारानाथ तिवारी कारागार चलान भएका हुन् । घटनाको अनुसन्धानको क्रममा उनलाई तत्काल पक्राउ परी अनुसन्धान गरेर अदालतमा पेश गर्दा पुर्पक्षको लागि कारागार चलान गरिएको थियो । साथै २०७७ कार्तिक २७ गते कास्की जिल्ला अदालतले उनलाई सफाई समेत दिएको थियो । तर गत बैशाख १४ गते उच्च… पुरा पढौ

‘आहा ! रारा पोखरा गोल्ड कप गेस एण्ड विनका महाविजेता’ वाग्ले पुरस्कृत

पुस २४ पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ का महाविजेता कुमार वाग्ले पुरस्कृत भएका छन् । आहा ! रारा पोखरा गोल्डकपमा संकटा क्लवले जित्ने अनुमान गरेका पोखरा–१३ आर्वाका वाग्लेलाई आइतबार एफएमको कार्यालयमा साहारा क्लव पोखराका अध्यक्ष हरिराम गुरुङ ‘सुरज’, एफएमका प्रवन्ध निर्देशक दीपेन्द्र श्रेष्ठ, मार्केटिङ निर्देशक भोला कुमार श्रेष्ठले पुरस्कृत गरे । वाग्लेले डिजिटल साउण्ड एण्ड भिजन न्यूरोडको तर्फबाट ३२ इन्चको एलईडी टेलिभिजन, हिमश्री फुड्स प्रालिको उत्पादन रारा चाउचाउ पुरस्कार… पुरा पढौ

बेसहारा बालबालिको सहारा बन्यो स्थानिय सरकार

ढोरपाटन । तमान गाउँको एउटा सानो घर । घर वरपर हरेक दिन स(साना बालबालिका खेल्दै गरेका भेटिन्छन् । गत असारदेखि यो घर ३१ जना बालबालिकाका लागि आफ्नो घर बनेको छ । आमाबुबा गुमाएपछि अनाथ बनेका उनीहरुको लालनपालन र पढाउने जिम्मा तमानखोला गाउँपालिकाले लिएको छ । तमानखोला गाउँपालिका–३ तमानगाउँमा घरभाडामा लिएर पालिकाले बालगृह सञ्चालन गरेपछि उनीहरु त्यहाँ आइपुगेका हुन् । भौगोलिक विकटताका बाबजुत पनि गाउँपालिकाले अघिल्लो वर्ष बालविवाह न्यूनिकरणदेखि जङ्क फुडरहित विद्यालय बनाउने अभियान सुरु गरेको थियो भने यसवर्ष भने बालगृह… पुरा पढौ

आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने युवाको प्रयास

गण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिकामा रहेको आँखे ताललाई धार्मिक पर्यटनसँग जोड्ने अभियानका सुरु भएको छ । नगरपकालिका वडा नं १ ज्यामिरबोटे र वडा नं २ सुन्दरी गाउँका युवाहरु आँखे तालको प्रवद्र्धनमा लागेका हुन् । पृथ्वी राजमार्गअन्तर्गतको कोत्रे तथा गगनगौडाबाट करिब छ किलोमिटरको दूरीमा रहेको ताल दुई वडाको सिमानास्थित ज्यामिरबोटेमा पर्छ । परापूर्वकालदेखि धार्मिक आस्था एवं विश्वाससँग जोडिएको ताललाई धार्मिक पर्यटनको गन्तव्य बनाउने उद्देश्यका साथ पाँच वर्षदेखि युवाहरु त्यसको संरक्षण र प्रवद्र्धनमा जुटेका हुन् । चार वर्षअघि सुन्दरी गाउँ र ज्यामिरबोटेका… पुरा पढौ

आन्दोलन छोडर अनुसन्धानमा सहयोग गर्न गृहमन्त्रीको आग्रह

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौँको माइतीघरमा चरणवद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सहयोग गर्न आग्रह गर्नु भएको छ रेका छन। सरकार कुर्मीको घटनाबारे संवेदनशील भएको भन्दै उनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईवी)ले विशेष टोली परिचालन गरी छानबिन गरिरहेको जानकारी दिए । उनले सबै धर्ना र आन्दोलनका गतिविधि छोडेर प्रहरीको छानबिनमा सहयोग गर्न आग्रह गरेका हुन । आफू मन्त्री भएपछि दुई पटक टेलिफोन गरी धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र… पुरा पढौ

लोसपाको कार्यकारिणी समितिको बैठक

नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने सम्बन्धमा पार्टीको धारणा बनाउन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बबरमहलमा जारी बैठकमा यही पुस २६ मा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे पार्टीका नेताहरुको धारणा बनाउन बैठक बोलाइएको लोसपाका कार्यकारिणी सदस्य डा सुरेन्द्रकुमार झाले जानकारी दिए । “बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, निर्वाचनको समीक्षा, पार्टीको मधेश प्रदेशको परिमार्जनलगायत विषयमा छलफल हुनेछ”, उनले भने । पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बसेको… पुरा पढौ