समाचार

प्रतिनिधिसभा सदस्य आले र राईद्वारा सपथ

प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले र माया राईले आज सपथ ग्रहण गरेका छन । आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबरामार्फत् उनीहरुले सपथ लिएका हुन । गत पुस ७ मा भएको प्रतिनिधिसभाका सदस्यहरुको सपथ समारोहमा आले र राई अनुपस्थित थिए । आले पारिवारिक शोकमा भएकाले र राई अस्पतालमा भर्ना भएकाले उनीहरुले आज सपथ लिएका हुन ।रासस पुरा पढौ

आफ्ना लागि आफैँ उत्पादनमा

देशका अधिकांश वृद्धाश्रमको सञ्चालन दाता वा सहयोगी निकायहरुको सहयोगबाट हुने गरेकामा तनहुँको ज्येष्ठ नागरिक चौतारी (बृद्धाश्रम) तरकारी तथा दूधमा आत्मनिर्भर रहेको छ । व्यास नगरपालिका–५ बेनीपाटनस्थित राष्ट्रिय परोपकार महासङ्घ नेपालद्वारा सञ्चालित यस वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकले आफैँ तरकारी र दूध उत्पादन गर्दै आएका छन् । विगतमा घरमा रहँदाको सिकाइ र भोगाइलाई यहाँ पनि उपयोग गरी तरकारी र दूध उत्पादन गर्दै आएको महासङ्घ जिल्ला कार्यसमितिका अध्यक्ष तारानाथ घिमिरेले बताए । “यहाँ आश्रित ज्येष्ठ नागरिक आफैँले बारीमा खनेर तरकारी लगाउने गरेका छौँ… पुरा पढौ

यस वर्ष निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

लिबियाका प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले लिबियामा यसवर्ष आम निर्वाचन गर्ने तयारी गरिएको बतााएका छन् । उनले सन् २०२३ मा आम निर्वाचन गर्नेगरी तयारी गरिएको जानकारी दिएको समाचारमा जनाइएको छ । उनले सन् २०२३ मा निर्वाचन गर्नका लागि सरकार र त्यहाँको राष्ट्रिय निर्वाचन आयोगले आवश्यक तयारी गरेको जानकारी दिएका हुन ।यसअघि सन् २०२१ मा पनि त्यहाँ आमनिर्वाचनको तयारी गरिएको थियो । तर त्यहाँका राजनीतिक दलहरुका बीचमा अन्तिममा आएर विवाद बढेपछि आम निर्वाचन रोकिएको थियो । प्रधानमन्त्री अब्दुल हमेद दिबेबहले यस वर्ष… पुरा पढौ

जेलमा आक्रमण गरी १४ को हत्या

बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए । जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए… पुरा पढौ

राष्ट्रिय अधिवेशन काठमाडौँमा

नेकपा (एकीकृत समाजवादी) निकट एकीकृत सरकारी कर्मचारी सङ्गठनको फागुन २६ र २७ मा काठमाडौँमा प्रथम राष्ट्रिय अधिवेशन हुने भएको छ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी गरिएको अधिवेशनमा कर्मचारी ट्रेड युनियनका क्षेत्रमा देखिएका चुनौती तथा समाधानका विषयमा अन्तर्राष्ट्रिय तहमा भइरहेका अभ्यासबारे छलफल हुने सङ्गठनका संयोजक मोहन घिमिरेले जानकारी दिए। विगत छ वर्षदेखि ऐन अभावमा कर्मचारीको समायोजन, स्तरोन्नति र पदपूर्ति हुन नसकेकाले अविलम्ब निजामती सेवा ऐन ल्याउन माग गर्दै आएको सङ्गठनले अस्थायी तथा करारमा कार्यरत कर्मचारीलगायत अनौपचारिक… पुरा पढौ

संरक्षणको पर्खाइमा ‘समपोखरा’ ताल

गलकोट नगरपालिका–३ मा रहेका पानीका मुहानको प्रमुख स्रोत बनेको समपोखरा ताल संरक्षण हुन नसक्दा यसको क्षेत्रफल पनि साघँुरिदै जान थालेको छ ।तालमाथिको खेतीयोग्य जमिन र जङ्गल क्षेत्रबाट बर्सेनि आउने बाढीले ताल पुरिँदै गएको छ । गलकोट नगरपालिकाको हटियाको खानेपानी, कृषि तथा आर्थिक पक्षसँग जोडिएको ताल ५० मिटर लामो र १५ मिटर चौडा छ । समुन्द्र सतहबाट दुई हजार मिटरको उचाइमा रहेको ताल संरक्षण गर्नुपर्नेमा स्थानीयवासी जयबहादुर दर्जी जोड दिन्छन। “चौपायले पानी खाने ताल हो, पहिले निकै गहिरो थियो, अहिले माटो… पुरा पढौ

देशभर ५ शाखा रहेको ‘समृद्धि हेयर सैलुन एण्ड एकेडेमी’ पोखरामा अझै व्यवस्थित औपचारिक सेवा शुभारम्भ

पोखरा । समृद्धि हेयर ड्रेसिङ सैलुन एण्ड एकेडेमी ब्राण्ड बनिसकेको नाम हो । बुटवलबाट सुरु भएको समृद्धि देशका पाँच स्थानमा पुगिसकेको छ । पोखरासँगै बुटवलको अमरपथ, मनिग्राम, बर्दघाट र जीतपुरमा यसले सेवा सञ्चालन गरिरहेको छ । अझै सुविधासम्पन्न र व्यवस्थित तबरले पोखराको न्यूरोडमा रहेको सैलुन स्तरोन्नति भएको छ । पोखरा ब्राञ्चको आइतबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले उद्घाटन गरे । उनले समृद्धि हेयर सैलुन ब्राण्ड बनिसकेको बताउँदै पोखरामा यसको सेवा सुविधाले छुट्टै पहिचान स्थापित गर्ने बताए । प्रजापतिले… पुरा पढौ

व्यक्तिगत मोबाइल आयातमा देखिएको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विदेशबाट नेपाल फर्किदा व्यक्तिगत प्रयोजनका लागि ल्याएको मोबाइलका सम्बन्धमा नागरिकस्तरबाट गुनासो आएपछि त्यसलाई तत्काल सम्बोधन गर्न निर्देशन दिएका छन । प्रधानमन्त्रीले यसअघि पनि त्यस्तै निर्देशन दिएका थिए । प्रधानमन्त्रीले निर्देशन दिए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सोमबार अमेरिकाबाट नेपाल आएका नेपालीलाई मोबाइल ल्याउन रोक लगाएको समाचार सार्वजनिक भएको थियो । प्रधानमन्त्री दाहालले आज पुनःउपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेललाई त्यससम्बन्धमा आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।“आफूसँग अतिरिक्त… पुरा पढौ

पर्यटक तान्दै कालीगण्डकी जल यातायात

पोखरा महानगरपालिका - ३२ तल्लो गगनगौँडास्थित नविन टोल विकास संस्थामा आवद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका(७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे । जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यायातायात (स्टिमर) चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यायातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरिमै भए पनि जल… पुरा पढौ

जेलमा आक्रमण गरी १४ को हत्या

बन्दीहरु राखिएको जेलमा अज्ञात व्यक्तिहरुले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ ।सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरुले हमला गरेका थिए । सो हमलामा परेर उक्त जेलका दशजना सुरक्षाकर्मी र अरु चार जना बन्दीको ज्यान गएको हो । मेक्सिकोको चिउनाहु प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले उक्त जेलमा केही बन्दुकधारीहरुले जेलका सुरक्षाकर्मीमाथि अन्धाधुन्ध गोली हानेका थिए ।जेलका अधिकारीहरुका अनुसार उनीहरु बिहानको समयमा ठूलो सङ्ख्यामा आएका थिए र अकस्मात गोली चलाएका थिए । सो… पुरा पढौ