समाचार

यही पुस १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरिँदै

देशकै प्रमुख पर्यटकीय सहर पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय विमानस्थलको भव्य उद्घाटनको तयारी गरिएको छ । यही पुस १७ गते अङ्ग्रेजी नयाँवर्षको पहिलो दिनदेखि सो अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् सञ्चालनमा ल्याउन लागिएको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भव्य समारोहकाबीच विमानस्थलको उद्घाटन गर्ने छन् । शुभारम्भ समारोहमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरु, उद्योगी तथा पर्यटन व्यवसायीको बृहत् सहभागिता रहने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका निर्देशक विक्रम गौतमले बताए। उनका अनुसार विमानस्थल उद्घाटनको सम्पूर्ण… पुरा पढौ

१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स अन्तिम चरणका खेल सम्पन्न

पोखरा । “१९ औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०७९” बिहिबार चौथो दिन अन्तिम चरणका खेलहरु सम्पन्न भएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजना तथा माछापुच्छ्रे बैकको मुख्य प्रायोजनामा उक्त प्रतियोगिताका सेमीफाइनल र केही फाइनल खेलहरु भोली शुक्रबार हुने आयोजकले जनाएको हो । प्रतियोगिताको चौथो दिन ६५ वर्ष माथीको डबल्स फाइनल खेल सम्पन्न भएको छ भने पोखरा ओपन सिंगल्स मेन्स÷उमेन्सका सेमीफाइनल खेल तथा अन्य उमेर समुहका फाइनल खेलहरु शुक्रबार हुने भएको टुर्नामेण्ट डाइरेक्टर राजन पौडेलले बताएका छन्… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’ मा गुरुङ विजयी

पोखरा । एभरेस्ट एफ.एम. ९३ मेगाहर्जले सञ्चालन गरेको आहा १ रारा पोखरा गोल्डकप ‘गेस एण्ड विन’मा पोखरा–१३ का हर्कबहादुर गुरुङ विजयी भएका छन् । सहारा क्लव पोखराले सञ्चालन गरेको २२ औं संस्करणको “आहा रारा पोखरा गोल्डकपमा” आयोजक सहारा क्लव र धरान फुटबल क्लवविचको उद्घाटन कस्ले जित्ला ? भनि सोधिएको प्रश्नको अनुमानित सहि उत्तर दिनेहरुमध्यबाट गरिएको गोला प्रथामा पोखरा–१३, उद्गममार्गका गुरुङ विजेता घोषित भएका हुन् । रेडियोद्वारा सञ्चालित आहा १ रारा पोखरा गोल्डकप विशेष कार्यक्रममार्फत विजेता घोषित भएका गुरुङलाई शुक्रबार पोखरा… पुरा पढौ

आहा ! रारा पोखरा गोल्डकप शुरु, उद्घाटन खेलमा धरानसँग आयोजक सहारा स्तब्ध

पोखरा, पुस १४ आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव पोखरा पराजित भएको छ । पोखरा रंगशालामा विहीबार भएको उद्घाटन खेलमा आयोजक सहारा धरान फुटबल क्लवसँग स्तब्ध भएको हो । धरानको जितमा खेल शुरु भएको चौथो मिनेटमै भएको गोल नै निर्णायक बन्यो । खेलको चौथो मिनेटमा पाएको फ्रिकिक अवसर गोलमा परिणत भएपछि धरानले सहारा क्लबमाथि ऐतिहासिक जित दर्ता ग¥यो । १२ वर्षपछि पोखरा रंगशालामा यी दुईको भेट हुँदा पूर्वेली क्लब धरानले सहारामाथि यसअघिका दुई हारको… पुरा पढौ

गण्डकी प्रदेशसभाका जेष्ठ सदस्य बस्यालबाट बाँकी ५९ सदस्यले लिए शपथ

कास्की । गण्डकी प्रदेशसभा सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाको हल नदीपुरमा बिहीबार दिउँसो १ बजे प्रदेशसभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ गराएका हुन् । ज्येष्ठ सदस्यको रूपमा बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरूङसँग शपथ लिएका थिए । उनले बिहीबार ५९ सांसदलाई शपथ गराएका हुन् । ५७ जनाले नेपाली भाषा र ३ जनाले आफ्नो मातृभाषामा शपथ लिएका छन् । ६० सदस्यीय गण्डकी प्रदेशसभामा ३६ प्रत्यक्ष र २४ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् । संसद्‌मा ५ दलको… पुरा पढौ

‘सुन्तला खेती’ मा रमाउँदै गाउँपालिका उपाध्यक्ष

जिल्लाको म्याग्दे गाँउपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सुन्तला बिक्रीबाट वार्षिक रु २० लाख कमाउँदै आएका छन । विसं २०५३ देखि सुन्तला खेती थालेका उनले करिब ६० रोपनी क्षेत्रफलमा आठ सय ५० सुन्तलाको बोटबाट राम्रो आम्दानी गर्दै आएका छन। म्याग्दे–२ जोगीथुम, कालीखोलामा व्यावसायिक सुन्तला खेती गरेका उपाध्यक्ष घिमिरेले यस चालु वर्षमा रु २० लाख बराबरको सुन्तला बिक्री गरेको जानकारी दिए । विसं २०३५ मा नै कृषिको जेटिए अध्ययन गरेका उनले आठ वर्षसम्म शिक्षक पेसामा लागेका थिए । नेपाली कांग्रेसको नेतासमेत रहनुभएका घिमिरे… पुरा पढौ

उखु, बेसार र अदुवा उत्पादन गर्दै सहकारी

बागलुङको सृम्रिक कृषि तथा पशु व्यावसायिक सहकारी संस्थाले उखु बिक्री गर्न थालेको छ वर्ष पुग्यो । सहकारीले बागलुङको काठेखोला गाउँपालिका–२ भिमापोखराको दुई स्थानमा १० रोपनी बाँझो जग्गा भाडामा लिएर उखुखेती गर्दै आएको छ । सहकारी संस्थाले अहिले प्रतिवर्ष १५ देखि २० क्विन्टल उखु बिक्री गर्दै आएको छ । यस वर्षको उखु प्रतिकेजी रु १५ का दरले बिक्री गरिएको सहकारीका अध्यक्ष चुडामणि उपाध्ययले जानकारी दिए । संस्थाले बागलुङ नगरपालिका–४ कुडुँलेमा दुई रोपनी जग्गा भाडामा लिएर बेसार खेती र बागलुङ नगरपालिका–७ तितौरेमा… पुरा पढौ

म्याग्दीमा अर्ग्यानिक कृषि उत्पादन अभियान

म्याग्दीका स्थानीय तहले अर्ग्यानिक खेतीमा जोड दिएका छन् । रासायनिक मलको बढ्दो प्रयोगले खेतबारीको माटोमा अम्लीयपना बढ्दै जाँदा उत्पादन घट्न थालेपछि यहाँका किसानले प्राङ्गारिक मल र रैथाने बिउबिजनको प्रयोगमा जोड दिन थालेका हुन् । किसानको यो अभियानलाई यहाँका स्थानीय तहले पनि सघाउने भएका छन् । जिल्लाको मङ्गला गाउँपालिकाले मानव मूत्रको प्रयोग गरी फलफूल, तरकारी र खाद्यान्न उत्पादन गर्ने किसानलाई प्रोत्साहित र पुरस्कृत गर्ने गरेको छ । रासायनिक मलको प्रयोग गरी खेती गर्ने होडबाजी चलिरहेका बेला मङ्गलाले अर्ग्यानिक कृषि उत्पादन गाउँपालिका… पुरा पढौ

२५ बैंकले रु चार अर्ब ६७ करोड ब्याज फिर्ता गर्नुपर्ने

सम्झौताविपरीत बढी प्रिमियम लिएका २५ वाणिज्य बैंकले रु चार अर्ब ६७ करोड ऋणीलाई फिर्ता गर्नुपर्ने भएको छ । कर्जा प्रवाह गर्दा ऋणीसँग गरिएको सम्झौताविपरीत प्रिमियम थप गरेपछि वाणिज्य बैंकहरूलाई नेपाल राष्ट्र बैंकले नियमविपरीतको प्रिमियम फिर्ता गर्न निर्देशन दिएको हो । ब्याजदर फिर्ता गर्ने प्रतिबद्धता नजनाए लेखापरीक्षण प्रतिवेदन नै स्वीकृत नगर्ने केन्द्रीय बैंकको अडानपछि बैंकहरु सो रकम फिर्ता गर्न तयार भएका हुन् । राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले २५ बैंकलाई सो बराबरको रकम फिर्ता गर्न निर्देशन दिइएको जानकारी दिए । बैंक… पुरा पढौ

२२ औं संस्करणको आहा ! रारा गोल्डकप आजबाट , सहारा क्लब र धरान एफसीविच खेल हुदै

पोखरा । आजबाट पोखरा रंगशालामा २२ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिता सुरु हुदै छ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब र धरान एफसीबीच प्रतिस्पर्धा हुदै छ । खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं”भन्ने उद्धेश्यका साथ आयोजना हुने उक्त प्रतियोगितामा साविक विजेता एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, धरान फुटबल क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, भुटनिज युथ स्पोर्ट्स क्लब युएसए, नेपाल पुलिस क्लब, सङ्कटा क्लब… पुरा पढौ