समाचार

नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ भोलि, भोलिनै मन्त्रिपरिषद् विस्तार हुने

काठमाण्डौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सोमबार अपराह्न ४ बजे पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालयका अनुसार सोमबार नवनियुक्त प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारीका अनुसार नवनियुक्त प्रधानमन्त्रीसहित मन्त्रीहरूको शपथ ग्रहण समारोह सोमबारका लागि तय भएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभाको एक सय ६९ सांसदको समर्थन छ । सोमबार नै मन्त्रिपरिषद्का केही सदस्यले समेत… पुरा पढौ

तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त प्रचण्डको राजनीतिक जीवन

काठमाण्डौं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदको समर्थनसहित नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तेस्रो पटक नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनपछि विकसित राजनीतिक घटनाक्रमसँगै उनी प्रधानमन्त्री बन्न सफल भएका हुन् । उनको नियुक्तिसँगै निर्वाचन परिणाम प्राप्त भएपछि विकसित राजनीतिकरूपमा देखिएको अन्योल स्वतः सकिएको छ । पछिल्लो… पुरा पढौ

लिटरेचर फेस्टिभल : किन सुध्रेन नेपालमा फिल्म समीक्षा ?

पोखरा । पोखरामा जारी १०औं नेपाल लिटरेचर फेस्टिभलको सेसन ‘फिल्म समीक्षकको समीक्षक’ सेसनमा फिल्म समीक्षाबारे बहस भएको थियो। बहसमा अभिनेत्री स्वस्तिमा खड्का, फिल्म समीक्षक अनुप सुवेदी र फिल्म निर्देशक दीपेन्द्र लामा थिए। समीक्षक सुरज सुवेदी कार्यक्रमका सहजकर्ता थिए। फिल्म समीक्षा नेपालमा किन सुध्रेन र विश्वसनीय भएन भन्नेबारे छलफल भएको थियो। मिडिया हाउसले समीक्षामाथि लगानी नगर्नुले समीक्षामा सुधार नआएको वक्ताहरूले बताए। स्वस्तिमाले फिल्ममेकरहरूले समीक्षालाई नस्विकार्ने बताइन्। तर उनी आफूले रोज्ने फिल्म, निर्देशकको छनोट र टिममा गर्ने कामलाई समीक्षाले योगदान गरेको बताउँछिन्।… पुरा पढौ

हिसान स्पोर्टस मिटको उपाधि प्रतिभाले जित्यो

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिट अन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलो पटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटक सम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो । प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा… पुरा पढौ

पोखरामा सौर्य एयरलाइन्सको जेट पहिलो पटक अवतरण

पोखरा । पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय… पुरा पढौ

स्पेनको काथेरेन्यो र गण्डकी ११ बिचको ऐतिहासिक मैत्रिपूर्ण फुटवलको तयारी अन्तिम चरणमा

पोखरा । खेलकुदको शहर पोखरामा यही पुष १३ गते (बुधबार) स्पेनको काथेरेन्यो फुटवल क्लव र गण्डकी प्रदेश ११ बिच हुने ऐतिहासिक मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको छ । लुम्बिनी गार्डेन फाउण्डेसनको आयोजना, कास्की जिल्ला फुटवल संघको सहकार्यमा हुने उक्त मैत्रिपूर्ण फुटवल खेलको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए । शान्तिका लागि फुटवल भन्ने नारा सहित नेपालको पोखरा र काठमाण्डौंमा गरी दुई ठाँउमा दुई दिने हुने उक्त ऐतिहासिक खेल खेल्न स्पेनको टोली आजको क्रिसमस पर्व मनाएसंगै… पुरा पढौ

परिस्थितिको सूक्ष्म अध्ययन गरी अगाडि बढ्ने समाजवादीको निर्णय

काठमाण्डौं । नेकपा (एकीकृत समाजवादी)ले एक्कासि विकसित मुलुकको राजनीतिक परिस्थितिको अध्ययन गरी देश, जनता र पार्टीको हितलाई सर्वोपरि ध्यानमा राखेर अगाडि बढ्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको आज बसेको केन्द्रीय सचिवालयको बैठकले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई गम्भीरतापूर्वक छलफल गरी उक्त निर्णय गरेको महासचिव डा बेदुराम भुसालले जानकारी दिए । बैठक पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको हो । रासस पुरा पढौ

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा प्रचण्ड नियुक्त

काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधिसभाका सदस्य प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा आज साँझ जारी विज्ञप्तिमा उल्लेख छ । यसअघि अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि प्रतिनिसभाका कूल एक सय ६९ जना सदस्यको समर्थनसहितको दाबी पेश गरेका थिए । राष्ट्रपति भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत… पुरा पढौ

१६९ सांसदको समर्थन सहित प्रधानमन्त्रीमा प्रचण्डद्वारा दावी पेश

काठमाण्डौं । प्रतिनिधिसभाका कूल एक सय ६९ सांसदसहित नेकपा (माओवादी) केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ प्रधानमन्त्रीका लागि आफ्नो दाबी पेश गरेका छन् । नेपालको संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आज साँझसम्मको समयसीमाभित्रै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् । नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम माओवादी केन्द्रका संसदीय दलका नेतासमेत रहेएका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीका लागि दाबी पेश गरेका हुन् । उनलाई कूल एक सय ६९ सांसदको समर्थन छ । त्यसमा नेकपा (एमाले)को ७८, माओवादी… पुरा पढौ

संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन

पोखरा, पुस १० नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी चयन भएका छन् । नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको आईतबार बसेको बैठकले अधिकारीलाई संसदीय दलको नेता बनाउने सर्वसम्मत निर्णय गरेको हो । पुरा पढौ