समाचार

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको समय आज सकिँदै

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय आज सकिँदै छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ गते एक साताको समय निर्धारण गरी आह्वान गरेकी थिइन् । पाँचदलीय सत्तागठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन् । त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत दलका शीर्षनेताहरूले द्विपक्षीय, बहुपक्षीयरूपमा छलफल जारी… पुरा पढौ

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९५ वर्षको उमेरमा आज निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । भोजपुरको दिङ्गलास्थित साल्मामा जन्मनुभएका बस्नेतले भारतको बनारसबाट एलएलबीसम्मको अध्ययन पूरा गरेका थिए । सरकारको विभिन्न उच्च ओहोदामा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरेका स्व बस्नेत सर्वोच्च अदालतको न्यायाधीश, नेपाल निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त, कानुन, न्याय तथा शिक्षामन्त्री (२०२४), अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री (२०२५), नेपाल प्रेस काउन्सिलको… पुरा पढौ

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोजं) लगाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गरेका हुन् । छिमेकी मुलुकमा देखिएको बिएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउनसमेत मन्त्रालयले आग्रह गरेको छ । नेपालमा हालसम्म नयाँ प्रजातिको बिएफ–७ नामक भाइरस देखिएको छैन । मन्त्रालयले पहिलो र दोस्रो मात्रा खोप लगाएका व्यक्तिले अनिवार्यरूपमा बुस्टर डोज… पुरा पढौ

गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना

गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन् । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवद्र्धन गर्न सरकार सकारात्मक रहेको उनले उल्लेख गरे । रासस पुरा पढौ

‘क्रिसमस डे’ मनाइँदै

क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज यस समुदायले क्रिसमस डे मनाउँदैछन् । आजभन्दा दुई हजार २२ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मनुभएका येशु ख्रीष्टले तीन मुख्य खुसीयाली दिनुभएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले राससलाई जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिनुभएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेका छन् । मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति… पुरा पढौ

१५ औं कास्की हिसान स्पोर्टस मिट : विभिन्न खेलहरु जारी, समापन आइतबार हुने

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट शनिबार तेश्रो दिन पनि विभिन्न खेलहरु जारी रहेका छन् । पोखरा रंगशालामा जारी १५ औं हिसान स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा भलिबल, बास्केटबल, टेबुल टेनिस र व्याडमिन्टनका खेलहरु मध्ये व्याडमिन्टनका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका हुन । टेबुल टेनिसको फाइनल खेल तथा बास्केटबल र भलिबलको सेमीफाइनल र फाइनल खेलहरु आइतबार समापनका अवसरमा हुने हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काले जानकारी दिएका छन् ।… पुरा पढौ

२५ वर्षपछि नेपाली स्टेजमा मादल बजाए रञ्जित गजमेरले

पोखरा । नेपाललाई अन्तर्राष्ट्रिय समुदायमा, विशेषगरी भारतमा मादलको देश भनेर चिनाउने संगीतकार हुन् रञ्जित गजमेर। रञ्जित गजमेरको संगीतमा सजिएका नेपाली फिल्मी गीतहरु नेपाली स्रोताको पहिलो रोजाइमा पर्ने गीत हुन्। दैनिक सुने पनि मुम्बई बसेर काम गर्दै आएका उनलाई प्रत्यक्ष सुन्ने मौका बिरलै जुर्छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभलको तेस्रो दिन यस्तै दुर्लभ अवसर जुरेको छ। गजमेर विशेष कार्यक्रम ‘गीत रञ्जित’मा उनले झन्डै २५ वर्षपछि नेपाली स्टेजमा मादल बजाएको देख्न सुन्न पाइयो । उनले हम दोनो दो प्रेमी दुनिया छोड… पुरा पढौ

युआरएल दमौलीको स्थापना दिवस

पोखरा । तनहुँको सदरमुकाम व्यास नगरपालिकाको दमौलीमा रहेको युआरएल दमौलीले शुक्रबार एक समारोहबीच स्थापना दिवस मनाएको छ । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले ७ वर्षअघि दमौलीमा शाखा खोलेको थियो । कार्यक्रममा व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले गुणस्तरीय ल्याब, अस्पतालहरुको स्थापना र सेवाले जनस्वास्थ्यको क्षेत्रमा जनताको पहुँच बढ्दै गएको बताए । दमौली अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा राजु नानामगरले युआरएल जस्ता ल्याबको स्थापनाले रोगको निदानमा सहज भएको बताए । युआरएल गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब हो ।… पुरा पढौ

पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । पोखरामा सहरी विकासमा सामाजिक संस्थाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ पोखरा न्युरोडले आयोजना गरेको कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले सहरको विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सामाजिक संस्थाले सरकारको कामकारबाही प्रति पैरवी गर्दै विकासका अवधारणाहरुलाई सुचारु गर्न सहयोग गरेको अभिव्यक्ति दिए । ‘सहर विकासमा सामाजिक संस्थाको भूमिका महत्वपूर्ण छ । पूर्वाधार विकास देखि सामाजिक एवम् सांस्कृतिक विकासमा सामाजिक संस्थाहरुले उल्लेखनिय… पुरा पढौ

रेडियो नेपाल कर्मचारी संघ प्रदेश प्रशारण केन्द्र पोखराको अध्यक्षमा आलेमगर

पोखरा । रेडियो नेपाल कर्मचारी संघ प्रदेश प्रशारण केन्द्र पोखराको ११ औं अधिवेशनले हर्क आलेमगरको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न केन्द्रको अधिवेशनले आलेमगरको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति चयन गरेको हो । केन्द्रको उपाध्यक्षमा शिला गुरुङ, सचिवमा गोविन्द पाठक, कोषाध्यक्षमा तुलसी पौडेल निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा मेदन बहादुर बस्नेत, खड्गबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ निर्वाचित भएको नवनिर्वाचित सचिव गोविन्द पाठकले जानकारी दिए । यस्तै केन्द्रिय पार्षदहरुमा अग्रिम श्रेष्ठ, प्रमिला सुवेदी, निशान अर्याल र टीकाराम भन्तनालाई चयन… पुरा पढौ