समाचार

प्लास्टिक टनेलमा कालो लेउको समस्या

प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताए । ‘‘टनेलमाथि चडेर सफा गर्न… पुरा पढौ

सहिद नेपालीको शालिक अनावरण

व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पस परिसरमा निर्माण गरिएको सहिद चन्द्रबहादुर नेपालीको अर्धकदको शालिकको आज अनावरण गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विकले सहिद नेपाली छात्राबासको उद्घाटनका साथै शालिकको अनावरण गरी माल्यापर्ण गरेका हुन। लोकतन्त्र र प्रजातन्त्रका लागि २००७ साल माघ १ गतेको आन्दोलनमा नेपालीले शहादत प्राप्त गरेपछि उनको स्मृतिमा क्याम्पस परिसरमा शालिक निर्माण गरिएको हो । गण्डकी प्रदेशको रु पाँच लाख आर्थिक सहयोगमा सहिद नेपालीको शालिक निर्माण गरिएको हो । यसअघि क्याम्पस परिसरमा निर्माण गरिएको शहीद नेपाली… पुरा पढौ

सांसदद्वय यादव र राईद्वारा शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यद्वय महिन्द्र राय यादव र रामकुमार राईले पद तथा गोपनीयताको शपथ लिएका छन । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले उनहरुलाई शपथ गराए । शपथ समारोहमा सचिवालयका महासचिव डा भरतराज गौतम, सचिवलगायत संसद्का कर्मचारीको उपस्थिति थियो । प्रतिनिधिसभाका दुई सय ७० सदस्यले बिहीबार नयाँ बानेश्वरस्थित संसद् भवनमा शपथ लिएका थिए । यादव र राई कारणवश शपथ लिन छुटेका थिए । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक एक सय १०… पुरा पढौ

घट्यो सुनचाँदीको मूल्य

नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु एक हजार दुई सयले ओरालो लागेको छ । हिजो प्रतितोला रु एक लाख एक हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख तीन सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला रु ९९ हजार आठ सय छ । यसको मूल्य अघिल्लो दिन मूल्य रू एक लाख एक हजार थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो… पुरा पढौ

नेपाल बङ्गलादेशसँग पराजित

बंगलादेश । बङ्गलादेशमा आजदेखि सुरु भएको काभा यू–२३ पुरुष भलिबल च्याम्पियनशिपमा नेपाल आयोजक बङ्गलादेशसँग पराजित भएको छ । बङ्गलादेशको राजधानी ढाकामा भएको उद्घाटन खेलमा नेपाल बङ्गलादेशसँग ०–३ को सोझो सेटमा पराजित भएको हो । बङ्गलादेशसँग नेपाल पहिलो सेटमा २४–२६ ले पराजित भयो भने दोस्रो सेटमा २२–२५ ले पराजित भयो । त्यसैगरी नेपालले तेस्रो तथा अन्तिम सेट २१–२५ ले गुमायो । च्याम्पियनशिपमा आयोजक बङ्गलादेशसँगै नेपाल, श्रीलङ्का र किर्गिस्तान गरी चार टोलीको सहभागिता रहेको छ । नेपालले अब आफ्नो दोस्रो खेल भोलि… पुरा पढौ

पोखराको रानीवन आर्किडमा भोलिदेखि प्रदेश पक्वान मेला हुँदै

पोखरा, पुस ७ पोखरामा भोलिदेखि प्रदेश पक्वान मेला शुरु हुने भएको छ । तमु ल्होसार, क्रिसमस डे र अंग्रेजी नया वर्षको अवसर पारेर पोखराको लेकसाईडस्थित रानीवन आर्किडमा प्रदेश पक्वान मेला आयोजना हुने भएको हो । रानीवन आर्किडको ४५ औं वार्षिकोत्सवको अवसरमा भोलिदेखि शुरु हुने मेला अंग्रेजी नया वर्षको पहिलो दिन पुस १७ गतेसम्म आयोजना हुने विहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । मेलामा सातै प्रदेशका लोकप्रिय खानाका परिकारहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने होटल रानीवन आर्किडका सञ्चालक हरि भुजेलले… पुरा पढौ

‘पोखरा खेलकुद संस्कृतीको रुपमा स्थापित छ’ : मुख्यमन्त्री पोखरेल

पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा सुरु भएको छ । पोखरा रंगशालामा आयोजित १५ औं हिसान स्पोर्टस मिटको एक भव्य समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका छन् । सेम अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पोखरा खेलकुद संस्कृतीको शहरको रुपमा बिकास भएको बताए । उनले भने–“गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको… पुरा पढौ

‘आठौं पेक टेक एक्सपो’को तयारी पुरा, भोलिदेखि प्रर्दशनी हुँदै

पोखरा । पोखरा इञ्जिनियरिङ कलेजको आयोजनामा हुन लागेको ‘आठौं पेक टेक एक्सपो–२०२२’ को तयरी पुरा भएको छ । कलेजमा अध्यनरत विद्यार्थीहरुको अन्र्तनिहित प्रतिभाको प्रस्फुटन गर्ने उद्देश्यसहित यही पौष ८ गते (भोलि) र ९ गते शनिबार गर्न लागिएको एक्पोको सम्मूर्ण तयारी पुरा भएको कलेजले बिहीबार क्याम्पसमा पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । कलेजमा विद्यार्थीले आफूले सिकेका, बुझेका ज्ञान तथा आफूमा अन्र्तनिहित प्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यसहित सन् २००२ देखि प्रत्येक २–२ वर्षको अन्तरमा प्रर्दशनी गरिँदै आएको क्याम्पसका प्रिन्सीपल रोजना जोशीले जानकारी… पुरा पढौ

नेपाल लिटरेचर फेस्टिभलको एक दशक :दशौँ संस्करणको सुरुवात

पोखरा । नेपाल लिटरेचर फेस्टिभलको दशौँ संस्करण पोखराको लेकसाइडस्थित बाराही घाटमा सुरु भएको छ। करिब दुई सय वक्ता र हजारौँ सहभागीहरूको उपस्थिति रहने यस अन्तर्राष्ट्रिय फेस्टिभलको पहिलो दिन, उद्घाटन सत्रमा काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार तथा अर्थशास्त्री डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिए। उनले ’नेपाल २०९०’ शीर्षकमा दिएको मन्तव्यमा विशेषगरी नेपालले अपनाउनु पर्ने विकासको शैली र यहाँका सम्भावना एवम् राजनीतिक÷सामाजिक नेतृत्वले लिनु पर्ने बाटाबारे चर्चा गरेका थिए। “सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल निःसन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धिशाली र… पुरा पढौ

दाहाललाई दलको नेता बनाउने माओवादी निर्णय

नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको नेता नारायणकाजी श्रेष्ठलाई बनाउने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए । बैठकले सङ्घीय सांसदबाट मासिक रु १२ हजार लेबी उठाउने निर्णयसमेत गरेको छ । केही दिनअघि बसेको माओवादी पदाधिकारी बैठकले नवनिर्वाचित सांसदको शपथ ग्रहणपछि दलको नेता चयन गर्ने निर्णय गरेको थियो… पुरा पढौ