समाचार

महेन्द्र जनसहयोग आधारभुत विद्यालयको ६२ औं वार्षिकोत्सव

स्याङ्जा । स्याङ्जाको महेन्द्र जनसहयोग आधारभुत विद्यालयले ६२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।फेदीखोला गाउँपालिका–२ स्थानचौरमा अवस्थित विद्यालयले शुक्रबार आफ्नो ६२ औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले उद्घाटन गरे । उनले गाउँपालिका सामुदायिक विद्यालयको गुणस्तर वृद्धिका लागि प्रतिवद्ध रहेको बताए । उनले विद्यालयको शैक्षिक र भौतिक संरचनामा निर्माणमा पूर्व विद्यार्थी गोदार उपकारको संयोजकत्वमा जापानीज संस्था पिक एड फाउण्डेसन र नोगुचिकेन मार्फत पुर्‍याएको योगदानको प्रशंसा गरे । उनले भने, ‘गरिव, मजदुर र किसानका छोराछोरी पढ्ने… पुरा पढौ

मेरो गाउँमा सपना देखिथ्यो, तर ठूलो सपना देख्न पाइन्नथ्यो : केपी शर्मा ओली

तपाईं आफूलाई कति भाग्यमानी ठान्नु हुन्छ ?छानेर नि हैन, हैन जानी जानीतर जन्मे नेपालमैमत भाग्यमानीकति भाग्यमानीभर्खरै हामीले सुनेको शिशिर योगीले गाएको यो गीत अप्रेसन गरिसकेपछि, बेडमा होस खुल्दा केही पनि गर्न नसक्दा, अप्रेसन सफल भएर बेडमा सुतेका बेला रचना गरेको हुँ ।भाग्यमानीको दुई वटा अर्थ हुन्छ ।एउटा भगवानले गरिदिएको, भगवानले बनाइदिएको, भगवानले कमाइदिएको भन्ने । अर्को आफ्नै कमाइ, मेहनत र परिश्रमले होइन स्वतः आइलागेको । साह्रै राम्रो संयोग । कुनै सकारात्मक उपलब्धी स्वतः आइलाग्यो भने पनि भाग्यमानी भन्छौं हामी ।यसै… पुरा पढौ

भोलि पोखरामा एकै पटक १२ सय बढीलाई नेवारी भोज खुवाइने

पोखरा । नेवाः खल कास्की र नेवाः मिसा पुचः कास्कीको आयोजनामा पोखरामा नेवारी भोज कार्यक्रम हुने भएको छ । शनिबार झ्वः भ्वय तथा सांस्कृतिक उत्सवको तेस्रो संस्करण आयोजना हुन लागेको नेवाः मिसा पुचः कास्कीका अध्यक्ष मेनुका श्रेष्ठले जानकारी दिइन् ।  साँस्कृतिक गतिविधी मार्फत नेवारी संस्कृतिको जगेर्नामा तल्लिन नेवाः खलले नेवारी खानाको संस्कृतिलाई बचाउनका लागि भोजको आयोजना गरिएको नेवाः खल कास्की का अध्यक्ष अशोक पालिखेले बताए । पोखरामा पहिलोपटक २०७२ सालमा झ्वः भ्वयको आयोजना गरिएको थियो । हरेक २÷२ बर्षमा आयोजना… पुरा पढौ

सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ?

पोखरा । कानुनमा जातीय हिंसा अन्य भए पनि व्यवहारमा कार्यान्वयन नभएको अधिकारकर्मीले बताएका छन् । बुकवर्म फाउन्डेसनद्वारा आयोजित पोखरामा जारी दशौं नेपाल लिटरेचर फेस्टिबलको सामाजिक न्याय : अग्रगमन कि पश्चगमनतर्फ ? विषयक सत्रका वक्ताले कानुनमा उत्कृष्ट व्यवस्था भए पनि कार्यान्वयन फितलो भएको भनाइ राखेका हुन् । पोखरा लेकसाइडमा बिहीबारदेखि सुरु भएको फेस्टिभलको दोस्रो दिन उक्त विषयमा छलफल भएको थियो । छलफलमा पूर्व सांसद तथा नेकपा एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य र अधिकारकर्मी प्रदीप परियारबीच अन्तरक्रिया भएको थियो । सत्रलाई किरण… पुरा पढौ

पुस्तकमा छायामा परेकी यशोधाको पर्खाइ र त्याग

पोखरा । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिभल २०२२ को दोस्रो दिन हरिबोल काफ्लेद्वारा लिखित पुस्तक यशोधराको लोकार्पण भएको छ । सिद्धार्थ गौतमको बुद्ध बन्ने यात्रामा यशोधराको भूमिका तथा त्यागको कथा रहेको उपन्यास शुक्रबार लोकार्पण गरिएको हो । पुस्तकका बारेमा बोल्दै समीक्षक तथा चिकित्सक जीवन क्षेत्रीले यो पुस्तकले गौतम बुद्धका बारेमा भनिँदै सुनिँदै आएका कथामा खाली रहेका ठाउँहरु भरेको बताए । उनले भने, ‘यो पुस्तक हातमा परेपछि पहिलेका खाली ठाउँ भरिएला भन्ने अपेक्षा थियो । जसमा लेखक सफल पनि हुनुभएको छ… पुरा पढौ

‘कस्तो पोखरा, कस्तो बनाउने ?’

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई पत्रकार अमृत सुवेदीले प्रश्न गरे, ‘कुनै पंखा बेसरी घुम्छन् तर हावा दिँदैनन् । तपाईं मेयरपछि दौडधूपमा हुनुहुन्छ । तर जनताले परिणाम देख्न पाएका छैनन् । पोखराको कामले छोरी भेट्न फुर्सद छैनन भन्नुभयो । केही समयअघि सकिएको विश्वकप तपाईंले ठूलो स्क्रिनमा सहरमा देखाउनुयो । अब पोखराको उपलब्धि ठूलो स्क्रिनम कहिले देखाउने ?’ पोखरामा जारी दशौं अन्तर्राष्ट्रिय साहित्य महोत्सवको ‘कस्तो पोखरा’नामक सेसनमा सहजकर्ता सुवेदीले मेयर आचार्यलाई सोधेको सुरुवाती प्रश्न थियो यो । उक्त बहसमा मेयरसँगै… पुरा पढौ

पोखरामा ‘ओपन तथा भेट्रान’ टेनिस प्रतियोगिता हुँदै

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षमताका टेनिस खेलाडीको उत्पादन र टेनिस खेलको विकासको लक्ष्यसहित ‘ओपन तथा भेट्रान्स’ टेनिस प्रतियोगिता हुने भएको छ । कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ देखि १५ गतेसम्म पोखरा रङ्गशालास्थित टेनिस कोर्टमा १९औँ संस्करणको सो प्रतियोगिता हुन लागेको हो ।प्रतियोगितामा सहभागिता जनाउन भारत, बेलायत र भुटानबाटसमेत टेनिस खेलाडी पोखरा आउन लागेको प्रतियोगिता संयोजकसमेत रहेका सङ्घका द्वितीय उपाध्यक्ष नवीन चालिसेले आज आयोजित पत्रकार सम्मेलनमा जानकारीदिए । उनका अनुसार प्रतियोगिता हालसम्मकै धेरै खेलाडीको सहभागिता हुन लागेको हो ।… पुरा पढौ

‘जंगलबाट ल्याएर पाल्दैमा हात्ती घरपालुवा हुँदैनन्’

पोखरा । निकुञ्ज आसपासका क्षेत्रमा प्रशस्तै घरपालुवा हात्ती भेटिन्छन् । ती हात्तीको रेखदेख र खानपिन उसको मालिकले नै गर्छन् । तर, घरमा पाल्दैमा जंगली जनावार हात्ती घरपालुवा हुन्छ ? जीवजन्तुको आनीबानीबारे जानकार लेखक ददि सापकोटा हात्ती घरपालुवा हुन्छन् भन्ने विषयलाई स्वीकार्दैनन् । पोखरामा जारी दशौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलको ‘चराचुरुंगी र जनावारको आनीबानी’ सेसनमा बोल्दै सापकोटाले जंगलबाट ल्याइने जनावार घरपालुवा हुन नसक्ने दाबी गरे । ‘कुनै जनावार घरपालुवा हुन १३ देखि १७ पुस्ता चाहिन्छ । कुखुरा पाल्दा छोरा, नाती भएर… पुरा पढौ

मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा दुई जना चिनियाँ पक्राउ

नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई चिनियाँ नागरिकलाई प्रक्राउ गरेको छ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा काठमाडौँ ठमेल बस्ने चिनियाँ नागरिकद्वय ३० वर्षीय चेन याङ र ३३ वर्षीय रूआन चाओहोङलाई आज पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुले तीन जना नेपाली नागरिकलाई फ्रि भिसा र फ्रि टिकटमा लाओसमा अनलाइन सेल्स मार्केटिङको काममा लगाइदिने र मासिक एक हजारदेखि एक हजार पाँच सय डलरसम्मको कमाइ हुन्छ भन्दै प्रलोभनमा पारी गत भदौ १७ मा काठमाडौँबाट… पुरा पढौ

प्लास्टिक टनेलमा कालो लेउको समस्या

प्लाष्टिक घर (टनेल)मा कालो लेउको समस्या देखिन थालेपछि बागलुङको जैमिनी नगरपालिकाका व्यावसायिक किसान मर्कामा परेका छन् । व्यावसायिक तरकारी खेतीका लागि तयार पारिएका प्लास्टिक घर कालो लेउले छोपिएको छ । प्लास्टिकमा लेउ लागेपछि हिउँदमा तापक्रम नपुग्ने र उत्पादन घट्ने गरेको किसानको गुनासो छ । गतवर्ष बनाइएका प्लास्टिक घर यो वर्षको हिउँदसम्म कालै भएका छन् । वर्षाको समयमा पानीका कारण कालो लेउ लागेका प्लास्टिक पखाल्ने प्रविधि नहुँदा समस्या भएको जैमिनी नगरपालिका–१ कुश्मीशेराका किसान त्रिविक्रम शर्माले बताए । ‘‘टनेलमाथि चडेर सफा गर्न… पुरा पढौ