समाचार

‘शिक्षालाई गुणस्तरीय र समतामूलक बनाइनुपर्ने’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव घनश्याम अर्यालले गुणस्तरीय तथा समतामूलक शिक्षा हासिल गर्न पाठ्यक्रममा समयानुसार परिमार्जन गर्दै लैजानुपर्ने बताएका छन । शिक्षा पत्रकार समूह र युनेस्को काठमाडौँको संयुक्त आयोजनामा यहाँ आयोजित कार्यक्रममा बोल्दै उनले आधारभूत तहमा विद्यार्थीको सहभागिता उत्साहप्रद देखिए पनि माथिल्लो तहमा विद्यार्थीको पहुँचमा कमी भएको बताए । युनेस्को काठमाडौँका प्रतिनिधि धु्रव रेग्मीले २०७२ सालको भूकम्पले अस्तव्यस्त पारेको नेपालको शिक्षा क्षेत्रलाई कोभिड–१९ ले अरु समस्याग्रस्त बनाएको भन्दै शिक्षाको गुणस्तर सुधारका लागि सबै क्षेत्रको सामूहिक प्रयास आवश्यक रहेको बताए… पुरा पढौ

समानुपातिक सांसदले प्रमाणपत्र लिएपछि माओवादीले दलको नेता चयन गर्ने

नेकपा (माओवादी केन्द्र)ले समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदले प्रमाणपत्र लिएपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । पहिलो हुने निर्वाचित हुने र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसदको टुङ्गो लागिसकेको भए पनि समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र लिएपछि मात्र दलको नेता चयन गर्ने माओवादीको तयारी छ । माओवादीको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले अन्य दलमा जस्तो संसदीय दलको नेता चयनमा विवाद नभएको र समानुपातिकतर्फबाट निर्वाचित सांसदले आधिकारिक प्रमाणपत्र पनि नलिएको अवस्थामा दलको नेता चयनमा हतारो नगरिएको दाबी गरे ।… पुरा पढौ

गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्छ : सञ्चार मन्त्री

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गोरखापत्र संस्थानका प्रकाशनले नेपालीको आवाजलाई प्रतिनिधित्व गर्नुपर्ने बर्ताएका छन । ‘द राइजिङ नेपाल’ अङ्ग्रेजी दैनिक पत्रिकाको ५७ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले गोरखापत्र र राइजिङ नेपाललाई सत्यतथ्य, निष्पक्ष र विश्वसनीय छापामाध्यमका रुपमा विकास गर्नुपर्ने बताएका हुन । उनले अहिले संसारभरि नै छापालाई अनलाइन सञ्चारमाध्यमले विस्तारै विस्थापित गर्दै गरेको यथार्थ हाम्रासामु रहेको उल्लेख गर्दैै यो नेपालमा अपवाद हुन सक्दैन भने । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनबाट जनताले… पुरा पढौ

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उडानयोग्य

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको छ । विमानस्थलमा हालै गरिएको यान्त्रिक परीक्षण उडान ‘क्यालिब्रेसन फ्लाइट’ को प्रतिवेदन सकारात्मक आएसँगै सो विमानस्थल अन्तर्राष्ट्रिय उडानयोग्य भएको हो । अब विमानस्थल सञ्चालनका लागि अन्तिम तयारी समेत गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले यान्त्रिक परीक्षण उडानको प्रतिवेदन सकारात्मक आएको जानकारी दिए । उनले भने,“क्यालिब्रेसन फ्लाइटको प्रतिवेदन आइसकेको छ, प्रतिवेदनमा सबै कुरा राम्रो छ । प्रतिवेदनको ‘इन्फरमेशन’ छिट्टै प्रकाशन गरिनेछ ।” प्रवक्ता निरौलाका अनुसार यान्त्रिक परीक्षणको… पुरा पढौ

जैमिनीमा एक माध्यमिक विद्यालय एक अक्षयकोष अभियान

जिल्लाको जैमिनी नगरपालिकामा ‘एक वडा, एक माध्यमिक विद्यालय, एक अक्षयकोष’ अभियान सुरु भएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृत्ति उपलब्ध गराउने उद्देश्यले सबै वडाका माविमा अक्षयकोष स्थापना गर्न लागिएको हो । सामाजिक संस्था ‘हाम्रो जैमिनी संस्था’ले अक्षयकोष स्थापनाको पहिलो चरणको अभियान सुरु गरेको छ । दाताहरुकै सहयोगका भरमा उक्त अभियान सुरु गरिएको संस्थापक छायादत्त चापागाईंले बताए । पहिलो चरणमा नगरपालिका–७ जैदीमा रहेको संस्कृत मावि, वडा नं ८ छिस्तीमा रहेको जनकल्याण मावि, वडा नं ६ अर्जेवामा रहेको जनकल्याण मावि, वडा… पुरा पढौ

९ जना वृद्धा महिलाका गहना चोरेको आरोपमा पर्वतका श्रेष्ठ पक्राउ

पोखरा । पोखराका विभिन्न ठाउँबाट सुनका गहना चोरी गरेको आरोपमा कास्की प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वतको मोदी गाउँपालिका वडा नम्बर ६ घर भइ पोखरा महानगरपालिका वडा नम्बर ४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठ रहेकी छन् । श्रेष्ठले पोखराका विभिन्न ठाउँबाट वृद्धा महिलाहरुको घर पुगी परिवारका अन्य सदस्यहरु नभएको मौका छोपी सुनका गहना र नगद चोरी गरेको कास्की प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले जानकारी दिए । श्रेष्ठले ९ जना पीडितले जिल्ला प्रहरी कार्यालयमा… पुरा पढौ

सहकारीद्धारा ज्येष्ठ सदस्यलाई पेन्सन, अपाङ्गता भएकालाई भत्ता वितरण

बागलुङ । बागलुङको आदर्श सञ्चार सहकारी संस्थाले ज्येष्ठ शेयर सदस्यलाई बर्सेनि पेन्सन र अपाङ्गता भएका शेयर सदस्यलाई भत्ता वितरण गर्दै आएको छ । संस्थाले पाँच वर्षदेखि ज्येष्ठ शेयर सदस्यलाई वर्षको रु दुई हजार चार सयका दरले र अपाङ्गता भएका शेयर सदस्यलाई वार्षिक रु एक हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको आदर्श सञ्चार सहकारीका अध्यक्ष हुमाकुमारी जिसीले जानकारी दिए । सहकारीले सञ्चारमाध्यम सञ्चालनलाई मुख्य उद्देश्य मान्दै आएको छ । पाँच वर्षअघिदेखि सुरु गरिएको ज्येष्ठ नागरिक पेन्सनबाट चालू आर्थिक वर्षमा २६ जना… पुरा पढौ

विकासलाई रोजगारसँग जोड्दै कावासोती नगरपालिका

कावासोती । नवलपरासीपूर्व नवलपुरको कावासोती नगरपालिकाले विकासलाई रोजगारसँग जोड्न आयोजना सञ्चालन गरेको छ । नगरपालिकाले नगरभित्रका १७ वटा वडामा श्रममूलक सार्वजनिक विकास आयोजना सञ्चालन गरेको हो । श्रमलाई जोडेर विकास निर्माणका काम गर्ने गरी रु १२ करोड ६० लाख बराबरका ८७ वटा आयोजना छनोट गरी काम अघि बढाइएको नगरपालिकाका रोजगार संयोजक मुकुन्द सापकोटाले जानकारी दिए । नेपाल सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत श्रममूलक आयोजना छनोट गरी काम अघि बढाइएको उनले बताए । नगरपालिकाभित्रका १७ वटै वडामा श्रममूलक आयोजना छनोट गरिएको… पुरा पढौ

पहिरामा परी २ जनाको मृत्यु, ५१ बेपत्ता

मलेसियाको राजधानी क्वालालम्पुरस्थित शिविरमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५१ जना बेपत्ता भएका छन् ।स्थानीय प्रहरीका अनुसार बिहान ७ बजेसम्म ५१ जना बेपत्ता रहेको र उद्धारको प्रयास भइरहेको छ । यसैबीच न्यु स्ट्रेट टाइम्सले पहिरो जाने समयमा त्यस शिविरमा ७९ जना मानिस रहेको उल्लेख गरेको छ। अग्नि तथा उद्धार विभागले २३ जना पहिरोबाट जोगिएको र तीन जना घाइते भएको बताएको छ । अग्निशामक विभाग र स्वैच्छिक फायर एसोसिएसन, निजी फायर डिपार्टमेन्ट, प्रहरी, मलेशियन सिभिल डिफेन्स फोर्स, स्वास्थ्य… पुरा पढौ

थानीमाई मन्दिरमा भक्तजनको आकर्षण

तनहुँ । तनहुँ जिल्लाको भानु नगरपालिका–७ वसन्तपुरस्थित धार्मिकस्थल थानीमाई मन्दिरमा भक्तजनको आर्कषण बढ्दै गएको छ । उक्त मन्दिरमा तनहुँ, लमजुङ, गोरखा, कास्की, चितवन, काठमाडौँलगायतका जिल्लाबाट भक्तजन पूजाअर्चना र फूलको डोली भित्र्याउन भीड नै लाग्ने गरेको हो । कोही भाकल गर्न र कोही भाकल बुझाउन मन्दिर आउने गरेको थानीमाई मन्दिर संरक्षण समितिका अध्यक्ष जीवन थापामगरले जानकारी दिए । उनले भने “साउना महिनाबाहेक प्रत्येक महिनाको मङ्गलबार विशेष पूजाआजा हुने यस मन्दिरमा पछिल्लो समय भक्तजनको भीड लाग्ने गरेको छ । ” गत मङ्सिर… पुरा पढौ